साउन ३१, २०७९
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए । प्रत्य...
काठमाडाैं | असार २३, २०७९
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को व्याख्यात्मक घोषणा तयार गर्नेलाई फौजदारी कसूर लाग्छ कि लाग्दैन भनेर प्रश्न गरेपछि कानून मन्त्रीले कडा जवाफ फर्काएका छन् ।
बिहीवार प्रतिनिधिसभा बैठकमा ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९’ माथिको छलफलका क्रममा सुवालले एमसीसीको व्याख्यात्मक घोषणा गर्नेलाई फौजदारी कसूर लाग्छ कि लाग्दैन भनेर प्रश्न गरेका थिए ।
‘... जताततै फौजदारी कसूर बढेको देखिन्छ । एमसीसी सम्झौताको १२ बुँदे व्याख्यात्मक घोषणा तयार भयो । १२ बुँदे घोषणा अमेरिकाले स्वीकार गरेको संसदलाई जानकारी छैन । व्याख्यात्मक घोषणा तयार गर्नेहरूलाई फौजदारी कसूर लाग्छ कि लाग्दैन ?’ सुवालले प्रश्न गरे ।
जवाफका क्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले विना प्रसंग संसदमा यस्ता कुरा उठ्दा देशको अन्तर्राष्ट्रिय छवि बिग्रने दाबी गरे । १२ बुँदे घोषणा तयार गर्दा अधिवक्ता बन्दी पनि सहभागी भएको चर्चा चलेको थियो ।
‘कतिपय माननीयले यस (फौजदारी कसूर तथा फौजदारी कार्यविधि) सँग प्रत्यक्ष सरोकार नराख्ने विषयमा जिज्ञासा या टिप्पणी गर्नुभयो । त्यसको जवाफ नदिँदा पनि हुन्थ्यो, जे विषयभन्दा बाहिरको विषयमा धेरै कुरा हुन्छ तर कतिपय संवेदनशील विषयमा विषयवस्तुभन्दा बाहिरको कुराले अन्यत्र पार्ने प्रभावबारे पनि सोच्नु जरुरी छ,’ मन्त्री कोइरालाले भने, ‘अन्तर्राष्ट्रिय सम्बन्धबारे नेपालको सार्वभौम संसदमा भएको बहसले नेपालको अनुहारलाई बाहिर देखाउँछ । त्यही विषयमा संसदमा छलफल गरिरहेका छौं भने त्यतिबेला छलफल गर्नु सान्दर्भिक मानिने छ वा शून्य समयमा उठ्ने कुराको पनि आफ्नै सान्दर्भिकता होला तर जतिबेला पनि अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने विषयहरूको उठानले र त्यसलाई र राजनीतिकीकरण गर्दा नेपालले मेन्टेन गर्नुपर्ने अन्तर्राष्ट्रिय सम्बन्धमा समस्या आउन सक्ने कुरा टिप्पणीको रूपमा यहाँ राख्न चाहन्छु ।’
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए । प्रत्य...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...
बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेका हुन् । ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्य मुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– आगामी संघीय निर्वाचनमा नेकपा माओवादी केन्...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू झापाबाटै उम्मेदवारी उठ्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै महामन्त्री शर्माले 'प्रेम उता, घरजम...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले चोरी तथा डकैतीको आरोपमा पक्राउ परेका ३ जनालाई आज (मंगलवार) सार्वजनिक गरेको छ । प्रहरीले उपत्यकामा शृंखलाबद्ध चोरी गर्ने गिरोहलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहर...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...