२७ जेठ २०८३, बुधबार

मकैसहितको गाडा जफत गरिएका दम्पतीलाई पूर्व सञ्चारमन्त्री बस्नेतले गरे सहयोग

मकैसहितको गाडा जफत गरिएका दम्पतीलाई पूर्व सञ्चारमन्त्री बस्नेतले गरे सहयोग

नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मकै पोलेर जीविकोपार्जन गर्दै आएका दम्पतीलाई आर्थिक सहयोग गरेका छन् । 

काठमाडौंमा गाडामा मकै बेच्ने चन्द्रनाथ आचार्यलाई बस्नेतले आइतवार आफ्नै निवासमा बोलाएर ५१ हजार नगद सहयोग गरेका हुन् । 

आचार्यको मकैसहितको गाडा काठमाडौं महानगरले जफत गरेको थियो । त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

‘मकै बेचेर दुई वटा बच्चा पढाइरहेको अवस्थामा महानगरले गाडा लगिदिएपछि बिजोग भएको सुनेँ, भिडियो पनि हेरेँ,’ बस्नेतले भने, ‘त्यसपछि कांग्रेस सिन्धुपाल्चोक सदस्य कृष्णकुमार तामाङ ‘समीर’, सिन्धुपाल्चोक महासमिति सदस्य श्रवणकुमार जिसी ‘विनोद’ र म मिलेर उहाँहरूलाई सहयोग गरेका हौँ ।’

उनले आफूले सहयोग दिने बेलामा आचार्य दम्पतीलाई सडकलाई बाधा नपुग्ने गरी व्यवसाय गर्न भनेको बताए । ‘काम गरेर खाने मान्छेलाई काम गरेर खान दिनुपर्छ, सबैलाई एउटै नियम लागू हुनुपर्छ,’ उनले भने, ‘महानगरले पनि एउटा निश्चित ठाउँ र समय तोकेर यस्ता व्यापारीहरूलाई व्यापार गर्न दिनुपर्छ ।’

बस्नेतले यसअघि पनि कोरोनाकालमा होस् वा अन्य विपदका घटनामा विभिन्नखाले सहयोग गर्दै आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्