×

NMB BANK
NIC ASIA

मन्त्री कार्कीद्वारा नदी कटान क्षेत्रको निरीक्षण

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले शुक्रवार मोरङका नदी कटान क्षेत्रको निरीक्षण गरेका छन् । उच्च सुरक्षा अधिकारीहरूसमेतलाई लिएर धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गर्न विभिन्न स्थानमा पुगेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र चिसाङ खोलाले गरिरहेको कटान हेर्न सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षमा पुगेको हो । ‘कहाँ कसरी कटान भइरहेको छ भन्ने बर्षाकै बेला हेर्दा त्यसको नियन्त्रणमा योजना बनाउन सहज होस् भनेर प्रत्यक्ष निरीक्षण गरेका हौँ,’ मन्त्री उनले, ‘अब सोहीअनुरूप नदीखोला नियन्त्रण गर्न तटबन्ध निर्माण तथा अरु उपायबारे सरकारलाई जानकारी गराउने छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बक्राहा, मावा र चिसाङले पूर्वी र दक्षिणी क्षेत्रमा अधिक बस्ती डुबान गर्ने तथा खेतयोग्य जमिन कटान गर्ने गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालासहितको टोली उर्लाबारी, पथरीशनिश्चरे, रंगेली पुगेर स्थानीय पालिकाका प्रमुख तथा जनप्रतिनिहरूसँग पनि कटान र यसको नियन्त्रणको उपायरबारे छलफल गरेको हो । 


Advertisment
Nabil box
Kumari

निरीक्षणपछि मन्त्री कार्कीले प्रदेशस्तरबाट हुने तटबन्धन निर्माणको काम यतैबाट र नहुने संघीय तथा स्थानीय सरकारसँगको समन्वयमा अघि बढाइने बताएका छन् । उनले प्रदेश सरकारले राहत चाहिनेहरूलाई तत्कालै सहयोग गर्ने, कटान नियन्त्रणमा थालिहाल्नु पर्ने काम शुरु गर्ने र दीर्घकालिन रूपमा समस्या समाधान गर्न नयाँ खाका बनाउने बताए ।

Vianet communication
Laxmi Bank

अविरल वर्षासँगै आएको बाढीले मोरङका खोलाहरूमा आएको बाढीले ठूलो आर्थिक नोक्सानी गरेको छ । प्रदेश राजधानी विराटनगर हरेक वर्ष जस्तै योपटक पनि डुबानको चपेटामा परेको छ । 

विराटनगरमा हरेक वर्ष सिंघीया र केशलिया खोलाले दुःख दिने गरेको छ । यसको नियन्त्रणका लागि तटबन्धसहितको करिडोर निर्माणको लागि प्रदेश सरकारले योजना बनाइरहेको आन्तरिक मामिला मन्त्री कार्कीले बताए । उनले भने, ‘प्रदेश सरकारले दुबै खोलाको दुबैतर्फ स्थायी तटबन्धन निर्माण गर्ने र यसलाई ग्रीनबेल्टको रूपमा सिमावर्ती भारतीय क्षेत्रसम्म नै विकास गर्ने योजना बनाएको छ । विस्तृत अध्ययनपछि सरकार आफैले अथवा दाता निकायसँगको सहयोगमा यो काम अघि बढाइने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x