×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

‘तपाईंलाई हतारो छ भने पार्टी बन्दैन कमरेड !’

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेतृत्वप्रति केही नेताहरुले आक्रोश पोखेका छन् । उनीहरुको कार्यशैलीमाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्य सुदन किराती, रामदीप आचार्यका साथै बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री लगायतले आलोचना गरेका हुन् । उनीहरुले लामो समय बितिसक्दा पनि पदाधिकारी चयन गर्न नसकेको, पार्टीमा उचित जिम्मेवारी हुन नसकेको, नातावाद र कृपावाद हावी भएको, पार्टी सही ढंगले सञ्चालन हुन नसकेको, क्रान्तिकारी विचार निर्माणमा चुकेको जस्ता आरोप लगाएका हुन् । 

Muktinath Bank

एक नेताका अनुसार आचार्यले त अध्यक्ष प्रचण्डलाई ‘तपाईंलाई हतारो छ भने पार्टी बन्दैन कमरेड’ भन्दै बैठकमा कटाक्ष गरेको ती नेताले बताए । सोमबारको बैठकमा प्रचण्डले नेताहरुलाई प्रतिवेदनबारे बोल्नका लागि २ मिनेटको समय दिएका थिए । तर २ मिनेटमा कुनै पनि नेताले टुंग्याएनन् । प्रचण्डले नेताहरुलाई पटक पटक मन्तव्य छोट्याउन निर्देशन दिनुपरेको थियो । सोही कुरा रामदीपलाई भन्दा उनले पार्टी निर्माणका लागि लामो छलफल हुनुपर्ने धारणा राख्दै हतार गरेर पार्टी बन्न नसक्ने उनको धारणा थियो । ‘तपाईँलाई हतारो छ भने यो पार्टी बन्दैन । अध्यक्ष कमरेड’, उनले हलमा भने, ‘हतार नगरौँ, पार्टी बनाउन लामो छलफल हुनुपर्ने हुन्छ । केन्द्रीय कमिटीमा आवश्यक छलफल होस् ।’ यसो भन्दै पार्टी बिग्रनुका कारणका साथै माओवादी आन्दोलनसँग सम्बन्धित विषयमा उनले बोलेका थिए । रामदीप बोलेपछि प्रचण्डले जति धारणा राखेपनि नेताहरुबाट आउने जति धारणा सबै आइसकेको भन्दै अनावश्यक बैठक लम्ब्याउन जरुरी नभएको जवाफ दिएका थिए । उनले पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार बैठक सक्ने र त्यसअघि आफूले नेताहरुले उठाएका विषयमा स्पष्टीकरण दिने बताएका थिए । 
सोहीअनुसार मंगलबारको बैठकमा प्रचण्डले जवाफ दिने कार्यक्रम छ ।  आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सोमबार ४६ नेताले आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टीभित्र मौलाएको गुटवाद र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दिए । नेताहरुले सहरी क्षेत्रमा पार्टी बलियो बनाउन लाग्नुपर्ने र पार्टी सञ्चालनका लागि स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा पनि जोड दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै पार्टीको साङ्गठनिक अवस्थाको सुधारका लागि ७५३ वटै पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा पार्टी समिति परिचालित हुनुपर्ने, तालमेलभन्दा पनि आफ्नै बलबुतामा उभिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
त्यस्तै स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गरी कारबाही गर्नुपर्ने, त्यसो नगरेको खण्डमा पार्टीलाई आगामी दिनमा थप घाटा हुने उनीहरुको भनाइ थियो । लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यले खुल्लारूपमा छलफलमा भाग लिएका हुन् भने नेतृत्वको आलोचना पनि भएको हो ।  उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादी इमान्दार भए पनि नेपाली कांग्रेसले आफूलाई मात्रै फाइदा हुने गरी गतिविधि गरेको भन्दै आगामी दिनमा विचार पु¥याउनसमेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।


Advertisment
Nabil box
Kumari

गठबन्धन गर्नेभन्दा पनि आफ्नै शक्तिमा निर्वाचनमा जानुपर्ने, पार्टीको क्रान्तिकारी चरित्रलाई थप स्पष्ट पार्नुपर्ने, आफूले जितेका स्थानीय तहमा उदाहरणीय काम गर्नुपर्ने र जनतालाई नयाँ आधारमा सङ्गठित गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् । यस्तै विभिन्न धारामा विभक्त भएको माओवादी आन्दोलनलाई नयाँ आधारमा सङ्गठित गर्नुपर्नेसमेत उनीहरुको भनाइ छ ।

Vianet communication
Laxmi Bank

लोकान्तर राउण्ड अपमा अब अन्य विषयः
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए ।
००००
नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक पुगेको छ । लागत अनुरुप मूल्य बढ्न नसक्दा आर्थिक संकट बढिरहेको निगमको भनाइ छ ।  

निगमका अनुसार रसिया–युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका कारण पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको छ भने सोहीअनुसार   इण्डियन आयल कर्पोरेसनबाट नेपालमा खरिद मूल्य बढेर आएको थियो । 

पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्नुपर्ने बक्यौता रकम समेत बढ्दै गई असार २४ सम्ममा करिव ३० अर्व पुग्न जाने देखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।  यस किसिमको आर्थिक संकटलाई केही भएपनि कम गर्न निगम व्यवस्थापनको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य प्रति लिटर २ तथा डिजेल र मट्टितेलमा प्रति लिटर रु ९ रुपैयाँ बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँ ले वृद्धि गरिएको पनि निगमले जनाएको छ।  बढेको मूल्य सोमबार मध्यरातदेखि लागू हुनेछ । मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ पुगेको छ ।
००००
पछिल्लो २ दिनमै बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असार मसान्तको सीमा नजिकिँदै गएको र सरकारको खर्च बढेसँगै बैंकिङ प्रणालीमा आउने निक्षेपमा पनि सुधार आउने संकेत देखिएको छ ।
आइतवार र सोमवार मात्र बैंकिङ प्रणालीमा २५ अर्ब ४४ करोड रूपैयाँ थपिएको छ । आइतवार मात्रै १४ अर्ब र सोमवार ९ अर्ब रूपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
००००
सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पछिल्लो समय एकपछि अर्को विवादमा तानिन थालेका छन् ।
महान्यायाधिवक्ता खम्मबहादुर खाती गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई जोगाउनेदेखि निर्वाचनमा आफ्ना दाइलाई जिताउन पदीय मर्यादाविपरीत गतिविधि गर्नेसम्मका आधा दर्जनभन्दा बढी विवादमा मुछिएका हुन् ।
००००
जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् ।
००००
प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।  आइतवार स्वदेश फर्किएका शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
००००
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवांशिक अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए ।
००००
आर्थिक वर्ष २०७९०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो। 

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित भएको सन्देश सुनाएका थिए।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । 
सोमवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले विदेश नीति सम्बन्धमा देखाउने एउटा र गर्ने अर्को खालको काम गर्ने बताए। सोमबार संसदमा ओलीले विविध विषयमा लामो सम्बोधन गरेका थिए । 
००००
काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले आफैंलाई गोली हानेको दूतावासले भनेको प्रहरी स्रोतले जनाएको छ । सुरक्षागार्ड ड्युटीमै रहेका बेला आफैंलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको स्रोतको भनाइ छ । उनको पोष्टमार्टम रिपोर्टमा चिउँडोभन्दा माथि गोली लागेको उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x