×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सत्ता गठबन्धनको सन्देश

वामदेवलाई एकपक्षीय कारबाहीको घोषणा, विमलाले राजीनामा दिएपछि प्रतिवेदन

असार १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी लोकान्तरको नियमित प्रस्तुती लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी पछिल्ला २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई समेट्ने गर्छौँ ।
००००
सत्ता गठबन्धनका शीर्ष नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सन्देश दिने प्रयास गरेका छन् । यो विमानस्थलका विषयमा विवाद कायमै रहेका बेला शनिाबार सत्ता गठबन्धनका शीर्ष नेताहरु निजगढ पुगेर विमानस्थल हाल बन्ने भनिएकै स्थानमा बन्ने सन्देश दिन खोजेका हुन् । 
सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताह? निजगढ पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए । 
शुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै शुरू गरिने उनको भनाइ छ । 

Sagarmatha Cement
Muktinath Bank

तराई–मधेश द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।  
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए । 
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए । 
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने संकल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाइसकेको बताइन् । 
००००
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । 
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा। समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत संक्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिए ।
००००
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनमा सहमति भएर प्रदेश सरकार बनेको र एकीकृत समाजवादीले बागमती प्रदेशको नेतृत्व छाड्दा अन्त कहाँको नेतृत्व पाउने भन्ने प्रश्न गरेको छ ।
००००
लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना आवेगात्मक कमजोरीले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । 


Advertisment
Nabil box
Kumari

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरेकी थिइन् । साथै घटनामा राज्यमन्त्रीको हैसियतमा गरिएको विवादले विमलाको पनि कमजोरी रहेको उल्लेख गरिएको छ । उनले आवेगमा आएर बस्नेतको घरमा पुगेर मर्यादाविपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो ।  समितिले ओलीले राजीनामा दिएपछि मात्रै प्रतिवेदन सार्वजनिक गरेको हो । ओलीले केही दिनअघि नै सोही प्रकरणमा राजीनामा दिइसकेकी छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै राजीनामा मागेका हुन् ।
००००
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ नमूना परीक्षणमध्ये ३३ जनामा पीसीआर र ११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ । 
विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ । शनिवार सतुंगलमा बसेको अभियानमा आबद्ध चार दलको बैठकले विभिन्न आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको हो । 
आम नेपाली पार्टी, नेकपा राष्ट्रवादी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालका शीर्ष नेताहरूको संयुक्त बैठकले नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ । 
जसको संयोजकमा युवराज सफल रहेका छन् भने सहसंयोजकमा कृष्णगोपाल बञ्झारा रहेका छन् । 
त्यस्तै मीननाथ देवकोटा सचिव र प्रवक्तामा नीलकण्ठ पौडेल छन् । सचिवालय सदस्यमा द्वारिका निरौला मानव, गुणबहादुर बञ्झारा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने र तेजबहादुर कार्की रहेका छन् ।
००००
यसैबीच पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् । 
‘९ जना सचिवालय सदस्यहरु मध्ये १ जना सदस्य युवराज सफलले मिति ०७९।०३।१६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नु भएको र उहाँको राजीनामा सम्बन्धमा मिति ०७९।०३।१७ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भै राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो’, पाण्डेले जारी गरेको प्रेस नोटमा भनिएको छ । 
तर, सफलको भ्रमपूर्ण सूचनाका आधारमा सञ्चारमाध्यममा समाचार आएको भन्दै पाण्डेले यस्ता गलत समाचार प्रकाशन गर्नु पूर्व स्पष्ट हुन अनुरोध गरेका छन् ।
००००
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर पुगेका थिए ।
००००
सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । 
संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बसेको संसदीय दलको बैठकमा बजेट कार्यक्रममा देखिएको कमीकमजोरीलाई कानूनअनुसार सच्याउन मिल्ने भए सच्याउने प्रतिबद्धता व्यक्त गर्दै बजेटको पक्षमा उभिन निर्देशन दिएको सो पार्टीका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए ।
००००
आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरू भएको छ । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको उक्त भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धीकरणः मिसन–१६५’ शीर्षकको अवधारणापत्र पेश गरेका छन् । । 

Vianet communication
Laxmi Bank

उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानको तर्फबाट उम्मेदवार बन्न चाहेका लागि १३ वटा मापदण्ड पनि प्रस्ताव गरेका छन् । यसमा उम्मेदवार बन्न स्नातक उत्तीर्ण हुनुपर्नेदेखि पुलिस रिपोर्ट र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्म छन् ।
००००
प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित मुख्यालय भ्रमण गरेका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले शुक्रवार राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुका साथै उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता पनि गरेको नेपाली सेनाले प्रेस नोटमार्फत् जानकारी गराएको छ ।
००००
पोखरामा  सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x