साउन ३१, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि ब...
काठमाडाैं | असार २३, २०७९
‘हाई प्रोफाइल’ खाग तस्करी प्रकरणमा जोडिएका दाजुभाइ राजकुमार, बमबहादुर र रामकुमार प्रजाले ४९ गैंडा मारेर खाग तस्करी गरेको खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार १६ गते चितवनको कालिका नगरपालिका–९ का ४३ वर्षीय बमबहादुर र १३ गते राप्ती नगरपालिका–१० का ४१ वर्षीय रामकुमारलाई पक्राउ गरेर चितवन राष्ट्रिय निकुञ्जलाई बुझाएको छ ।
यसअघि मलेसियाको क्वालालम्पुरबाट राजकुमारलाई २०७४ कात्तिकमा पक्राउ गरेर सीआईबीले नेपाल ल्याएको थियो ।
प्रहरीले उनलाई २८ वटा गैंडा मारेको आरोपमा इन्टरपोलमार्फत पक्राउ गरेको थियो । उनी २०६० सालभन्दा अगाडि गैंडा मारेर तस्करी गर्ने मुख्य नाइके मध्येका कुख्यात १ जना मानिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोका अनुसार आरोपीले २०७७ कात्तिक २०, २१ र २२ गते चितवनको बाँदर झुला क्षेत्रमा गैंडा मारेर खाग तस्करी गरेको आरोप छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्दा बाँदरझुलामा खाग काटेर लगेको अवस्थामा २०७७ भदौ २१ गते बच्चा र माउ गरी २ वटा गैंडा फेला पारेको थियो । त्यसलगत्तै नेपाल प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले अनुसन्धान शुरू गरेको थियो ।
अनुसन्धानका क्रममा २०७८ पुस २८ गते तनहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट १३ जनालाई पक्राउ गरिएको थियो । प्रहरी, राष्ट्रिय निकुञ्ज, सीआईबी, नेपाली सेनाको खड्ग दल गण लगायतको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
‘पक्राउ परेका आरोपीको बयानका क्रममा मुख्य योजनाकार बमबहादुर र राजकुमार प्रजा भएको बताएका थिए । त्यसैका आधारमा हामीले उनीहरूलाई खोजिरहेका थियौं,’ प्रमुख संरक्षक अधिकृत आचार्यले लोकान्तरसँग भने, ‘उनीहरूले पहिले पनि गैंडा मारेको अभियोगमा जेल सजाय भुक्तान गरेका थिए ।’
रामकुमार प्रजा २०६० सालदेखि १५ वर्ष जेल बसेर २०७५ सालमा जेलमुक्त भएका थिए भने कुख्यात खाग तस्कर बमबहादुर २०६० सालदेखि १० वर्ष जेल भुक्तान गरेर २०७० सालमा बाहिर आएका केन्द्रीय अनुसन्धान ब्यूरोको तथ्यांकले देखाएको छ । त्यो समयमा भागेका अर्का कुख्यात खाग तस्कर राजकुमार मलेसिया गएर लुकेर बसेका थिए । अहिले उनी जिल्ला कारागार चितवनमा सजाय भुक्तान गरिरहेका छन् ।
राजकुमार र बमबहादुर दाजुभाइ हुन् । उनका परिवारका अन्य ७ जना सदस्य कारागारमा सजाय भुक्तान गरिरहेका छन् । प्रहरीका अनुसार प्रजाका भिनाजु, २ दाइहरू दलबहादुर र बलबहादुर, भान्जा बुद्धिबहादुर र साला काजीमान प्रजा पनि कैद भुक्तान गरिरहेका छन् ।
तस्कर भेटिए तर खाग भेटिएन,पत्तै लाउन सक्दैन राज्य
चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार ५४ वटा गैंडा मारिएकोमा प्रजाहरूको टोलीले लगेको खाग कहाँ गयो भन्ने न त प्रहरीले पत्ता लगाउन सकेको छ, न त राष्ट्रिय निकुञ्ज हेर्ने कुनै निकायले नै ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत हरिभद्र आचार्यले संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग बिक्री तथा ओसारपसार गर्ने बमबहादुर प्रजाको अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करहरूसँग ‘कनेक्सन’ फेला नपरेको बताए ।
‘खाग तस्करीमा अन्तर्राष्ट्रिय वन्यजन्तु तस्कर समूहको हात देखिन्छ, प्रजाहरूले नेपालकै माथिल्लो नाइकेलाई बुझाउने गरेको पाइएको छ, त्यसकारणले फेला परेको छैन,’ अधिकृत अर्यालले लोकान्तरसँग भने, ‘हामीले ‘कनेक्सन’ पत्ता लगाउन सकेका छैनौं ।’
सीआईबीका अनुसार बमबहादुर, राजकुमार र रामकुमार प्रजा तल्लो तहका तस्कर हुन् । यी आरोपीले गैंडा शिकार गर्न लगाउने, खाग काट्ने, आफूभन्दा माथिल्लो तस्कर समूहलाई उपलब्ध गराउने काम गर्छन् ।
अनुसन्धानमा खटिएका अनुसन्धान अधिकारीका अनुसार गैंडाको खाग नेपालबाट विदेश पुर्याउने ३ वटा समूह छन् । एउटाले चितवनमा गैंडा मार्ने र खाग काट्ने काम गर्छ, जुन प्रजाहरूको समूह हो ।
अर्को समूहले काठमाडौंसम्म खाग ल्याउने गर्दछ भने अर्को समूहले विदेशमा पठाउने काम गर्छ ।
प्रहरीको अनुमानमा चीन, ताइवान लगायतका देशमा खाग पठाइन्छ तर खाग कहाँ–कहाँ पठाइन्छ भन्ने यकिन पत्ता लगाउन सकिएको छैन ।
‘यिनीहरूले विभिन्न लेयर बनाएर तस्करी गर्ने गरेको देखिन्छ । जसमा गैंडा मार्ने, काठमाडौं ल्याउनेदेखि विदेश पठाउनेसम्म छुट्टाछुट्टै समूह छन्,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने, ‘प्रहरीले विदेश पुर्याउने नाइकेलाई पत्ता लगाइसकेको छ ।’
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि ब...
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए । प्रत्य...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ । प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहर...
बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेका हुन् । ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्य मुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– आगामी संघीय निर्वाचनमा नेकपा माओवादी केन्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...