×

NMB BANK
NIC ASIA

९२ अर्बले रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चितिमा सुधार

असार २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चालु आर्थिक वर्षको ११औँ महिना (जेठ)मा रेमिट्यान्स आय ९२ अर्ब ३९ करोड रुपैयाँले बढ्दा विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको छ । गत महिनाको तुलनामा रेमिट्न्यास ९२ अर्बले बढ्दा विदेशी मुद्रा संचिति पनि १७ करोड डलरले बढेको छ ।

Muktinath Bank

विदेशी मुद्रा सञ्चिति अघिल्लो महिना (वैशाख)को तुलनामा जेठमा ९ अर्ब २८ करोड डलरबाट बढेर ९ अर्ब ४५ करोड डलर पुगेको छ । विदेशी मुद्राको सञ्चिति बढ्दा आयात धान्न सक्ने क्षमता पनि ६ दिनलाई बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत महिना वैशाखमा विदेशी मुद्रा सञ्चितिले ६ महिना १९ दिनको आयात धान्ने पुग्ने थियो । विदेशी मुद्रा सञ्चितिमा थोरै सुधार आउँदा राष्ट्र बैंकसँग अब ६ महिना २४ दिनको आयात धान्न पुग्ने डलर क्षमता रहेको छ । 


Advertisment
Nabil box
Kumari

यो अवधिसम्ममा रेमिट्यान्स ३.८ प्रतिशतले बढेर ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । वैशाखसम्म रेमिट्यान्स आय ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ मात्रै थियो ।

Vianet communication
Laxmi Bank

डलर सञ्चितिको प्रभाव रेमिट्यान्स बढेर र आयात निरुत्साहन गरेर भएको देखिएको छ । रेमिट्यान्स आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने  १२.६ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा भने यस्तो रेमिट्यान्स आय १.५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड डलर पुगेको छ ।

अघिल्लो वर्षको जेठमा रेमिट्यान्स आय १०.५ प्रतिशतले बढेको थियो । चालु आवको जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेर ३ लाख १३ हजार ३६७ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले बढेको छ । यो अवधिमा २ लाख ५९ हजार ०९१ जान पुगेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु.१००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

चालु खाता घाटामा

यो अवधिसम्म चालु खाता एवम् शोधनान्तर घाटा भने बढेको छ । चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोड डलरले घाटामा रहेको चालु खाता यो अवधिसम्ममा भने ४ अर्ब ९६ करोड डलरको घाटामा पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाख डलरले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोड डलरले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको थियो । यस्तो विदेशी विनिमय सञ्चिति गत वर्षका जेठको तुलनामा यो वर्षको जेठमा १५.९ प्रतिशतले घटेको छ । यस्तो रकम जेठमा मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले घटेर ९ अर्ब ४५ करोड डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । यस्तो रकम गत जेठमा १७.१ प्रतिशतले घटेर १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । यस्तो रकम गत जेठमा ६.१ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात धान्न सक्ने थियो । तर, यो वर्षको जेठसम्म आइपुग्दा भने डलर सञ्चितिले ६.७३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने मात्रै रकम राष्ट्र बैंकसँग रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x