कात्तिक २७, २०८०
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
असार २१, २०७९
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको छ ।
उसले मौद्रिक नीतिका लागि निजी क्षेत्रका विभिन्न संघ संस्थादेखि आम सर्वसाधारणसम्मबाट सुझाव मागेको छ ।
मौद्रिक नीति तयार पार्नुअघिसम्म आएका सुझावलाई छलफलमा ल्याउने र आवश्यक सम्बोधन गरिने राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताए ।
उनले भने, ‘सुझाव लिने समय रोकिएको छैन । जति बेला पनि व्यवसायी, उद्योगीसहित सर्वसाधारणसम्मले उपयुक्त सुझाव दिन सक्छन् । मौद्रिक नीतिका लागि कस्तो र के सुझाव आयो भन्ने विषय भने अहिले नै भन्न सकिँदैन । सुझाव आउने क्रम जारी रहेको हुँदा सम्बन्धित क्षेत्रको सुझावका सम्बन्धमा अन्तिम समयसम्म छलफलमा ल्याउँछौं,’ भट्टले भने ।
उनले थपे, ‘अहिलेको सबैभन्दा ठूलो चासो र चिन्ता विदेशी मुद्राको सञ्चिति घटिरहेकोमा छ । राष्ट्र बैंकको नीति पनि यसलाई कसरी बढाउन सकिन्छ भन्ने नै हो ।’ आगामी आवको मौद्रिक नीतिप्रति सबैको अपेक्षा अर्थतन्त्र संकटमा नजाओस् र अहिलको अवस्थामा सुधार आओस् भन्ने भएको हुँदा सोही अनुसारको तयारी भइरहेको उनले जानकारी दिए ।
जेठसम्मको तथ्यांकअनुसार नेपालले १७ खर्ब ६३ अर्ब रुपैयाँको आयात गरेको छ । आयात बढेकै कारण चालू आवको ११ महिनामै देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म भएको आयात चालू आवको एक वर्षका लागि देशले तयार पारेको आय व्यय विवरण (बजेट)को आकारभन्दा पनि ठूलो हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार राज्यको ढुकुटीमा ९ अर्ब २८ करोड डलर (११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ) विदेशी मुद्रा सञ्चिति छ । यसले ६ महिना १९ दिनको मात्रै आयात धान्न पुग्छ ।
गत असार मसान्तमा मात्रै राज्यको ढुकुटीमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो । यस्तो सञ्चिति असारसम्ममा १० महिना १० दिनको आयात धान्न पुग्ने थियो । चालू आव लागेदेखि डलर सञ्चिति घट्दै गएको छ ।
राज्यको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला राज्यको ऋण भार भने बढिरहेको छ । हालसम्म राज्यको ऋणभार १८ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यसमध्ये विदेशी ऋणको भार मात्रै ९ खर्ब ७६ अर्ब रुपैयाँ छ ।
नेपालले विदेशी ऋण अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङसहित सम्बन्धित देशकै मुद्रामा लिने गरेको छ । यस्तो ऋणको सावाँब्याज भुक्तानी विदेशी मुद्रामै हुन्छ ।
नेपालको डलर सञ्चिति घट्ने भनेकै विदेशीको ऋण भुक्तानी, वस्तु तथा सेवा आयात, वैदेशिक अध्ययन, भ्रमणसहितको खर्चमा प्रभाव पर्नु हो । डलर सञ्चिति घट्दा ऋण भुक्तानी र आयातमा बढी रकम बाहिरिने गर्छ । नेपालले वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी रकम ऋणको सावाँ ब्याज भुक्तानीमै खर्चन थालेको छ ।
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्ने हुन्छ, तर नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दात आवश्यक पर्ने बैंकिङ विज्ञ भुवन दाहालको तर्क छ । अर्थतन्त्र आयातमुखी भएकाले विदेशी मुद्राको सञ्चितिलाई ६ महिनाबाट कम नगराउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुपर्ने दाहालले बताए ।
‘अर्थतन्त्रको अवस्था थप बिग्रन नदिन र सुधारका कार्य गर्न इन्धनको खपत घटाउने, विलासिताका वस्तुको आयात निरुत्साहन गर्ने, एक वर्षलाई अत्यावश्यकबाहेक सवारी आयात बन्द गर्ने र नेपाली उत्पादनको प्रयोगमा जोड दिनुपर्ने हुन्छ,’ उनले भने, ‘पछिल्लो समय आयात बढेर मात्रै हैन उपभोग्य वस्तुहरूको मूल्य नै बढेका कारण समेत बढी भएको हो । आम सर्वसाधारणदेखि कर्मचारी र प्रधानमन्त्रीसम्मले विदेशी उत्पादनको खपत कम गर्ने कुरामा प्रण गर्नुपर्छ ।’
दाहालले आइतवार बिदा दिने निर्णय हचुवाको भरमा फिर्ता लिइएको गुनासो गरे ।
‘सरकारले दुई दिने बिदा दिने र हटाउनेजस्तो हचुवा निर्णय गर्ने होइन, पहिले अध्ययन गर्ने र त्यसपछि निर्णय गरेर कार्यान्वयन गर्ने काम गर्नुपर्छ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छाले पनि आगामी मौद्रिक नीति ठूला, साना, मझौला उद्योगी र सर्वसाधारणसम्मको समस्यालाई सम्बोधन गर्ने गरी आउनुपर्ने बताए ।
उनले भने, ‘उद्योगी व्यवसायीहरूले जीवनमा नभोगेको तरलता अभाव यो वर्षभरि नै भइरहेको छ ।' तरलता अभावकै कारण निजी क्षेत्रले गहन र जटिल समस्या भोग्नुपरेको पनि उनको भनाइ छ ।
अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने भन्दै मौद्रिक नीतिमार्फत आवश्यक सम्बोधन गर्न पनि केन्द्रीय बैंकलाई आग्रह गरेका छन् ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले नै शेयर धितो कर्जामा कडाइ गरेको छ । सेयर धितोको ४/१२ को नीतिले शेयर बजारमा लगानीकर्ता निरुत्साहित भएको भन्दै यसलाई पुर्नविचार गर्न पनि उनले माग गरे ।
उक्त नीति सच्याउन शेयर लगानीकर्ताले पटक–पटक आग्रह गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल विदेशी मुद्रा सञ्चिति घट्न नदिने र अर्थतन्त्र सुधारमा सहयोग पुर्याउने गरी आगामी आवको मौद्रिक नीति चालू आवको भन्दा कडा आउनुपर्ने बताउँछन् । रावलले भने, ‘अहिलेको अवस्था र भोलिका दिनमा आउनसक्ने संकटलाई दृष्टिगत गरेर मौद्रिक नीति धेरै लचकता पूर्ण तरिकाले आउन पनि हुँदैन । विगतमा जस्तो अर्थतन्त्रको अवस्था अहिले छैन ।’
‘मुद्रास्फीति दोहोरो अंकमा पुग्ने भइसकेको छ भने अर्थतन्त्र थप कमजोर हुनसक्ने देखिएको छ । त्यसो हुँदा नियमित बजार अनुगमन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण अध्ययन गरेर अर्थतन्त्रलाई राहत दिने गरी नीति अवलम्बन गर्नुपर्छ,’ रावले थपे ।
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...