×

X
Nic Asia
Marvel
Khukuri

युक्रेन युद्ध

युक्रेन युद्धमा ‘हिमार्स इफेक्ट’: हाई प्रोफाइल अमेरिकी हतियारसामु बदलिएला रुसी रणनीति ?

काठमाडाैं | साउन २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
Photo: US Army
British college
TVS INSIDE

रुसले युक्रेनको पूर्वी भागमा रहेको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गर्दै गएपछि आत्तिएको पश्चिमले भारी हातहतियार सहयोगमार्फत युद्धको दिशा बदल्ने दिवास्वप्न देखिरहेको छ । 

DHARA
LAxmi BAnk

त्यही आकांक्षालाई साकार पार्न अमेरिकाले युक्रेनलाई हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम वा हिमार्स उपलब्ध गराएको छ । यो उच्च प्रविधिको रकेट लोन्च सिस्टमले युक्रेनलाई रुसी अग्रमोर्चाभन्दा धेरै भित्रसम्म पुगेर सटीक आक्रमण गर्नका लागि समर्थ बनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसैमार्फत युक्रेनले रुसका हतियार भण्डार र सैन्य संरचनामा समेत आक्रमण गर्न सकेको छ । डोनेत्स्क, लिसिचान्स्क र खेर्सनमा हिमार्स उपयोग गरी युक्रेनले शृंखलाबद्ध आक्रमण गरेको खबर आइरहेको छ । 

यत्तिका आधारमा युक्रेनका समर्थकहरू युक्रेनले अब युद्धको दिशा बदल्न लाग्यो भनी होहल्ला गर्दैछन् । रुसले कब्जा गरेको युक्रेनी भूमि अब युक्रेनले फिर्ता लिनेछ भनी उनीहरू दाबी गर्न थालेका छन् । 


Advertisment
Bizbazar
Saurya island

तर वास्तविकता यसभन्दा नितान्त भिन्न रहेको रुसी मिडियाहरूको दाबी छ । युक्रेनले रुसको अधीनमा रहेको एउटा पनि ठाउँबाट रुसलाई पछि हट्नका लागि बाध्य बनाउन सकेको छैन । युद्ध शुरू भएदेखि अहिलेसम्म युक्रेनको २० प्रतिशतभन्दा बढी भूभागमा रुसको कब्जा रहेकोमा रुस त्यसमा बसिरहेकै छ । हिमार्सको आगमनले यो स्थितिलाई उल्ट्याउने सम्भावना अहिलेसम्म देखिएको छैन ।

त्यसो त युक्रेनीहरूले अहिलेसम्म युद्धका विषयमा एकोहोरो प्रचारबाजी मात्र गरिरहेका छन् । रुसले अहिलेको भन्दा बढी विनाश युक्रेनमा गराउन सक्ने क्षमता राख्ने भए पनि सर्वसाधारणको अधिक क्षति नहोस् भनी त्यसो नगरेको तथ्यलाई रुसको कमजोरीका रूपमा युक्रेनीहरूले प्रस्तुत गरिरहेका छन् । 

Vianet communication
IME BANK INNEWS

त्यससँगै उनीहरूले रुसी आक्रमणका कारण युक्रेनमा गैरसैन्य संरचना तथा सर्वसाधारणमा क्षति पुगेको प्रचार गर्ने गरेका छन् । रुसले युक्रेनको असैन्यीकरण लक्ष्य हासिल गर्नका लागि सुनियोजित रूपमा सैन्य संरचना तथा हतियार भण्डारलाई तारो बनाइरहेको र त्यस्ता संरचना नजिक रहेका नागरिक संरचनाहरू कोल्याटरल ड्यामेजका रूपमा रहेको कुरालाई युक्रेनीहरूले लुकाउने गरेका छन् । 

त्यस झूटो प्रचारबाजीमा उनीहरूलाई पश्चिमी सञ्चारमाध्यम र सामाजिक सञ्जालले समेत सहयोग गरिरहेको स्थिति छ । 

न्युजवीकको हेडलाइन छ: रसियन्स इन प्यानिक मोड ओभर स्ट्राइक्स बाई यूएस सप्लाइड हिमार्स अर्थात् अमेरिकाले दिएको हिमार्सबाट भएको आक्रमणका कारण  आत्तिए रुसीहरू । त्यस्तै सीएनएनको हेडलाइन छ: युक्रेनका अमेरिकी रकेटहरूले रुसलाई पारे समस्यामा । उता टेलिग्राफ लेख्छ: युक्रेनले प्रहार गरेको पश्चिमी रकेटका कारण रुसको हतियार भण्डार रित्तिँदै ।

युक्रेनी प्रचारबाजीलाई सर्लक्क दोहोर्‍याउने पश्चिमी सञ्चारमाध्यमबाट सूचना प्राप्त गरिरहेका अनि आफ्नो बुद्धिविवेक नलगाइरहेका पश्चिमाहरूलाई युक्रेनमा वास्तवमा के भइरहेको हो भन्ने ज्ञानै छैन । त्यसैले उनीहरू युक्रेनले यस युद्धमा खासै क्षति बेहोर्नु नपरेको र हिमार्स आएपछि अब युक्रेन विजयी हुने हल्ला मच्चाइरहेका छन् । 

पश्चिमी सञ्चारमाध्यमका केही हेडलाइनहरूको अध्ययन गर्दा यो झूटो प्रचारबाजीका उदाहरणहरू देख्न पाइन्छ ।

न्युजवीकको हेडलाइन छ: रसियन्स इन प्यानिक मोड ओभर स्ट्राइक्स बाई यूएस सप्लाइड हिमार्स अर्थात् अमेरिकाले दिएको हिमार्सबाट भएको आक्रमणका कारण  आत्तिए रुसीहरू । त्यस्तै सीएनएनको हेडलाइन छ: युक्रेनका अमेरिकी रकेटहरूले रुसलाई पारे समस्यामा । उता टेलिग्राफ लेख्छ: युक्रेनले प्रहार गरेको पश्चिमी रकेटका कारण रुसको हतियार भण्डार रित्तिँदै ।

यी खबरहरू पढ्दा रुसको हतियार गोलीगट्ठा सकिँदै गएको र रुसी सैनिकहरूले अब युक्रेनी सैनिकहरूलाई मार्न नसक्ने स्थिति आएको आभास हुन्छ । यस्तो कमजोर रुसले अब युक्रेनलाई कसरी जित्न सक्ला र भन्ने सोच पश्चिमा पाठक दर्शकहरूमा आउनु स्वाभाविक हुन्छ । 

तर एबीसी न्युज, द न्युयोर्क टाइम्स, ग्लोबल न्युज क्यानडाका हेडलाइनहरू हेर्ने हो भने रुसले युक्रेनमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेको अनि कृष्ण सागरबाट प्रहार गरेको क्षेप्यास्त्र मध्य युक्रेनसम्म पुगेर क्षति पुर्‍याएको खबर पनि पढ्न सकिन्छ । अनि डोनबास क्षेत्रमा लगातार रुस अघि बढिरहेको खबर पनि आइरहेका छन् । कमजोर भएर पछि हट्न रुस बाध्य भएको भए तारन्तार यस्ता आक्रमण कसरी गरिरहेको छ अनि नयाँ शहरहरू कसरी कब्जामा लिइरहेको छ ? 

वास्तविकतालाई ढाकछोप गर्ने पश्चिमी सञ्चारमाध्यमको प्रयास यसरी आफैं उदांगिइरहेको छ । 

वास्तवमा युक्रेनले युद्धको दिशा बदल्न नसकेको भए पनि अमेरिकी हतियार व्यापारीहरूको मुनाफा चाहिँ बढिरहेकै छ । हिमार्सको एक युनिटका लागि हतियार निर्माण कम्पनी लकहीड मार्टिनले लगभग १ करोड २० लाख डलर कमाउने गरेको छ । 

अहिले अमेरिकाले युक्रेनमा आठवटा हिमार्स पठाएको छ भने थप चारवटा पठाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसरी अमेरिकाका सर्वसाधारणहरू महंगीको मारमा परेको भए पनि हतियार कम्पनीका शेयरधनीहरू चाहिँ मालामाल भइरहेका छन् । 

तर युक्रेन युद्धमा हिमार्सको प्रवेशले रुसलाई रणनीतिक दुविधामा पारेको तथ्यलाई चाहिँ स्वीकार गर्नैपर्ने हुन्छ । त्यसो त हिमार्सले नष्ट गरेको भन्दा कैयौं गुणा हातहतियार र गोलीगट्ठा रुससँग छ । तर हिमार्सलाई पत्ता लगाउन र नष्ट गर्न गाह्रो पर्ने भएकाले रुसका लागि यो जोखिमका रूपमा रहेको छ । 

युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेराश्चेन्कोले गत साता एउटा ट्वीट गर्दै रुसको प्रख्यात एस–४०० हवाई प्रतिरक्षा प्रणालीले हिमार्स रकेटलाई रोक्न नसकेको दाबी गरे । एस–४०० हिमार्सका विरुद्ध कसरी विफल भयो भनी उनले विस्तृत विवरण उपलब्ध गराएनन् । तर रुसी सैनिक, उनीहरूको गोलीगट्ठा र इन्धनका गोदामहरू हिमार्स आक्रमणबाट बच्न नसकेको उनको भनाइ छ । 

उता रुसले हिमार्स प्रणालीमा आक्रमण गरेर त्यसलाई तहसनहस बनाइसकेको दाबी गरेको छ । रुसको रक्षा मन्त्रालयले बताएअनुसार, रुसी सशस्त्र बलहरूले प्रहार गरेको लामो दूरीको क्षेप्यास्त्रले हिमार्सको लोन्चर तथा त्यसलाई बोक्ने वाहनलाई ध्वस्त बनाएको छ । यसको विस्तृत विवरण रक्षा मन्त्रालयले उपलब्ध गराएको चाहिँ छैन । 

तर यस दाबीका बावजूद रुसलाई हिमार्स प्रणालीले चिन्ता दिएको संकेत रक्षामन्त्री सर्गे शोइगुको बयानले दिन्छ । अघिल्लो साता अघोषित रूपमा युक्रेन पुगी त्यहाँ लडिरहेको आफ्नो सेनाको भोस्तोक समूहसँग कुरा गर्ने क्रममा शोइगुले रुसका हतियार भण्डारमाथि आक्रमण गर्ने पश्चिमी हतियारलाई खोजेर नष्ट गर्न निर्देशन दिएका छन् । उनले भोस्तोक कमान्डरलाई शत्रुको लामो दूरीको क्षेप्यास्त्र र आर्टिलरी हतियारलाई नष्ट गर्ने कामलाई प्राथमिकता दिन भनेको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तो स्थितिमा रुसका हतियार भण्डारमा लगातार सटीक आक्रमण गर्न युक्रेन सफल भएमा अमेरिका पनि उत्साही भएर थप हिमार्स पठाइरहने सम्भावना बढेको छ । हिमार्स पठाएसँगै गुप्तचर सूचना दिएर पनि अमेरिकाले युक्रेनलाई रुसी तारोमा सटीक आक्रमण गर्न योगदान गरिरहेको तथ्यलाई यहाँ स्मरण गर्नुपर्ने हुन्छ । 

अहिले रुसले युक्रेनमा विशेष सैन्य कारवाही चलाइरहेको भन्ने गरेको छ र औपचारिक रूपमा युद्धको घोषणा गरेकै छैन । तर मस्कोले युद्धको घोषणा गरेछ भने युक्रेनविरुद्ध अहिलेको भन्दा बढी सैन्य स्रोतसाधन उपयोग गर्ने र आफूसँग साझेदारी गर्ने मुलुकहरूलाई पनि युद्धमा संलग्न गराउने सम्भावनालाई नकार्न सकिन्न । 

यस्तो स्थिति रहँदा युक्रेन युद्धले क्रमशः छद्म वा प्रोक्सी युद्धको चरित्र परित्याग गरी अमेरिका र रुसबीचको युद्धमा परिणत हुन थालेको देखिन्छ । यसले रुसलाई युद्ध अहिलेको भन्दा तीव्र बनाउनका लागि प्रेरणा गर्न सक्ने जोखिम छ । 

अहिले रुसले युक्रेनमा विशेष सैन्य कारवाही चलाइरहेको भन्ने गरेको छ र औपचारिक रूपमा युद्धको घोषणा गरेकै छैन । तर मस्कोले युद्धको घोषणा गरेछ भने युक्रेनविरुद्ध अहिलेको भन्दा बढी सैन्य स्रोतसाधन उपयोग गर्ने र आफूसँग साझेदारी गर्ने मुलुकहरूलाई पनि युद्धमा संलग्न गराउने सम्भावनालाई नकार्न सकिन्न । 

युद्धमा आणविक हतियारको कुरा अहिलेलाई नगरौं किनकि रुसले अस्तित्वगत खतरा नै आइपरेछ भने मात्र आणविक हतियार उपयोग गर्ने हो । तर त्यसो भन्दै गर्दा यस विशेष सैन्य कारवाहीमा रुसले आफ्ना बमवर्षक विमानहरूलाई पूर्ण क्षमताका साथ उपयोग नै नगरेको सैन्य विश्लेषकहरू बताउँछन् । 

अनि राजधानी किएभमा बसेर युद्धको रणनीति बनाउने शीर्ष युक्रेनी अधिकारीहरूलाई उसले अहिलेसम्म तारो बनाएकै छैन । युद्ध चर्काएर भयानक आक्रमण गरी युक्रेनलाई तहननहस बनाउने क्षमता रुससँग छ तर उसले आफ्नो सुरक्षा चिन्ता सम्बोधन हुने शर्तमा कूटनीतिक पहललाई खुला राख्नका लागि युद्ध चर्काउन चाहेको देखिँदैन । 

भन्नलाई त रुसका पूर्वराष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का बहालवाला उपाध्यक्ष दिमित्री मेदभेदेभले क्राइमियामाथि युक्रेनले आक्रमण गरेमा सृष्टिको अन्तिम दिन (जजमेन्ट डे) आउने चेतावनी दिएका छन् । 

जे होस्, हिमार्स हतियार प्रणालीले रुसलाई केही चिन्तित तुल्याएको भए पनि युद्धको दिशा बदल्न यो पर्याप्त छैन । रुसलाई युद्ध चर्काउनका लागि युक्रेनले कतिसम्म भड्काउन सक्छ वा अमेरिकाले रुसको कुन हदसम्मको प्रतिक्रियाको आकलन गरेको छ भन्ने कुराले हिमार्सको थप तैनाथी गर्ने नगर्ने निर्णयलाई निर्धारण गर्नेछ । 

युक्रेनलाई हिमार्स आक्रमणको सजाय दिनका लागि रुसले कुनै पनि अवसर नछोड्ने तथ्यलाई भुल्न मिल्दैन । त्यस क्रममा युद्ध चर्किएछ भने त्यसले युक्रेनलाई मात्र नभई समग्र युरोपलाई दावानलमा धकेल्नेछ र त्यसको विश्वव्यापी असर भयानक हुनेछ । 

पढ्नुहोस् यो पनि :

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

आगामी चुनावको टिकट बाँडफाँटको विषयलाई लिएर सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा कलह शुरू भएको छ ।  कांग्रेसको संस्थापन समूहले हेपाहा प्रवृत्ति देखाएको भन्दै संस्थापन इतरपक्ष आन्दोलनमै उत्रिएको...

असोज ६, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले पुनः एकपटक ताइवानमाथि चीनको आक्रमण भएमा अमेरिकाले ताइवानको प्रतिरक्षाका लागि अमेरिकी सैनिक पठाउने बयान दिएका छन् ।  सीबीएस टीभीसँगको अन्तर्वार्तामा आइतवार (१८ सेप्टेम्ब...

असोज ५, २०७९

संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ । प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार...

भदौ ३१, २०७९

उतारचढाव व्यहोरेको नेपालको सातौं संसद् (प्रतिनिधिसभा २०७४/२०७९)ले आफ्नो कार्यकाल पूरा गरेको छ ।  कार्यकालबारे स्पष्ट व्यवस्था नभएकाले नयाँ चुनावका लागि समानुपातिक तर्फको बन्दसूची पेश गर्ने अघिल्लो दिन अर्...

असोज ५, २०७९

युक्रेनको पूर्वी भागमा रुसी नियन्त्रणमा रहेका डोनबासका दुई क्षेत्र र दक्षिणी भागमा रहेका खर्सन तथा जापोरिजा क्षेत्रका रुससमर्थक अधिकारीहरूले जनमतसंग्रह गराउने निर्णय सार्वजनिक गरेपछि पश्चिमविरुद्ध रुसको प्रत्याक्रमण ...

असोज ४, २०७९

अघिल्लो साता एसिया र युरोपको बीचमा रहेको ककेसस क्षेत्रका दुई मुलुकहरूबीच चलेको युद्धमा लगभग ३०० जनाको ज्यान गएको बताइएको छ । कुनै बेलामा सोभियत संघअन्तर्गत रहेका आर्मेनिया र अजरबैजानबीच छोटो अवधिको लडाइ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x