×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : नयाँ राजनीतिक यात्राको तयारीमा बाबुराम

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग हुने तयारीमा रहेका छन् । स्रोतका अनुसार संघीय परिषद् अध्यक्ष डा भट्टराईले आ–आफ्नो बाटो लाग्नेगरी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् । 

Muktinath Bank

दुई नेताबीच पछिल्लो समय अविश्वास बढ्दै गएको छ भने यही बीचमा भट्टराई र यादव आ–आफ्नो बाटो लाग्न लागेका हुन् । स्रोतका अनुसार भट्टराईले उपेन्द्रको पार्टीबाट आफ्ना निकटहरुलाई लिएर अर्कै बाटो लाग्ने तयारीमा पुगेका हुन् । तर, उनी अब कसरी अघि बढ्छन् भन्नेबारे चाहिँ खुलिसकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहीबीचमा भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । करिब एक घण्टा दुई नेताबीच वार्ता भएको प्रचण्डको सचिवालय स्रोतले पुष्टि गरेपछि थप खुलाउन चाहेन । 


Advertisment
Nabil box
Kumari

उपराष्ट्रपति निवासमा प्रचण्डले यसअघि पनि बाबुरामसँग छलफल गरेका थिए । प्रचण्डले भट्टराईलाई पुनः पार्टीमा भित्र्याउन चाहेको बताइन्छ । तर भट्टराईले रुचि देखाएको पाइँदैन । भट्टराई माओवादी छाडेर फरक बाटोमा हिँडेका थिए ।

Vianet communication
Laxmi Bank

उपेन्द्रबाट छट्टिएपछि बाबुरामको अब नयाँ राजनीतिक यात्रा कस्तो होला भन्ने चासो बढेको छ । 
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नवनियुक्त मन्त्रीलाई सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन  दिँदै अध्यक्ष नेपालले पार्टीको नीति, निर्देशन विपरीत नजान मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।

 उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न सुझाव दिए । मन्त्रीलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उच्च हुने गरी काम गर्नुपर्ने बताए ।
००००
नेपाली कांग्रेस नेता डा शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेका छन् । बिहीवार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनका विषयमा छलफल गरेको बताए । उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए ।
००००
नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।
००००
यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले बिहबिार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका हुन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन् ।
निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीको रिले अनसनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए ।
००००
६ वाणिज्य बैंकलाई मर्जरबाट ३ वटा हुन नेपाल राष्ट्र बैंकको स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आईएमई बैंक तथा बैंक अफ काठमाण्डू र नेपाल इन्भेष्टमेन्ट बैंक तथा मेगा बैंकलाई मर्जरमा जान स्वीकृति दिएको हो ।
यसअघि नबिललाई नेपाल बंगलादेश बैैंक प्राप्ति गर्न स्वीकृति दिइसकेको छ । बुधवार ४ बैैंकलाई २ वटा हुन स्वीकृति दिएसँगै अब ६ वाणिज्य बैंक गाभिएर ३ वटा हुने भएका छन् । नबिलले बंगलादेशलाई प्राप्तिपछिको एकीकृत कारोबारको तयारी नै थालिसकेको छ ।
००००
आगामी निर्वाचनमा वाम पार्टीहरूबीच एकीकरण गराउने प्रयासलाई तीव्र बनाएका नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम खुमलटार पुगेका छन् । बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आफ्नै निवास बालकोटमा पुगेर भेट गरेका उनी अपरान्ह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।
००००
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर नै संकलन गरेपछि सत्ता गठबन्धनमा खटपट आएको ठानिएका बेला बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रमा सहमति भए आफू बाधक नबन्ने संकेत गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै पाण्डेले केन्द्रको सहमति र गठबन्धनको स्प्रीटअनुसार अगाडि बढ्ने उल्लेख गरेका हुन् ।
मुख्यमन्त्री बन्ने समयमा भएको सहमति कार्यान्वयनमा पाण्डे राजी नभएको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदले बिहीवार हस्ताक्षर संकलन गरेका थिए ।
००००
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार २ हजार ६९८ जनामा कोरोना परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको छ ।
००००
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।
प्रदेश सभाको बिहीवार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।
००००
शेयर बजारको मापक सूचक नेप्से बिहीवार ७४.९३ अंकले बढेको छ । बजार ३.८२ प्रतिशतले बढेर २ हजार ३२.६४ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब ४५ करोड रुपैयाँ भएको छ ।
००००
अर्थ मन्त्रालयले नेपाल आयल निगम लिमिटेडलाई भएको घाटा शोधभर्ना गर्न ८ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माका प्रेस संयोजक अजित अधिकारीले निगमले माग गरेअनुसार तत्कालै ८ अर्ब रुपैयाँको व्यवस्थापन गर्ने निर्णय अर्थ मन्त्रालयबाट भइसकेको जनाएका छन् ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संसदीय इतिहासमा दुईतिहाइको सरकार बन्नु दुर्लभ भए पनि त्यो सरकार पनि माछो माछो भ्यागुतो जस्तो भएको टिप्पणी गरेका छन् ।
तत्कालीन नेकपाको पालामा बनेको केपी ओली नेतृत्वको सरकारले जनतालाई निराशाको लहर ल्याएको उनको दाबी छ ।
००००
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x