साउन २३, २०७९
राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन् । नेपाली कांग्रेसकी सांसद गुरुङले सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उमेर हदको व्यवस्था गरी राष्ट्र...
कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ ।
बैठक बिहीवार दिउँसो १ बजेका लागि तोकिएको थियो ।
प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
सचिव बुढाथोकीले बिहीवारै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिए ।
‘प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिको मस्यौदा बनेको छ,’ उनले भने, ‘तथापि सहमतिको मस्यौदाले भोलि मात्र पूर्णता पाउने भएकाले बैठक आजका स्थगित गरिएको हो ।’
शुक्रवार बिहान ८ बजे पुनः सर्वदलीय बैठक बसेर र त्यसपछि प्रदेशसभा बैठक दिउँसो १ बजे बस्ने गरी तयारी गरिएको सचिव बुढाथोकीले जानकारी दिए ।
प्रतिपक्षी एमालेले आगामी आव २०७९/०८० को बजेटको किताब तथ्यपरक ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका ३ जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने माग राख्दै प्रदेश सभाको १८औं बैठकमा अवरोध गरेपछि असार १२ गतेदेखि बैठक चल्न सकेको छैन ।
राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन् । नेपाली कांग्रेसकी सांसद गुरुङले सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उमेर हदको व्यवस्था गरी राष्ट्र...
प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको गुनासो आएको भन्दै समितिले तत्काल संस्थागत ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् । डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको आज चन्द्रगढीमा आयोजना...
नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि केन्द्रीय सदस्यहरूलाई परिचालन गर्ने भएको छ । भदौ २ गतेदेखि २४ गतेसम्म केन्द्रीय सदस्यहरूलाई जिल्लामा परिचालन गर्न लागिएको महा...
नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापा 'पार्वती'ले निर्वाचनसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले वर्तमान निर्वाचन प्रणालीमा सुधार...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...