×

NMB BANK
NIC ASIA

अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले

असार २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

Muktinath Bank

“असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने”, पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट मातहतका कमिटीलाई दिइएको  निर्देशनमा भनिएको छ, “आपसी अन्तरविरोधका कारण कारबाहीको दायरा अनावश्यकरूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा विधि पु¥याएर बिना मोलाहिजा नगर्ने ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको सो अपानि–४ मा सत्ता गठबन्धन, पार्टीभित्रका समस्या र अन्तर्घातका बीच स्थानीय निर्वाचनमा लोकप्रिय मतमा एमाले अगाडि रहेका निर्वाचित पदमा दोस्रो हुन पुगेको स्वीकार गरिएको छ । । सो पार्टीको केन्द्रीय सचिवालयको नवौँ बैठक (२०७९ जेठ ३०) र दसौँ बैठक (असार १९) गतेका निर्णय पार्टीका तल्ला कमिटीलाई जानकारी गराउन जारी निर्देशनमा निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने तथा प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने भनिएको छ ।  
      
सोका लागि यही असार मसान्तभित्र सबै पालिकाको निर्वाचन समीक्षा सम्पन्न गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाइसक्ने, निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षको सूची बनाएर विगतको कमीलाई नदोहो¥याउने सुनिश्चित गर्ने र स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने निर्देशनमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

यस्तै पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना–आत्मालोचना र अन्य विधिमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने, पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन चाहिँ असमझदारी हो, कुन असहयोग हो र कुन चाहिँ अन्तर्घात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने एमालेको निर्णय रहेको छ ।

Vianet communication
Laxmi Bank

एमालेले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो भने आम निर्वाचनलाई ध्यानमा राखेर सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
      
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९, एमालेले २०६, नेकपा (माओवादी केन्द्र) ले १२१, जनता समाजवादी पार्टी (जसपा)ले ३०, नेकपा एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले ३१ पालिकामा प्रमुख÷अध्यक्ष जितेका छन् ।

देशभर कूल निर्वाचित जनप्रतिनिधि सङ्ख्यामध्ये कांगे्रसले ४०, एमालेले ३४ र माओवादी केन्द्रले १४ प्रतिशत पदमा जित हासिल गरेका छन् । अघिल्लो निर्वाचनमा पहिलो स्थानमा रहेको एमालेले पालिकाका प्रमुख÷अध्यक्षले प्राप्त गरेको समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि एमाले पहिलो स्थानमा कायमै रहेको सो पार्टीको बुझाइ रहेको छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कुल मतको एक तिहाई मत (३३%) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४%) वृद्धि गरेको छ । एमालेबाट चोइटिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले चार प्रतिशत मात्र मत  प्राप्त गरेको छ ।

सो पार्टीले जनसरोकारका विषयमा सबै स्थानीय पार्टी कमिटी र जनसङ्गठनले विरोध कार्यक्रम सञ्चालन  र जनदबाब सृष्टि गर्ने पनि तय गरेको छ । एमालेले केन्द्रीय सल्लाहकार परिषद्लाई पूर्णता दिँदै विभिन्न केन्द्रीय विभागका सचिव पनि तोकेको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x