×

NMB BANK
NIC ASIA

राजनीति

देउवा गठबन्धनको सभापतिजस्तो भएको शेखर समूहको आरोप, यस्ता छन् बैठकका ५ निष्कर्ष

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । पार्टीका सभापतिको रुपमा नेता कार्यकर्ताले आशानुरुप भरोसा पाउन नसकेको शेखर पक्षको आरोप छ । शेखर पक्षले सरकार र पार्टी सञ्चालनका सन्दर्भमा ५ बुँदे निष्कर्ष निकाल्दै शुक्रबार बैठक सम्पन्न भएको छ । 

Muktinath Bank

बैठकपछि नेता गोविन्दराज पोखरेलले पार्टी विधिविधानअनुरुप चल्न नसकेको, सरकारले सुशासन दिन नसकेकोलगायतका ५ बुँदे निष्कर्ष बैठकले निकालेको जानकारी दिए । 
उनका अनुसार शेखर समूहले सरकार सञ्चालनका विषयमा गम्भीर असहमति जनाएको छ । तत्कालीन केपी ओली सरकारलाई विस्थापन गरेर देउवाको नेतृत्वमा सरकार बनेपछि जनताले जनजिविकाका सवालमा तथा अर्थतन्त्रका सूचक सुधारलगायतका सवालमा सकारात्मक नतिजा पाउने अपेक्षा गरेपनि सो अनुसार हुन नसकेको शेखर समूहको निष्कर्ष छ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सुशासनको विषयमा सरकारले जुन प्रतिबद्धता जनाएको थियो सो अनुरुप सरकारले काम गर्न नसकेको शेखर समूहको निष्कर्ष छ। सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायहरु अहिले पनि प्रधानमन्त्री कार्यालय मातहत हुनु सही नभएको पोखरेलले बताए । 


Advertisment
Nabil box
Kumari

यस्तै बजेट बनाउनेदेखि अनेक विषयमा आर्थिक विचलन र नीतिगत भ्रष्टाचार देखिएको शेखर समूहको निष्कर्ष छ ।  यस्ता कार्यलाई तत्काल नियन्त्रण गरिनुपर्नेमा शेखर समूहले जोड दिएको छ । 

Vianet communication
Laxmi Bank

पराष्ट्र नीति सबैको साझा बन्नुपर्नेमा पनि बैठकले ध्यानाकर्षण गराएको पोखरेलको भनाइ छ । पोखरेलले सभापति देउवा गठबन्धनको सभापति जस्तो भएर हिँडेको भन्दै  उनले पार्टी अभिभावकका अनुभूति दिलाउन नसकेको निष्कर्ष बैठकले निकालेको बताए । बैठकले गाउँगाउँसम्म परिचालित भएर काँग्रेसलाई बलियो बनाउन लागिपर्ने निर्णय पनि गरेको छ ।  बिहीबारदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शेखर समूहका नेताहरुको सहभागिता रहेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x