×

NMB BANK
NIC ASIA

गीति संग्रह ‘तृष्णा’ लोकार्पण

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व प्रशासक एवं गीतकार बुद्धिसागर लामिछाने ‘सागर बाबु’को गीति संग्रह ‘तृष्णा’को लोकार्पण भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी गीति संग्रहको लोकार्पण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीति संग्रहमा संगीतकार विपिन घिमिरेले संगीत दिएका छन् । कार्यक्रममा गायक स्वरुपराज अधिकारीले गीत निकै सुन्दर बनेको उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

वरिष्ठ संगीतकार सुरेश आचार्यले आफूले जानकार वा संगीतकार नभई श्रोताको रूपमा टिप्पणी गरेको जनाए । सच्चा राष्ट्र सेवकको अनुभव गीतमा समेटिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

संगीतमा पनि राम्रो मेहनत देखिएको अधिकारीको भनाइ छ । उनले भने, ‘कुनै पनि गायकले चिटिङ गर्न नपाउने गरी उहाँको गायकी प्रस्तुत गरिएको छ । ८४ व्यञ्जनपछि पनि श्रोताले ८५ व्यञ्जनको चटनी खान पाउनेछन् ।’ 

गीति संग्रहमा शिक्षित बेरोजगारको समेत व्यथा उतारिएको छ । उनले गीत कर्णप्रिय मात्र नभई मर्मस्पर्शी पनि रहेको बताए ।

कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीले गीतले आफैं भाग्य लिएर आएको हुने भन्दै गीतको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

‘देश त यहाँ छँदैछ, परिवेश पनि छ,’ उनले भने, ‘तटस्थ भावमा देशको बारेमा चिन्ता गरिएको छ, जुन निकै राम्रो छ ।’

‘एल्बममा बालापन, वैंशको चहकमहक छ, क्रमशः उमेर बढ्दै गएको र पछि पिरतीमा धोका खाने उमेर पनि रहेको छ,’ उनले थपे, ‘अन्तिममा जीवनसँग सन्तुष्ट भइँदैन तर भाग्न पनि सकिँदैन भन्ने जीवनको यथार्थतालाई गीतमा समावेश गरिएको छ ।’ उनले एल्बमले सबै उमेर समूहलाई समेटेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गीति क्षेत्रमा सागर बाबुको प्रवेश सुखद देखिएको बताए । उनले लहडैलहडमा गीत नल्याएर परिपक्व ढंगले गीत ल्याइरहन सक्नु राम्रो भएको बताए ।

सागर बाबु परिपक्व भएकाले लहडको शिकार नहुन उनले सुझाए । गीति संग्रहमा बाल गीत समेत समावेश गरिएको छ । 

गीतकार सागरबाबुको यो पहिलो गीति संग्रह हो । गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य लगायतले स्वर दिएका छन् ।

कार्यक्रम सञ्चालन प्रभाकरदेव शर्माले गरेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले समापन गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x