×

NMB BANK
NIC ASIA

बेइमान वायुसेवा

पासपोर्ट रोक्काको सूचनापछि थोरै बक्यौता रहेका वायुसेवा सम्पर्कमा, धेरै तिर्नुपर्नेहरू गायब !

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बक्यौता बाँकी राखेर सञ्चालनमा समेत नरहेका वायुसेवा सञ्चालकको बैंक खाता र पासपोर्ट रोक्का गर्ने सूचनापछि ६ वटा कम्पनी सम्पर्कमा आएका छन् । 

Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता बाँकी राखेका र हाल सञ्चालनमा नरहेका ९ वायुसेवालाई आफ्नो दायित्व भुक्तानी गर्न पटक–पटक सूचना जारी गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्बन्धित वायुसेवाले अटेर गरेपछि ६ चैतमा बक्यौता बाँकी राख्ने ती वायुसेवा सञ्चालकको बैंक खाता र पासपोर्ट नै रोक्का गरेर कारवाही गर्ने सूचना जारी भएको थियो । 


Advertisment
Nabil box
Kumari

उक्त सूचनापछि थोरै बक्यौता भएका ६ वटा वायु सेवाले बक्यौता भुक्तानी गरेको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

सञ्चालनमा नरहेका ९ वायुसेवाले प्राधिकरणलाई ९ करोड ३५ लाख १८ हजार रुपैयाँ तिर्न बाँकी थियो । त्यसमध्ये ६ वटाले आफ्नो दायित्व पूरा गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

प्राधिकरणले कारवाही गर्ने सूचना जारी गरेपछि नेकोन, शिवानी र कस्मिक एयरबाहेक आन्तरिक उडानका अरू सबैको बक्यौता भुक्तानी चुक्ता भएको छ ।

६ वटा कम्पनीले प्राधिकरणलाई ५९ लाख ८३ हजार ७३८ रुपैयाँ भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

प्राधिकरणले कारवाही गर्ने सूचना जारी गरेर सञ्चालकमाथि कडा निगरानी बढाउने भन्दा पनि सम्पर्कमै नआएकालाई भने कारवाही हुने भएको छ ।

सम्पर्कमा नआउने वायुसेवाकै रकम धेरै भएकाले त्यसका सञ्चालकलाई कारवाही गर्न राष्ट्र बैंकसहितको सम्बन्धित निकायमा पत्र पठाइसकेको प्रवक्ता निरौलाले जानकारी दिए ।

निरौलाले भने, ‘प्राधिकरणले सरकारी दायित्व भुक्तानी नगर्ने वायुसेवालाई सम्बन्धित निकायको ऐन कानूनअनुसार कारवाही गर्न आग्रह गरिसकेको छ ।

यसका लागि नेपाल राष्ट्र बैंकलाई प्राधिकरणले आधिकारिक रूपमा पत्र समेत पठाइसकेकाले प्रक्रिया पुर्‍याएर कारवाही हुने निरौलाले जानकारी दिए ।

दायित्व भुक्तानी नगरी बस्ने र कारवाहीका लागि सिफारिश भएका वायुसेवामा नेकोन एयर, शिवानी एयर र कस्मिक एयर छन् । यी वायुसेवाको दायित्व अन्य ६ वटाको भन्दा बढी छ । 

प्राधिकरणका अनुसार सबैभन्दा बढी बक्यौता राख्नेमा नेकोन एयर छ । उसले ४ करोड ७२ लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने छ । त्यसपछि कस्मिक एयरको ३ करोड ४७ लाख रुपैयाँ बक्यौता छ । 

कस्मिकले ६३ लाख ६२ हजार रुपैयाँ कारवाहीको सूचना जारी गर्नुअघि नै तिरेको फेला परेकाले उक्त रकमबाहेक नै कस्मिकले २ करोड ८४ लाख १८ हजार रुपैयाँ तिर्न बाँकी देखिएको प्राधिकरणको भनाइ छ ।

यो वायुसेवाको सञ्चालक क्याप्टेन रवीन्द्रप्रसाद प्रधान हुन् ।

प्राधिरकरणको कारवाहीको सूचनापछि समेत पनि सम्पर्कमा नआउनेमा शिवानी एयर पनि छ ।

यो वायुसेवाको सञ्चालक मणिन्द्रलाल रञ्जितकार हुन्  । उनले यो वायुसेवा सञ्चालन गर्दा प्राधिकरणलाई तिर्न बाँकी राखेको ५५ लाख ५१ हजार रुपैयाँ अझै भुक्तानी भएको छ ।

बाँकी रकम तिर्नुपर्ने दायित्व नेकोक एयरका ५ जना सञ्चालकको छ । यो वायुसेवाको ९ मंसिर २०६० को सञ्चालक समितिको विवरण अनुसार दीपमणि राजभण्डारी प्रबन्ध सञ्चालक र मुकुन्दभक्त श्रेष्ठ उपाध्यक्ष छन् ।

सञ्चालकमा भने दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रवीचन्द्रमान श्रेष्ठ छन् । 

हेर्नुहोस्, बक्यौताको विवरण :

प्राधिकरणलाई तिर्न बाँकी रहेको रकम धेरैथोरै जति भएपनि आफ्नो दायित्व भुक्तानी नगर्ने कम्पनी कारवाहीमा पर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले पटक–पटक सूचना जारी गर्दा र बाँकी बक्यौता भुक्तानीका लागि आउन आग्रह गर्दा पनि ती वायुसेवा सञ्चालक सम्पर्कमै आएका छैनन् ।

निरौलाका अनुसार हालसम्म रकम भुक्तानी गर्नेमा गोरखा एयरलाइन्सको २० लाख ३५ हजार, कर्णाली एयरको १७ लाख ४३ हजार, स्काइलाइनको ७ लाख ८० हजार छ । 

एयर कास्टमन्डपको ७ लाख ३८ हजार रुपैयाँ असुल भएको छ भने माउन्टेन एयरको ६ लाख १० हजार र अल्पाइन एयरको ७२ हजार रुपैयाँ असुल भएको छ ।

प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले बक्यौतासम्बन्धी सम्पूर्ण विवरण संकलन गर्न लगाएर अटेर गर्नेहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएका हुन् । 

यसअघि प्राधिकरणले ७ असोज २०७६, २० माघ २०७७ र १२ भदौ २०७८ मा पनि सार्वजनिक सूचना जारी गरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बक्यौता तिर्न आग्रह गरेको थियो ।

उक्त आग्रहलाई वेवास्ता गरिएकाले यसपटक प्राधिकरण आक्रामक भएर प्रस्तुत भएकाले नै ६ वटाले आफ्नो दायित्व चुक्ता गरेर कारवाहीबाट बचेका छन् । 

बक्यौता नतिर्ने वायुसेवालाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकीसरह असुलउपर गर्न पाउने अधिकार प्राधिकरणले प्रयोग गरेको हो ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७६ को नियम ३० (३०) अनुसार बुझाउनुपर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरूलाई कारवाही गर्न पाउँछ ।

सोही व्यवस्थाअनुसार सञ्चालनमा नरहेका र बक्यौता बाँकी राखेका ती वायुसेवालाई भविष्यमा हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा संलग्न हुने नपाउने गरी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x