२७ जेठ २०८३, बुधबार

प्रधानसेनापति शर्माद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण

प्रधानसेनापति शर्माद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण

प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित मुख्यालय भ्रमण गरेका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले शुक्रवार राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुका साथै उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता पनि गरेको नेपाली सेनाले प्रेस नोटमार्फत् जानकारी गराएको छ । 

राष्ट्र संघको मुख्यालय भ्रमणका क्रममा प्रधानसेनापति शर्माले राष्ट्र संघीय उच्च सुरक्षा अधिकारीहरूसँग युएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेका थिए । 

प्रधानसेनपति शर्मा लेबनान, सिरिया हुँदै असार १३ गते अमेरिका भ्रमणका लागि पुगेका हुन् । उनी अमेरिकाको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

विभिन्न समयमा हुने यस किसिमको उच्चस्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको भूमिका र हौसलामा वृद्धि हुनाका साथै राष्ट्रसंघीय मिसनहरूमा गुणात्मक तथा व्यवस्थापकीय पक्षहरू सवल बनाउन र भावी योजना तर्जुमा गर्न उल्लेखनीय सहयोग पुग्ने सेनाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्