×

X
Nic Asia
Dabur
Khukuri

दुर्घटनामा २ विद्यार्थीको मृत्यु: सहचालकले चलाएका थिए स्कुल बस

विराटनगर | असार १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको खुलेको छ । 

LAxmi BAnk
nabil BANK inside

रंगेली नगरपालिका–७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलका सहचालक विजयी माझीले चलाएको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

गत मंगलवार को १ क ११३० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत दुई बालबालिकालाई दिउँसो ४ बजेतिर ठक्कर दिएको थियो । 

दुर्घटनामा रंगेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मंगलवार नै मृत्यु भएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका रितिकलाई उपचारका लागि स्थानीय टाइम्स अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।  


Advertisment
Saurya island

बसको ठक्करबाट एलकेजीमा पढ्ने रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

Vianet communication
IME BANK INNEWS

स्कुल छुट्टि भएपछि पैदल नै घरतिर जानका लागि सुनमकुमारी र रितिक विद्यालय गेटमा आइपुगेका थिए । गेटमै गाडीले उनीहरूलाई ठक्कर दिएको रंगेली प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विद्यार्थी बोकेर स्कुलबाट निस्किएको बसले ‘ब्याक’ गर्ने क्रममा उनीहरूलाई ठक्कर दिएको हो । 

चालक राजकुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए । 

चालकले सहचालक माझीले गाडी चलाएका बेला दुर्घटना भएको प्रहरीमा बयान दिएका छन् । सहचालक माझी फरार छन् । उनको खोजी कार्य जारी रहेको रंगेली प्रहरीले जनाएको छ ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

बारी र बगैंचा मात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेंलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइँनभ्याइँ छ ।  गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जु...

मंसिर २२, २०७९

कञ्चनपुरका ९ पालिकाले विपद् पूर्व तयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् । बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो कञ्चनपु...

मंसिर २२, २०७९

तानसेन–तम्घास सडकखण्ड बिहीवारदेखि १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रम...

मंसिर २२, २०७९

कालीकोटमा आयोडिनयुक्त नूनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नून वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नून सकिएका कारणले नूनको अभाव भएको हो । कालीकोटमा साल्ट ट्रेडिङ कर्प...

मंसिर २२, २०७९

काठमाडौं उपत्यकामा ट्राफिक नियम उलंघन बढ्दो क्रममा हुन थालेको छ । बिहीबार गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर च...

मंसिर २२, २०७९

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियम विपरीत भाडादर वृद्धि गरेको विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ताको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । निर्यात प्रवद्र्धन ...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x