×

NMB BANK
NIC ASIA

एनबीटीसमा देखिएन आकर्षण

महाबौद्धको विकल्प मानिएको एनबीटीसी सुनसान, अग्रिम बूकिङ गरेका व्यापारी पनि किन आएनन् ?

असार २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको कलंकीमा नेपालकै ठूलो अत्याधुनिक फेन्सी होलसेल पसल झण्डै दुई वर्षदेखि सञ्चालनमा रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bank

महाबौद्ध क्षेत्रको अव्यवस्थित होलसेल पसललाई व्यवस्थित र अत्याधुनिक बनाउने लक्ष्यस्वरूप नेसनल बिजनेस ट्रेड सेन्टर ‘एनटीबीसी’ सञ्चालनमा ल्याइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७७ सालको असोज अन्तिमदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस व्यापारिक केन्द्र अहिलेसम्म सुनसान प्रायः छ । 


Advertisment
Nabil box
Kumari

करीब ३ अर्ब लगानीमा २२ रोपनी जग्गामा फैलाइएको यस विशाल व्यापारिक केन्द्रमा करीब ९ सय शटरहरू रहेका छन् । 

Vianet communication
Laxmi Bank

तर २ वर्षको अवधिमा करीब ३ सय शटरमात्रै त्यहाँ सञ्चालनमा छन् । अरू शटरहरू बन्द छन् ।

‘विगतमा साथ दिए, अहिले आएनन्’

नेपालकै पहिलो एवं ठूलो अत्याधुनिक होलसेल पसल खोल्ने ‘कन्सेप्ट’ न्युरोडका व्यवसायीहरू आफैंले बनाएका थिए । 

व्यापारिक गतिविधि बढ्दै जाँदा सडक नै कब्जा हुने र त्यहाँ विभिन्न सास्ती खेप्नुपर्ने बाध्यतालाई चिर्न उनीहरूले उत्तम विकल्प कलंकी र बल्खुबीचमा होलसेल सेन्टर सञ्चालनमा ल्याउने सोच बनाए । 

न्युरोडका व्यवसायीहरूले करीब ५ वर्ष लामो अनुसन्धानपछि सो स्थानमा ‘एनबीटीसी’ सञ्चालन गर्ने निर्णय गरेका थिए ।

एनटीबीसीका एक व्यवसायीका अनुसार, विगतमा एनटीबीसी सञ्चालन गर्नका लागि तयार भएका स्थानीय व्यापारीहरूले नै अहिले साथ दिएनन् । 

ती व्यवसायी भन्छन्, ‘उत्तम विकल्पको रूपमा यहाँ होलसेल सेन्टर बनाइएको हो, उहाँहरू आउनुहुन्छ भन्ने नै हाम्रो अपेक्षा छ ।’

कतिपय विगतमा बूक भएका शटरहरूमा पनि व्यापार भएको छैन । उनीहरू त्यसै बसेको व्यवसायीहरू बताउँछन् ।

व्यापारी मात्र हैन ग्राहकको पनि आकर्षण छैन 

भव्य किसिमको सो व्यापारिक केन्द्रमा खुलेका शटरहरूमा व्यवसायीहरूको पनि दिन बिताउने मेसो जस्तै देखिन्छ । 

भव्य भवनमा किनमेल गर्नेको भीड बाक्लै हुनुपर्ने हो । तर न न्युरोड तथा महाबौद्धका होलसेलप्रति आकर्षण घटेको छ, न त एनबीटीसमा चहलपहल छ ।

न्युरोडको होलसेल पसललाई नयाँँ ढंगले कलंकीमा व्यवस्थापन गर्ने व्यवसायीहरूको सोच भएपनि कलंकीको व्यापारिक केन्द्रमा भने दैनिक करीब २ हजारजति ग्राहक जाने गरेको एनटीबीसीले बताएको छ । 

एनटीबीसीमा ग्राहकको भीड नलाग्नुको कारण भनेको न्युरोड क्रेज नै हो । व्यवसायीहरूले न्युरोडमा होलसेल पसल राख्न नछाडेसम्म त्यहाँबाट ग्राहकहरू यता ‘सिफ्ट’ नहुने एनटीबीसी व्यापार संघका उपाध्यक्ष हुतराज सुवेदी बताउँछन् ।

ग्राहकलाई होलसेल पसल भनेको न्युरोड नै हो भन्ने लागिरहँदा यता आउन नखोजेको उनको बुझाइ छ । 

त्यतिमात्रै नभएर व्यापारिक केन्द्रमा फेन्सी आइटमहरू महँगो पर्ने उनीहरूको गलत बुझाइका कारण पनि यता भीड नलागेको बुझिएको सुवेदी बताउँछन् । 

चिनियाँ नाकाबाट सामान नआउँदा समस्या

एनटीबीसीले सोचेजस्तो बजार लिन नसक्नुमा अन्य कारणहरू पनि छन् ।

कोरोना महामारीपछि चीनले राम्रोसँग सामान नपठाउँदा यहाँ व्यवसायीलाई निकै गाह्रो भएको एनटीबीसी व्यापार संघका अध्यक्ष होमनाथ गैरेले बताए । 

उनले भने, ‘अन्य कुराहरू त छँदैछ, तर चिनियाँ नाकाबाट सामान आइदिएन, यसले समस्या पार्‍यो भन्ने कुरा व्यवसायीहरूको छ ।’

चीनले कोरोना महामारीपछि नेपालमा निकै न्यून संख्यामा मात्रै सामान पठाउँदै आएको छ । 

नाका खुकुलो गर्न माग राख्दै व्यवसायीहरूले सरकारको ढोका ढकढक्याइरहेपनि अहिलेसम्म समस्याको उचित सामाधान निस्किन सकेको छैन । जसका कारण व्यवसायीहरू सामान नै नहुँदा शटरमात्रै के खोल्नु भनेर पनि एनटीबीसीमा नआएको अध्यक्ष गैरे बताउँछन् । 

चिनियाँ नाका खुलेको ३ महिनाभित्रमा व्यवसायीहरूले पूरै शटर खोल्ने अध्यक्ष गैरेको दाबी छ । 

उनले भने, ‘ती नाकाहरू सहज भएको ३ महिनाभित्रमा हरेक व्यवसायीहरूले यहाँ शटर खोल्छन्, यो मेरो पूरा विश्वास हो ।’

काठमाडौंको यस व्यापारिक केन्द्रबाट करीब ८० देखि ८५ प्रतिशतसम्म उपत्यकाबाहिर फेन्सी सामान बिक्री गर्ने कम्पनीको सोच छ । 

तर एनटीबीसीमा व्यवसायी नै जान नमान्दा समस्या भइरहेको एनटीबीसीले बताएको छ । 

विशेष गरी सुन्धारा, न्युरोड, महाबौद्ध क्षेत्रको व्यापारलाई व्यवस्थापन गर्नका लागि यस व्यापारिक केन्द्रको मुख्य भूमिका हुन्छ । 

शहरी सौन्दर्यकरणलाई जोगाइराख्नका लागि पनि सो क्षेत्र खुलाउनुपर्ने र जसका लागि एनटीबीसीमा सबै व्यवसायी आउनुपर्ने एनटीबीसीको भनाइ छ ।

व्यापारीहरूका लागि विशेष छुट 

व्यापारीहरू सोचेअनुसार सो होलसेल बजारमा नगएपछि एनबीटीसीले विशेष छुट तथा अफरहरू सार्वजनिक गर्दै आइरहेको छ । 

जसमा कम्पनीले तोकेको भाडादरमा २ वर्षसम्म ७० प्रतिशत छुट हुने छ । 

यस्तै २ वर्षसम्म भाडा नबढाउने, ५ वर्षसम्मको सम्झौता तुरुन्तै गरिने एनटीबीसीले बताएको छ । 

पसलको भाडादर न्यूनतम ५ हजारदेखि शुरू हुने एनटीबीसीको भनाइ छ ।

आकर्षक अफरहरू सार्वजनिक गरेपनि सो व्यवसायीहरूले भने त्यसमा चासो राखेका छैनन् ।

एनटीबीसीले समयसमयमा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधि तथा खेलकुदहरू पनि गराउँदै आएको छ । 

न्युरोडका व्यवसायीको आफ्नै गुनासो 

न्युरोडका व्यवसायीहरूले अहिले सामान नै कम आएकाले अर्को शटर लिएर अतिरिक्त भार खेप्न नचाहेको बताएका छन् ।

एनबीटीसीमा शुरूमा रिटेल व्यापारी लगिएपछि व्यवसायीहरू बिच्किएको न्युरोडका एक होलसेल व्यवसायीले बताए । 

ती व्यवसायीले भने, ‘शुरूमा, उद्घाटनमा चाहिँ भोटेबहालका रिटेल व्यवसायी लैजाने, अनि अहिले व्यवसाय नचलेपछि चाहिँ अरू व्यवसायी खोज्ने ?’

ती व्यवसायीले अहिलेकै अवस्थामा न्युरोडको विकल्प नदेखिएको पनि बताए । 

‘ग्राहकहरूलाई होलसेल बजार भनेको न्युरोड नै हो भन्ने बुझाइ छ,’ ती व्यवसायी भन्छन्, ‘भइरहेको व्यवसायलाई कसले घटाउन चाहन्छ ?’

यस्तो छ एनटीबीसीको विशेषता

एनटीबीसीमा एउटै छातामुनि रेडिमेड लत्ताकपडा, जुत्ताचप्पल, क्याप, बेल्ट, पर्स, गार्मेन्ट, अन्डरगार्मेन्ट, घडी, चस्मा, मोबाइल, कुर्ता सुरुवाल, साडी, सल, इलेक्ट्रोनिक सामान लगायत सबै सामान पाइने एनटीबीसीले जनाएको छ ।

एनटीबीसीमा ७ वटा लिफ्ट सञ्चालनमा रहेका छन् । यस्तै महिला र पुरुषका लागि अलग–अलग २०/२० वटा शौचालय समेत रहेको छ । 

साथमा ५८ हजार स्क्वायर फीट क्षेत्रफलमा पार्किङको व्यवस्था रहेको एनटीबीसीले जनाएको छ ।

कम्पनीले ७७ वटै जिल्लामा सामान ढुवानीका लागि यातायातका साधनको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x