२६ जेठ २०८३, मंगलबार

थप ३९१ जनामा कोरोना पुष्टि, २१ संक्रमित आईसीयूमा

थप ३९१ जनामा कोरोना पुष्टि, २१ संक्रमित आईसीयूमा

पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९८१ जनामा गरिएको परीक्षणमा बुधवार देशभर ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुरमा ९ र काठमाडौंमा १८५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या २ हजार २७६ रहेको छ । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार २७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं जिल्लामा ५०० बढी संक्रमित रहेका पाइएको मन्त्रालयले जनाएको छ ।

हाल होम आइसोलेसनमा २ हजार १४३, संस्थागत आइसोलेसनमा १३३ र सघन उपचार कक्ष (आईसीयू)मा २१ जनाको उपचार भइरहेको छ । 

विगत २४ घण्टामा १ लाख २१ हजार ५१५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्