×

X
Nic Asia
Marvel

धानमा क्षति भोगेका किसानलाई राहत रकम हस्तान्तरण शुरू

कैलाली | असार १८, २०७९

NTC
Premier Steels
प्रतिकात्मक तस्वीर
British college
TVS INSIDE

गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । 

DHARA
LAxmi BAnk

गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण शुरू गरेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरू भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

‘भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ,’ उनले भने, ‘क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।’


Advertisment
Bizbazar
Saurya island

एक किसानलाई ५५ हजार रुपैयाँभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । ‘मापदण्डअनुसार दिन थालिएको छ । यो राहत रकम हो,’ चौधरीले भने, ‘किसानलाई यो रकमले खेती गर्ने समयमा थोरै राहत हुन्छ ।’

राहतका लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट २ करोड ९२ लाख रुपैयाँ आएको छ । राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ । वडा नम्बर १ देखि ९ सम्मका पीडित सबै किसानलाई पायक पर्ने बंैकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको छ । 

Vianet communication
IME BANK INNEWS

नगरपालिकाले हालसम्म १ करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाइसक्ने गरी काम गरिरहेको छ । 

टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ । टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए । ‘प्रदेश सरकारबाट रकम आएको छ । हरेक वडाका नागरिकको एउटै बैंकमा खाता खोलेमा पठाउन सहज हुने भएकाले खाता खोल्न लगाइरहेका छौं,’ विकले भने ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८÷०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी न...

असोज १०, २०७९

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ । प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्था...

असोज १०, २०७९

दशैंको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका...

असोज १०, २०७९

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोलसँग डिफ्युजन नोटिस जारी गर्न आग्रह गरेपछि सो...

असोज १०, २०७९

हिन्दू नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो घटस्थापनासँगै बडादसैँ सुरु भएको हो । दसैँ सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्था...

असोज १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।&nbs...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x