×

NMB BANK
NIC ASIA

कर्णालीमा यसरी मनाइँदै ‘देउडा तथा साउने सक्रान्ति पर्व’

साउन १, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । 

Muktinath Bank

आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी तथा सांस्कृतिक दुवै हिसाबले आजको दिन निकै महत्वपूर्ण मानिन्छ । कर्णाली प्रदेश सरकारले ‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ को दिनलाई विशेष महत्व दिएर आज कर्णालीका प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७८ चैत २९ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिए।

Vianet communication
Laxmi Bank

उनका अनुसार आज प्रदेशस्थित सबै सरकारी र तथा सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा हुनेछ । 

यस पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुम्ली एकता सेवा समाज सुर्खेतले देउडाको आयोजना गरेको छ । जुम्ला खलङ्गालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा देउडा खेलेर मनाइँदै छ ।

कर्णालीको हुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेखमा पनि कतै पुरुष–पुरुष त कतै महिला–पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिकरूपमा विभिन्न हाउभाउ देखाएर देउडा खेलिन्छ । स्वतःस्फूर्तरूपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम हुँदैन । 

देउडा जुम्लाको सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा पनि ऐतिहासिक स्वरुपमा आज सञ्चालन गर्न थालिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जा गाउँपालिका अध्यक्षसमेत रहेका अध्यक्ष धितालले भने,'देउडा एउटा साहित्य हो । मानिसको जनजीवनमा भएका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने यो एउटा विधा हो ।'

सङ्गीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै उहाँले यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने बताए । अध्यक्ष धितालका अनुसार देउडाले गीत र मनोरञ्जनका माध्यमले विगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविष्यको दृष्टिगत गराउँछ । 

कर्णाली देउडा समाज जुम्लाका सचिव कर्ण बुढ्थापाले सुख–दुःख, हाँसो–आँसु, खुसी–पीडा गीत देउडा गीतका माध्यमबाट व्यक्त गरिने भएकाले कर्णालीमा यो लोकप्रिय हुँदै गएको बताए । हरेक शुभ अवसरमा खेलिने देउडाले मानव जीवनका सबै पक्षहरूलाई गीत र तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्दछ', सचिव बुढ्थापाले भने,'यो मानव जीवनको दर्पण हो ।'

त्यसैगरी आज खीर, पनिर, तरकारी, अचारलगायतका मीठा–मीठा परिकार खाएर साउने सङ्क्रान्ति मनाइने उहाँले बताउनुभयो । उहाँका अनुसार समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसङ्गति सकिएर जाओस् भन्दै आज साँझ राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो (पोका) फालेर साउने सङ्क्रान्ति मनाइँदै छ ।

जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले राजधानी सुर्खेतमा दिनभर देउडा खेल्ने र आज बेलुका राँको बालेर लुतो फालेर साउने सङ्क्रान्तिको समापन गरिने जनाए । 

साउने सङ्क्रान्ति पर्व देशभर मनाइरहँदा परम्परागतरूपमा मध्य तथा सुदूरपश्चिम खेलिने देउडा भने मध्यपश्चिम नेपालको कर्णाली प्रदेशले विगत तीन वर्षदेखि आजको दिनलाई देउडा पर्वका रूपमा मनाउँदै आएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x