×

NMB BANK
NIC ASIA

कनकलक्ष्मी सहकारीमा लाखौं रकम हिनामिना, बचतकर्ताको नक्कली हस्ताक्षर गर्थे कर्मचारी

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी विवेक खवासविरुद्ध लाखौं रकम हिनामिना गरेको आरोप लगाइएको छ । 

Muktinath Bank

खवासले ३१ लाख रूपैयाँ हिनामिना गरेको स्वीकार गरे पनि सहकारीको आन्तरिक छानबिन समितिले भने ३९ लाख हिनामिना भएको जनाएको हो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी खवासलाई सञ्चालक समितिले बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।


Advertisment
Nabil box
Kumari

समिति सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल छन् । समितिले ३९ लाख हिनामिना गरेको प्रमाण फेला पारेको र अझै रकम बढ्न सक्ने अनुमान रहेको सहकारी संस्थाका अध्यक्ष अर्जुनराज अधिकारीले बताए । 

Vianet communication
Laxmi Bank

उनलाई आज नै ठगी मुद्दामा चलाउन इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिने तयारी भइरहेको उनको भनाइ छ । यसअघि खवासलाई सहकारीका सञ्चालक र कर्मचारीहरूले निगरानी गर्दै आएका थिए । 

प्रहरीसमक्ष नै उनले ३१ लाख रकम हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिनाको रकम तिर्ने सहमति भएको थियो । हिनामिनाको रकम बढ्दै गएपछि आरोपी भाग्ने डरले कानूनअनुसारको कारबाही चलाउन लागिएको अध्यक्ष अधिकारीको भनाइ छ । 

विगत ५–६ महिनादेखि बचतकर्ताको रकम आफैं नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको उनीमाथि आरोप छ । 

बचतकर्ताले आफ्नो बचत रकम लिन आउँदा आफ्नो खातामा रकम नभएपछि हिनामिनाको घटना बाहिरिएको हो । सहकारीका प्रमुख कार्यकारी अधिकृत नै पुगेका बेला बचतकर्ता आफ्नो बचत झिक्न पुगेका थिए । बचत गरेको रकम खातामा नभेटिएपछि खवासलाई गछिया प्रहरी चौकीको जिम्मा लगाइएको थियो ।

आरोपीले १० लाख रूपैयाँ सहकारीलाई तिरिसकेको प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । हिनामिना रकम खवासले अन्यत्र लगानी गरेको हुन सक्ने सञ्चालक समितिको अनुमान छ ।

शेयर सदस्यहरूले भने एक जना कर्मचारीले मात्रै हिनामिना गर्ने आँट नगर्ने बताउँदै बाह्य व्यक्तिबाट छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् । 

रकम हिनामिनाको आरोप लागेका कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने सहायक कर्मचारी हुन् । 

अहिलेसम्म जाहेरी भने नपरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए । 

संस्थाका ६ वटा सेवा केन्द्र छन् । सहकारीमा ८ हजार शेयर सदस्य छन् ।

सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ सहकारी संस्था २०७७ असार २९ गते मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x