
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा गठन भएको संसदीय छानबिन समितिको बैठक शुक्रबार बस्ने भएको छ । सिंहदरबारस्थित अर्थसमितिको सभाकक्षमा बिहान १० बजे बैठक बस्न लागेको हो ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति गठन गरेका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सापकोटाले सो समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको थियो ।