×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

तीन विकल्पमा माओवादी, अर्थमन्त्रीमा जनार्दनको कमब्याक हुने सम्भावना कायमै

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री देउवा तत्काल नयाँ अर्थमन्त्री नियुक्त गर्ने मनस्थितिमा देखिएका छैनन् । शर्माबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन दिएपछि मात्रै आवश्यक निर्णय हुने नेताहरु बताउँछन् ।

Muktinath Bank

मंगलबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ताकै क्रममा शर्मालाई राजीनामा गर्न लगाउने तर छानबिन समितिको प्रतिवेदन नआउँदासम्म तत्काल नयाँ अर्थमन्त्री नियुक्ति नगर्ने समझदारी भएको माओवादी केन्द्रका एक नेताले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छानबिन समितिको प्रतिवेदनले गल्ती औंल्याएन भने पुनः शर्मा नै अर्थमन्त्री बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् । यसले जनार्दनमा अझैं कमब्याक हुने आशा देखिन्छ । 
यसैबीच माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि फेरि शर्मा नै अर्थमन्त्री बन्नसक्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

बुधवार संसद बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग पुनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए । अहिले तत्काल माओवादी केन्द्रबाट कोही पनि अर्थमन्त्री नबन्ने बताउँदै उनले छानबिन सकिएपछि शर्मा नै अर्थमन्त्री भएर आउने बताए । 

Vianet communication
Laxmi Bank

‘संसदीय छानविनको लागि सहज होस भनेर उहाँले राजीनामा गर्नु भएको हो, माओवादीबाट अर्को मन्त्री बन्ने सम्भावना छैन’, माओवादीका एक शीर्ष नेताले भने, ‘संसदीय छानविन समितिबाट सफाई पाएपछि उहाँ नै पुनः अर्थमन्त्री नियुक्त हुनुहुनेछ ।’

शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । संसद बैठकमा राजीनामा दिएको घोषणापश्चात् संसद बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् ।

शर्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्मविश्वास प्रष्ट हुने बताउ । उनले स्थापित मूल्य,मान्यता,विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे । 
शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे । 
अर्थमन्त्री शर्माले बुधवार संसद बैठकमा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
००००
बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको छ । समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट दुई–दुई तथा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना सदस्य छन् । 
छानबिन समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।
००००
बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्यो ।
तर, झलनाथ खनाल नेतृत्वको तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०६८ असार ३० गते संसद्मा बजेट भाषण पेश गरिरहेको समयमा त्यो बेला प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पहिलै चुहिएको आरोप लगाएर छानबिनको माग गरेको थियो । 
अर्थमन्त्री अधिकारीले बजेट वाचन गरिरहेको समयमा नेपाली कांग्रेसका सांसद रमेश लेखकले एउटा पत्रिका देखाउँदै सबै कुरा आइसकेको प्रमाण देखाएका थिए ।
कांग्रेसले अर्थमन्त्रीलाई बजेट भाषणमा पटक–पटक अवरोध गरेपछि तत्कालीन सभामुख सुवास नेम्वाङले बजेट भाषण पढेर सिध्याउन दिन रुलिङ गरेका थिए ।
कांग्रेसको मागपछि नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
बजेट चुहिएको विषयमा संसदीय छानबिन समिति गठन भएपनि अर्थमन्त्री अधिकारीले राजीनामा गरेका थिएनन् । 
बजेट भाषण तयार भएपछि वाचन नगर्दै अर्थ मन्त्रालयको साइटमा अपलोड भएको त्यो बजेट प्राविधिक कमजोरीका कारण चुहिएको समितिले निष्कर्ष निकालेको थियो ।
बजेट बनाउँदा र छपाइको क्रममा सावधानी अपनाउन सो संसदीय समितिले निर्देशन दिएको थियो ।  
००००
महासचिवमा प्रभावशाली नेताहरूले दाबी गरेपछि पदाधिकारी टुंंगो लगाउन नसकेको नेकपा माओवादी केन्द्रमा तीनवटा विकल्पबारे छलफल शुरू भएको छ । मंगलवार र बुधवार बसेको माओवादीका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा महासचिवबारे तीन विकल्पमा छलफल भएको हो । 

दुई प्रभावशाली नेता जनार्दन शर्मा या वर्षमान पुनलाई महासचिव बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहना छ । दुवैले दाबी नछाडेका कारण प्रचण्ड निर्णयमा पुग्न सकेका छैनन् । महासचिवका आकांक्षी दुई जनाले आफूलाई ‘कम्फरटेबल’ हुने व्यक्तिलाई महासचिव बनाउन प्रचण्डलाई सुझाव दिएका छन् । 

वर्षमान र जनार्दनलाई महासचिव बनाउन नसकिएमा तेस्रो व्यक्तिलाई महासचिव बनाउने विकल्पमा पनि छलफल भइरहेको माओवादी स्रोतले बतायो । कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेत या हरिबोल गजुरेललगायतका नेतालाई महासचिव बनाउने विकल्पबारे पनि प्रचण्डले नेताहरूसँग छलफल गरिरहेको स्रोतले बतायो । 

तेस्रो विकल्पको रुपमा महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी नियुक्त गर्नेबारे छलफल चलिरहेको ती नेताले लोकान्तरलाई बताए । 
पूर्व माओवादी घटकसँग एकताको पहल भइरहेकोले उनीहरूलाई पार्टी एकताका ल्याउने भन्दै महासचिव पद रिक्त राखेर जाने तयारी रहेको स्रोतले बतायो । बिहीबार बस्ने बैठकमा प्रचण्डले यसबारे केही प्रस्ताव राख्ने तयारी गरेका छन् । पदाधिकारी टुंग्याउनु पर्ने केन्द्रीय सदस्यहरूको दबाबका कारण मंगलवार बैठक स्थगित गरेर पूर्व स्थायी कमिटी सदस्यको बैठक राखिएको थियो । बुधबार नै बस्ने भनिएपनि संसदका कारण बैठक बिहीबार ११ बजेका लागि सारिएको छ।  
००००
निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते  प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ ।  आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो । 

थपलियाका अनुसार मंसिर २ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको बताए । तयारीमा १२० दिन चाहिने भएकाले सो मिति प्रस्ताव गरेको उनको भनाइ छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रूपैयाँले वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीहरूले २३ असारदेखि लागू हुने गरी भाडा बढाएका हुन् । 
हवाई भाडा सबैभन्दा बढी धनगढीका लागि २२० र सबैभन्दा कम सिमराको लागि ४५ रूपैयाँले बढेको छ ।  अब काठमाडौंबाट धनगढी जान १७ हजार १७ रूपैयाँसम्म तिर्नुपर्नेछ । काठमाडौंमा हुने शहरी क्षेत्रको विमानस्थलका लागि सबैभन्दा कम भाडा सिमराको लागि ४२ सय ४० रूपैयाँ पुगेको छ ।
००००
संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धी आफैंले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको छ ।
००००
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तिव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । 
गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तिव्र बनाउन निर्देशन दिएका हुन् ।
००००
राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ । 
आयोग र नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहकार्यमा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा आयुक्त रत्नप्रसाद मैनालीले पछिल्लो दुई वर्षमा १२ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिँदै सूचनाको हकलाई देशैभर नागरिक तहसम्म पु¥याउन पत्रकार महासङ्घसँग समन्वय भइरहेको बताए ।
००००
मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी बुधबार पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।
००००
नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षकको बुधवार सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने एसएसपी जनक भट्टराईको सरुवा भएको  छ । 
यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल सरुवा भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x