×

NMB BANK
NIC ASIA

पुराना मुद्दा फछ्र्योट गर्न सर्वोच्च अदालतमा साउन १ देखि नयाँ कार्ययोजना

असार २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतमा पाँचवर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । अदालतमा पुराना बक्यौताको मुद्दाको सङ्ख्या बढ्दै गएपछि शीघ्र मुद्दा फछ्र्योट गर्नका लागि सर्वोच्च अदालतले उक्त कार्ययोजना तयार गरेको हो । उक्त कार्ययोजना आगामी साउन १ गतेदेखि लागू हुनेछ ।  

Muktinath Bank

अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार ८१९ थान रहेको थियो भने दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको थियो । तर आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा पाँच वर्ष नाघ्ने मुद्दाको सङ्ख्या पाँच हजार १६८ पुग्ने देखिएको अदालतले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 पुराना मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएपछि सर्वोच्च अदालतको २०७९ वैशाख २८ गते बसेको पूर्णबैठक (फूल कोर्ट)मा न्यायाधीश तीलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधीन पुराना मुद्दाको बक्यौताका लागि तत्कालै केही कदम चाल्नुपर्ने आवश्यकतासम्बन्धी प्रस्तुती गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उक्त प्रस्तुतीको अवधारणापछि उक्त बैठकले सर्वोच्च अदालतमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्न तात्कालीकरूपमा अवलम्बन गर्नुपर्ने उपाय पहिल्यानका लागि मुद्दा व्यवस्थापन समिति बनाउने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

उक्त समितिमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयोजकत्वमा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य रहेको समिति बनेको थियो । उक्त समितिले उक्त कार्ययोजना तयार गरेको हो ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्यअनुसार मुद्दाको शीघ्र फछ्र्योट गर्नका लागि आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म दुई वर्ष नाघेका सबै रिट निवेदन र तीन वर्ष नाघेका सबै मुद्दा फछ्र्योट गरिसक्नुपर्नेछ । तर, आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा आइपुग्दा पाँच वर्ष नाघेका रिट र मुद्दाको बाँकी लगत तीन हजार ६५५ रहन आएको देखिन्छ भने दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या १२ हजार ५९७ रहन आएको देखिन्छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सर्वोच्च अदालतमा बढ्दै गएको पुराना मुद्दा बक्यौताको अवस्थालाई ध्यानमा राख्दा यस्ता बक्यौता मुद्दाको न्यूनीकरणका लागि अभियानकै रूपमा अघि बढाउन नयाँ ढङ्गबाट काम गर्न उक्त कार्ययोजना तयार गरिएको हो ।

कार्ययोजनामा इजलासको तहमा अवलम्बन गर्नुपर्ने रणनीतिमा पाँच वर्ष पुराना मुद्दा फछ्र्योटका लागि छुट्टै इजलास गठन हुने पद्दति अपनाउने र यस्तो इजलास संवैधानिक इजलास लाग्नेबाहेकका अरु दिनमा दैनिकरूपमा गठन हुने व्यवस्था गर्ने रहेको छ ।

सर्वोच्च अदालतमा हाल जम्मा नौ वटा इजलास गठन हुने गरेको छ । दैनिक चार वटा इजलास पुराना मुद्दाका लागि तोकिने कार्ययोजनामा व्यवस्था रहेको छ । त्यस्तै, अन्तरिम आदेशको छलफललगायत अन्य पूरक र भैपरी मुद्दाका लागि दैनिक एउटा छुट्टै संयुक्त इजलास गठन हुने÷गर्ने व्यवस्था छ ।

  अन्य मुद्दाका लागि दैनिकरूपमा चार वटा इजलास तोकिने र प्राथमिकतामा पर्ने थुनुवा मुद्दालाई कोटा निर्धारण गर्ने र शुक्रबार पनि अरु बार सरह पूरा समय अदालत सञ्चालन गर्ने व्यवस्था छ ।

“शुक्रबार हरेक इजलासका लागि दुई वटा पेसी सूची प्रकाशन गर्ने, पहिलो पेसी सूची दिउँसो १ः३० बजेसम्म नियमित रहनेछ,” प्रवक्ता पौडेलले भने, “दोहर्याइ पाँउसम्बन्धी निवेदन सुनुवाइका लागि हाल भइरहेको पेसी कोटासम्बन्धी व्यवस्थालाई यथावत राख्दै शुक्रबार खाजा समयपछि थप दोहर्याइपाँउसम्बन्धी निवेदनको सुनुवाइ गर्ने गरी सबै इजलासको पेसी सूची प्रकाशन गरी २ः३० बजेदेखि ५ः०० बजेसम्म यस किसिमका निवेदनको सुनुवाइ गर्ने व्यवस्था छ ।”

कार्ययोजनामा २०७९ साउन ४ गतेदेखि अरु नियमित मुद्दाहरूको सुनुवाइ प्रारम्भ नहुने दिनसम्म थुनुवा भएका प्रतिवेदन मात्र, दोहर्याईपाँउ निवेदन, अनुमति र पुनरावलोकनलगायतका मुद्दा सुनुवाई गर्ने गरी पेसी व्यवस्थापन गर्ने रहेको छ ।  

पुराना मुद्दाको सुनुवाइका लागि इजलास गठन गर्दा हाल अभ्यासमा रहेको गोला प्रक्रियाभित्र रहेर दैनिक चार वटा इजलास गठन गर्ने, पुराना मुद्दा स्थगित समूहमा नपरोस् भन्नका लागि गोला हाल्दा पहिले पुराना मुद्दाका लागि गठन हुने इजलास र मुद्दा समूहको गोला हालेपछि मात्र अन्य इजलास गठनका लागि गोला हाल्ने व्यवस्था गरिनेछ ।  

कार्ययोजनामा मुद्दा स्थगनका लागि ११ बजे अगाडि निवेदन पेश गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने उक्त समयपछि तत्काल पर्न आएको मानवीय कारणको अवस्थामा बाहेक पेसी स्थगनका लागि प्राप्त हुने निवेदन नलिने रहेको छ ।

त्यस्तै, ७५ प्रतिशत कैद अवधि भुक्तान गरी सकेका थुनुवाको मुद्दा पहिचान गरी पालो आउने किसिमले व्यवस्थापन गरी फैसला हुने स्थिति कायम गर्ने र थुनुवा मुद्दा परेको इजलासमा वा अन्य पूरक पेसीका मुद्दा नपर्ने तुल्याउने तयारी छ ।

निर्धारित समय ११ः०० बजे इजलास बस्ने र पूरा समय बस्ने परिपाटी अपनाउने तथा सम्बन्धित सरकारी वकील र कानून व्यवसायी पनि निर्धारित समयमा इजलासमा उपस्थित हुनुपर्ने स्थिति कायम गर्ने समेत उल्लेख छ ।

“सर्वोच्च अदालतमा दायर भएका कतिपय मुद्दा करिब १६ वर्ष पुरानो अवस्थाको देखिनु स्वयंमा दुःखद पक्ष छँदैछ”, सर्वोच्च अदालतका कायममुकायम रजिष्ट्रार नारायणप्रसाद पन्थीले भने, “मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुग्दा कति समय लाग्छ, अनुमान गर्न सकिन्छ, समयमै न्यायका लागि पनि पाँच वर्ष पुराना मुद्दा तथा तीन वर्ष पुराना रिटको फछ्र्योटमा शीघ्रता जरुरी भएको हुँदा कार्ययोजना बनाइएको हो ।”

कार्ययोजनामा पाँचवर्ष पुराना मुद्दा आव २०८०/०८१ को अन्त्यसम्ममा शुन्यमा पु¥याउने लक्ष्य रहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x