साउन ३०, २०७९
उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपाल...
सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ ।
यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो ।
यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।
भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिन्छन् । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनले सुझाव दिए ।
पौडेलले भने, 'पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।'
हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उनले बताए । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उनले सुझाए ।
सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उनले बताए । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उनले जानकारी दिए ।
दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताए । रोग भित्रिन नदिन आवश्यक सावधानी अपनाउन भनिएको उनको भनाइ छ । भित्रिहालेमा नियन्त्रण र उपचारका लागि आवश्यक प्रबन्ध गरिने उनले बताए । रासस
उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपाल...
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवा...
पछिल्लो २४ घण्टामा मुलुकभर ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७३७ नमूना परीक्षण गर्दा ८८८ जना नयाँ संक्रमित पुष्टि भएको हो । ...
फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ । किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भव...
केहीदिन पहिले झण्डै दैनिक हजारको हाराहारीमा पुगेको कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो दुई दिनयता कोरोना संक्रमितको संख्या कम हुँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्ट...
सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...