साउन २३, २०७९
मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैप...
काठमाडाैं | असार २३, २०७९
धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने गरेको शास्त्रविरुद्धका काम रोक्न चाल्नुपर्ने कदमका विषयमा बहस सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज आयोजना गरेको ‘ज्योतिष तथा धर्मशास्त्र सम्बद्ध समसामयिक व्यावहारिक विषयक अन्तक्र्रिया’ कार्यक्रममा बेलुकाको लग्न दिएका बेला बिहान र बिहानको लग्न दिएका बेला बेलुका विवाहलगायत कर्म हुँदा नकारात्मक फल प्राप्त हुने गरेकाले समस्या आउने गरेको दावी गरिएको थियो ।
यस किसिमका शास्त्रीय मान्यताविपरीतका काम रोक्न कार्यक्रम आयोजना गरिएको सो अवसरमा जानकारी गराइएको थियो । दिइएको साइतमा विवाह नहुँदा सम्बन्ध विच्छेदका घटना बढेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले दावी गरे । सामूहिक व्रतबन्ध, जन्मोत्सवमा केक काट्ने, विवाह र स्वयंवरमा समेत केक काट्ने गरेका घटना धर्म, संस्कृतिमा आएको विकृतिका रूपमा रहेको उनको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले समितिले प्रकाशन गरेको राष्ट्रिय पञ्चाङ्गले धर्म, संस्कृतिलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले धर्म संस्कृतिका क्षेत्रमा घरघरमा विकृति फैलिएकाले त्यसको अन्त्यका लागि अभियान चलाउनुपर्नेमा जोड दिए । नीति अनुसन्धान प्रतिष्ठानका प्रबन्धक लक्ष्मण भट्टराईले कर्मकाण्डका क्षेत्रमा विकृति बढेकाले त्यसलाई रोक्न आचारसंहिता बनाइनुपर्ने बताए ।
कार्यक्रममा वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले गुरु परम्पराको अन्त्य भएकाले सिक्ने र सिकाउने क्रम अन्त्य भएर धर्म संस्कृतिका क्षेत्रमा विकृति आएकाले पुनःजागरणका लागि समितिको ध्यानाकर्षण गराए । मन्त्रालयका संस्कृति शाखा प्रमुख पुण्यमाया गुरागाईंले मन्त्रालयका अरु कार्यक्रमका तुलनामा संस्कृति संरक्षणतर्फ कम काम भएको स्वीकार गर्दै यससम्बन्धी विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।
सो अवसरमा समितिका सदस्य डा पुरुषोत्तम भट्टराई, सदस्य तनुजा दाहाल, नेपाल महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठ, समितिका पूर्वसदस्य कीर्तिमदन जोशी, हिन्दू जागरण अभियानका रामकृष्ण उपाध्याय, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेललगायतले धर्म, संस्कृतिका क्षेत्रमा आएका विकृति हटाउन सबै लाग्नुपर्नेमा जोड दिएका दिए । रासस
मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैप...
म्याग्दी सदरमुकाम बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मंगलवार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करीब ३०० वर्ष अघि भक्तपुरबाट न...
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्...
प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार मानिन्छ । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अव...
श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नागराज वासुकीको मन्दिरमा १०० भक्तजनले आज विशेष पूजा गरेका छन् । नागपञ्चमीका अवसरमा एउटा विशेष पूजाको रु सात हजार ५०० को र...
उसो त साउनमा खीर खाने नेपाली चलन नै हो । साउन १५ लाई खीर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खीर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ । य...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...