कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०७९ जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । नेपालको इतिहासमा हवाई सेवा शुरू भएको ७२ वर्षपछि बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) निर्माण सम्पन्न हुँदा आम नेपाली र लुम्बिनी प्रदेशवासी जति खुशी छन्, त्योभन्दा धेरै खुशी छन् विमानस्थलका आयोजना प्रमुख तथा सिभिल इन्जिनीयर प्रवेश अधिकारी ।
‘विमानस्थल बन्छ कि बन्दैन भन्ने अन्योल अवस्थामा जिम्मेवारी लिएँ,’ अधिकारी भन्छन्, ‘यति ठूलो ‘प्रोजेक्ट’ आफ्नै नेतृत्वमा सबैको साथ, सहयोग र सहकार्यबाट फत्तै बनाउन पाउँदा खुशी र गर्व महसूस भएको छ । अझै योभन्दा धेरै खुशी त विश्वका विभिन्न देशका ठूला विमान भैरहवामा ‘ल्यान्डिङ’ भएको देख्दा भएको छ ।’
उनले ३२ वर्ष हुँदादेखि देशको राष्ट्रिय गौरवको परियोजना निर्माणको काम हाँकेर सफल बनाएका छन् । परियोजना सम्पन्न गराएको क्षण ३६ वर्षीया अधिकारीको व्यावसायिक जीवनका लागि अविस्मरणीय बनेको छ ।
विमानस्थलका निवर्तमान आयोजना प्रमुख ओम शर्माको २०७४ सालमा सरुवा भएसँगै शुरूको ३ महिना अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट इन्जिनीयर अधिकारीलाई २०७५ भदौ ८ गते आयोजना प्रमुखमा नियुक्त गरियो ।
उनी नेतृत्वमा आउँदा विमानस्थलको भौतिक प्रगति २५ प्रतिशत मात्र थियो । मुआब्जा विवादका कारण कामले गति लिनै सकेको थिएन । कामदारले तलब नपाएको अवस्था । विमानस्थलको काम अगाडि बढाउनुपर्ने चौतर्फी दबाब । निर्धारित समयमा प्रगति नदेखिएपछि एसियाली विकास बैंक (एडीबी) ले आयोजनालाई आर्थिक सहयोग रोक्न सक्ने चेतावनी दिएको थियो ।
यी सबै समस्याका चाङलाई समन्वयकारी भूमिका निभाउँदै उनले काम अगाडि बढाए, बिहानदेखि रातिसम्म काममा खटिए । ‘प्रोजेक्ट नबनोस् र फेल गराउने कोसिस पनि नभएका होइनन् । तिनीहरू सबैलाई ‘डिफेन्स’ गरेर अगाडि बढियो । सामान्य मजदुरदेखि प्रधानमन्त्री, सचिव पालिकाका प्रमुख सबैले आयोजनाको काम अगाडि बढाउन मैले गरेका सबै प्रयासमा साथ दिए । म त एउटा ‘मेम्बर’ मात्र थिए । सबैको योगदान, साथ र सहयोगबाट यति ठूलो ‘बिग प्रोजेक्ट’ सफल भएको हो,’ उनले भने ।
चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभियसन’ले सन् २०१४ मा ठेक्का लिएर विमानस्थल निर्माणको काम अगाडि बढाएपछि शुरूमा अधिकारीले इन्जिनीयरको रूपमा काम गरेका थिए । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बनाएको विमानस्थलमा चिनियाँसहित झण्डै दर्जन बढी मुलुकका मजदुरले काम गरेका थिए ।
तनहुँको व्यास नगरपालिका–८ रिस्दीका अधिकारीले लमजुङको मंगला माविबाट २०५८ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनी ११–१२ कक्षा अध्ययन गर्न चितवन साइन्स कलेजमा भर्ना भए । ११–१२ चितवनबाट उत्तीर्ण भएपछि ‘ब्याचलर’ अध्ययन गर्न उनी काठमाडौंस्थित एडभान्स कलेज अफ इन्जिनीयरिङ म्यानेजमेन्ट कुपनडोल ललितपुर गए । त्यसपछि सन् २०१२ मा भारतको तमिलनाडूस्थित मोस्ट नेसन इन्स्टिच्यूट अफ् टेक्नोलोजी कलेजबाट इन्जिनीयरिङ पूरा गरेर उनी नेपाल फर्किए । त्यसपछि उनले पुल्चोक इन्जिनीयरिङ कलेज र थापाथली इन्जिनीयरिङ कलेजमा झण्डै ३ वर्ष पढाए । त्यसपछि २०७१ साउनमा सिभिल इन्जिनीयरिङका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर शुरू गरेको उनी सम्झिन्छन् ।
‘मेरो एक्लो प्रयासले विमानस्थल बनेको होइन । सबैको साथ र सहयोगले काम गरेको हुँ,’ उनी भन्छन्, ‘विमानस्थल बन्दैन कि भन्ने अवस्थादेखि जहाज उडेको देख्दा त्यसमा धेरै खुशी हुने अवस्थामा पुगें ।’ कुर्सीमा बसेर क्षमता विकास हुने होइन, व्यक्तिले जिम्मेवारी पूरा गरी क्षमता देखाउन सक्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘विमानस्थलको काम त मैले संयोजन गर्ने मात्र हो । यस्ता काम ‘टीम वर्क’मा हुने काम हुन् । टीम वर्कमा गर्दा सबै क्षेत्रमा सफल भएर अहिलेको अवस्थामा आएको छ ।’ विमानस्थलले लुम्बिनी प्रदेश र भारतको उत्तर प्रदेशदेखि बिहारसम्मलाई जोडेको छ ।
ठूला विकास आयोजनालाई राजनीतिक हस्तक्षेत्रबाट जोगाउन सकिए काम गर्न समस्या नहुने उनको बुझाइ छ । ‘आफ्नो व्यक्तिगत लाभहानीका लागि महत्त्वपूर्ण परियोजनामा राजनीतिक नेतृत्वले गर्ने हस्तक्षेप रोकिनुपर्छ । नेपालको परिदृश्यमा विकास निर्माणका काममा अहिले राजनीतिक हस्तक्षेप देखिन्छ । विज्ञले प्राविधिक पक्षमा एकदमै स्वतन्त्र भएर काम गर्ने माहोल बनेमा काम गर्न समस्या हुँदैछ,’ अधिकारीको कार्य अनुभवले देखाउँछ ।
नेपालका परियोजनामा प्राविधिकभन्दा पनि अन्य पक्ष हाबी हुने उनले बताए । ‘नेपालका इन्जिनीयर र कामदार दक्ष छन् । उनीहरूबाट बढीभन्दा बढी काम लिन सकिन्छ । नेपालका इन्जिनीयरले नसक्ने भौतिक संरचना निर्माणका लागि मात्र बाहिरी मुलुककमा विज्ञहरूसँग परामर्श लिन उपयुक्त हुन्छ,’ उनको सुझाव छ ।
अब यति ठूलो आयोजना सस्तोमा बन्न नसक्ने उनले बताए । चिनियाँ कम्पनीले घाटा खाएर विमानस्थल बनाएको उनी बताउँछन् । आयोजना सम्पन्न भए पनि उनी अहिले पनि कार्यरत छन् । ‘प्रोजेक्ट क्लोज’ भए पनि निर्माण कम्पनी १ वर्षसम्म बिदा हुँदैन । अर्को वर्षसम्म विमानस्थलमा कुनै त्रुटि भेटिए सच्चाएर काम गर्नुपर्ने दायित्व कम्पनीकै हुन्छ ।
‘जीवनलाई हेर्ने कुरामा हरेक व्यक्तिको आ–आफ्नो दृष्टिकोण हुन्छ । ठूला परियोजनाका लागि ठूलो सोचका साथ काम गरिनुपर्छ,’ उनले भने । अहिले देशका ठूला विकास आयोजनाको निर्माण कार्य सुस्त छ । २–३ वर्षमा सम्पन्न हुनुपर्ने आयोजना दशक लगाएर बन्दा पनि खुशी हुनुपर्ने अवस्था छ । ‘हामी कहाँ चुक्यौं ? यसबाट भविष्यमा के पाठ सिक्ने भन्ने विषयमा हामी संवेदनशील बन्न जरुरी देखिन्छ,’ अधिकारी भन्छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...