×

NMB BANK
NIC ASIA

अलबिदा आबे

शिन्जोको 'आबेनोमिक्स'देखि लामो समय सत्तामा रहेर पनि पूरा गर्न नसकेको त्यो सपना

असार २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रवार नारा शहरमा गोली हानेर हत्या गरिएको छ । 

Muktinath Bank

लामो समयसम्म जापानी राजनीतिमा छाएका ६७ वर्षीय आबे पहिलोपटक सन् २००६ मा प्रधानमन्त्री बनेका थिए । एक वर्ष मात्र कार्यकाल चलाउन पाएका आबे त्यसपछि सन् २०१२ मा पुनः प्रधानमन्त्री बने । उनले सन् २०२० सम्म प्रधानमन्त्रीको कार्यकाल चलाएपछि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आबेको मध्यमार्गी दक्षिणपन्थी दल लिबरल डेमोक्रेटिक पार्टीले सन् १९५५ मा गठन भएदेखि नै राजनीतिक वर्चस्व कायम गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

अगस्ट २०२० मा स्वास्थ्यका कारण राजीनामा दिनुअघि आधुनिक जापानको सबभन्दा लामो कार्यकाल चलाउने प्रधानमन्त्रीका रूपमा आबेको नाम इतिहासमा दर्ज भएको थियो । 

Vianet communication
Laxmi Bank

आबे राजनीतिक परिवारका सदस्य थिए । उनी परिवारको तेस्रो पुस्ताका नेता थिए । उनका हजुरबुवा नोबुसुके किशीले सन् १९५७ देखि १९६० सम्म प्रधानमन्त्री कार्यकाल चलाएका थिए भने बुवा शिन्तारो आबे मन्त्रिपरिषद्का मुख्यसचिव थिए । त्यस पदलाई प्रधानमन्त्रीपछिको दोस्रो शक्तिशाली पद मानिन्छ ।

अमेरिकाको आणविक छाताबाट संरक्षित तथा शान्तिवादी संविधानअनुसार चल्ने मुलुक जापानलाई थप मुखर र अन्तर्राष्ट्यि सम्बन्धमा अग्रसर मुलुक बनाउन आबेले प्रयास गरेका थिए । उनले गतिहीन जापानी अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रयास पनि गरेका थिए ।

जापानको संविधानलाई संशोधन गर्ने महत्त्वाकांक्षा आबेले पालेका थिए । विशेषगरी युद्धलाई निन्दा गर्ने तथा सेनामा प्रतिबन्ध लगाउने धारा ९ लाई उनी खारेज गराउन चाहन्थे । त्यस धाराले जापानलाई क्षेत्रीय शक्ति बन्न नदिएको उनको सोच थियो । 

पहिलोपटक छोटो समयका लागि प्रधानमन्त्री बन्दा आबेको कार्यकालमा अनेकौं विवाद आए । तर सन् २०१२ मा दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनले देशको दिशा बदल्नका लागि सफलता पाए । उनले अंगीकार गरेको आर्थिक नीतिलाई आबेनोमिक्स नाम दिइएको थियो । 

दोस्रो विश्वयुद्धपछि लगातार आर्थिक उन्नति गरेको मुलुकको अर्थतन्त्र गतिहीन बन्दै गएको बेलामा त्यसलाई झड्का दिएर गतिशील बनाउन आबेले नयाँ नीति ल्याएका थिए । त्यसलाई ‘तीन वाण’ रणनीति नाम दिइएको थियो । 

त्यस रणनीतिले काम गरे नगरेको विषयमा अझै पनि बहस भइरहेको छ यद्यपि जापानी अर्थतन्त्रमा केही संरचनागत परिवर्तन चाहिँ कार्यान्वयन गरिएका छन् । 

आबेले अमेरिकासँग लामो समयदेखिको सुरक्षा साझेदारीलाई पनि थप मजबूत बनाए । तर जापानका छिमेकीहरूसँगको सम्बन्ध आबेको कार्यकालमा बिग्रेको थियो । 

विवादास्पद यासुकुनी मन्दिरको भ्रमण गरेर उनले देशका दक्षिणपन्थी राष्ट्रवादीहरूलाई खुशी बनाउन खोजेका थिए । उक्त मन्दिरमा दोस्रो विश्वयुद्धका युद्धअपराधीहरूलाई सम्मान गर्ने गरिन्छ । दक्षिण र उत्तर कोरियालीहरू जापानको यस कदमबाट आहत हुने गर्छन् । 

आबेले जापानी सेना सेल्फ डिफेन्स फोर्सेसलाई साझेदार मुलुकका सेनासँग विदेशमा लड्न अनुमति दिने कानून पनि ल्याएका थिए । त्यस कदमले दक्षिण कोरिया र चीनलाई आक्रोशित तुल्याएको थियो । 

जापानको संविधानलाई संशोधन गर्ने महत्त्वाकांक्षा आबेले पालेका थिए । विशेषगरी युद्धलाई निन्दा गर्ने तथा सेनामा प्रतिबन्ध लगाउने धारा ९ लाई उनी खारेज गराउन चाहन्थे । त्यस धाराले जापानलाई क्षेत्रीय शक्ति बन्न नदिएको उनको सोच थियो । 

तर उल्लेख्य राजनीतिक क्षमता भए पनि आबेले जापानी संविधान संशोधनका लागि आवश्यक जनमतसंग्रह गराउन कोशिश गरेनन् । उनको त्यो सपना पूरा भएन ।

आफ्नो कार्यकालमा आबे हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभावको कटु आलोचना गर्ने गर्थे । चीनको घेराबन्दीका लागि लोकतान्त्रिक मुलुकहरूको संगठन क्वाड बनाउने प्रस्ताव उनैले राखेका थिए । अमेरिकाले पनि पिभट टु एसिया रणनीतिअन्तर्गत चीनको घेराबन्दी गर्न खोजेकोमा आबेको यो प्रस्ताव पूरक बनेको थियो । आबे अमेरिकाले भन्ने गरेको खुला तथा स्वतन्त्र हिन्द प्रशान्तका कट्टर पक्षधर थिए ।

केही महिनाअघि आबेले अमेरिकालाई ताइवानका विषयमा रणनीतिक दुविधा त्याग्न भनेका थिए । चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा ताइवानको प्रतिरक्षा गर्न प्रतिबद्धता जनाउन उनले अमेरिकालाई आह्वान गरेका थिए ।

आबेले अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पसँग निकट सम्बन्ध कायम गरेका थिए । ट्रम्प राष्ट्रपति निर्वाचित हुनेबित्तिकै आबे उनलाई भेट्न पुगेका थिए । सन् २०१९ मा ट्रम्पले जापान भ्रमण गर्दा आबेले उनका लागि रातो कार्पेट बिछ्याएका थिए । ट्रम्पको अमेरिका प्रथम नीतिबाट जापानलाई असर नपरोस् भन्ने सुनिश्चितताका लागि आबेले उक्त कदम चालेको बताइन्छ ।

नेपालसँगको परम्परागत मैत्रीपूर्ण सम्बन्ध थप विकसित गर्ने चाहना आबेले राखेका थिए । सन् २०१९ मा राष्ट्रपति विद्या भण्डारीले जापान भ्रमण गर्दा आबेले न्यानो स्वागत गरेका थिए । आबेले नेपाललाई पूर्वाधार विकास तथा व्यापार घाटा न्यूनीकरण लगायतका क्षेत्रमा सामाजिक आर्थिक सहयोग गरिरहने प्रतिबद्धता पनि राष्ट्रपति भण्डारीसमक्ष गरेका थिए ।

उनले रुससँगको सम्बन्ध सुधार्नका लागि पनि प्रयास गरेका थिए । जापानको उत्तरतर्फ रहेका कुरिल टापुसमूहहरूमा रुसको आधिपत्य रहेकोमा जापानलाई ती टापु फर्काउनका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनले गरेका वार्ता सफल हुन सकेनन् । 

आबेले उत्तर कोरियाविरुद्ध कठोर नीति अपनाएका थिए । जापानी नागरिकहरूलाई उत्तर कोरियाले अपहरण गरेको भन्दै उनले उत्तरको आलोचना गर्ने गरेका थिए । अनि उत्तरले गैरजिम्मेवार तवरले क्षेप्यास्त्र परीक्षण गरी जापानको सुरक्षा खतरामा पारेको आरोप पनि आबेले लगाउने गर्थे । उत्तरका सर्वोच्च नेता किम जोङ उनले आबेलाई ‘मूर्ख’ भनी अपमान गरेका थिए । 

दोस्रो विश्वयुद्धमा जापानले दक्षिण कोरियामा अनेकौं युद्धअपराध गरेकाले अहिलेसम्म पनि दुई देशको सम्बन्ध चिसो छ । आबेले आफ्नो कार्यकालमा दक्षिणप्रति कठोर नीति अपनाएका थिए । देशका उग्रदक्षिणपन्थीहरूलाई खुशी बनाउन उनले त्यो काम गरेका थिए । 

आबेका उत्तराधिकारी योशिहिदे सुगा जम्मा एक वर्षको कार्यकाल चलाएपछि सत्ताबाट बाहिरिएका थिए । सुगाले कोभिड महामारी व्यवस्थापन गर्न नसकेको भन्दै व्यापक आलोचना गरिएको थियो । बहालवाला प्रधानमन्त्री फुमिओ किशिदालाई पनि आबेको समर्थन प्राप्त रहेको बताइन्छ ।

नेपालसँगको परम्परागत मैत्रीपूर्ण सम्बन्ध थप विकसित गर्ने चाहना आबेले राखेका थिए । सन् २०१९ मा राष्ट्रपति विद्या भण्डारीले जापान भ्रमण गर्दा आबेले न्यानो स्वागत गरेका थिए । आबेले नेपाललाई पूर्वाधार विकास तथा व्यापार घाटा न्यूनीकरण लगायतका क्षेत्रमा सामाजिक आर्थिक सहयोग गरिरहने प्रतिबद्धता पनि राष्ट्रपति भण्डारीसमक्ष गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x