२६ जेठ २०८३, मंगलबार

प्रमुख जिल्ला अधिकारीबाट पास लिएर नगरको गाडी प्रयोग

प्रमुख जिल्ला अधिकारीबाट पास लिएर नगरको गाडी प्रयोग

सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरेका छन् । 

योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।

नगरप्रमुखले चढ्ने ध. १ झ १७ नम्बरको गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा कामका लागि सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्दा प्रजिअले जारी गरेको अनुमति पत्र अनिवार्य चाहिने व्यवस्था छ ।

यो नियम स्थानीय तहका पदाधिकारी र कर्मचारीका हकमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । सार्वजनिक खर्च घटाउन र बढ्दो पेट्रोलियम पदार्थको खपतलाई दृष्टिगत गर्दै सरकारले बिदाका दिन सरकारी सवारीसाधन प्रयोगमा अहिले थप कडाइ गरेको छ ।

प्रजिअ रमेश ढकालले सार्वजनिक बिदाका दिनमा अनुमति पत्र नलिई प्रयोग गरेमा जुनसुकै सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइने बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्