×

X
Nic Asia
Marvel
Khukuri

कल सेन्टरभित्रको धन्दा : यसरी खुल्यो चिठ्ठा परेको भन्दै ठगी गर्नेहरूको पोल

बुटवल | साउन ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रूपन्देहीमा कल सेन्टरको आवरणमा ठगी धन्दा हुने गरेको खुलेको छ । 

DHARA
LAxmi BAnk

तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरस्थित ब्लू स्काई कल सेन्टर स्थापना गरी त्यहाँबाट ठगी गर्ने गिरोहको ‘नेटवर्क’ सम्म प्रहरी पुग्न सफल भएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जिल्ला प्रहरी कार्यालय, रूपन्देही प्रमुख एसपी रवीन्द्र रेग्मीले नेपालमा कल सेन्टर स्थापना गरी भारतमा ठगी धन्दा गर्ने नेटवर्क रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । 

तर, नियन्त्रणमा नेटवर्कबाट कहाँ–कहाँ ठगी धन्दा र ‘ब्ल्याकमेलिङ’  भइरहेको भन्नेमा अनुसन्धान भइरहेको एसपी रेग्मीको भनाइ छ । 


Advertisment
Bizbazar
Saurya island

उनीहरूले मुख्य गरेर इन्टरनेटबाट व्यक्तिको विस्तृत विवरण पहिचान गर्ने र उनीहरूको कम्प्युटरमा सन्देश पठाउने गरेको देखिन्छ । 

कल सेन्टरका १ जना भारतीय नागरिक सहित ९ जना सञ्चालक र त्यहाँ काम गर्ने १५० जनाभन्दा बढी किशोर/किशोरीलाई आइतवार नियन्त्रणमा लिएको जानकारी एसपी रेग्मीले जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS

हालसम्म प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा प्रमुख निशानामा भारतीय नागरिक देखिएको उनको भनाइ छ ।

‘सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ,’ एसपी रेग्मीले भने, ‘त्यसको प्रमुख नाइके भारतीय र अन्य केही नेपालीहरू पनि रहेको बुझिएको छ ।’ 

४ तल्लाको घरमा ३ वटा ‘फ्ल्याट’ भाडामा लिएर ३०० कम्प्युटर राखेर त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाइने गरेको खुलेको प्रहरीले जनाएको छ । 

बेरोजगार युवाहरूलाई जब लिंक रहेको जानकारी दिन उनीहरुलाई काममा लगाइएको थियो । उनीहरूलाई मासिक १० हजारदेखि ४० हजारसम्म तलब दिने गरेको पक्राउ परेकाहरूले बताएका छन् । 

उनीहरूले ह्वाटसपमार्फत फोन गर्ने । फोनबाट त्यसबाट फोन गर्ने व्यक्तिको डिटेल लिने र व्यक्तिको उसको फोटा ‘नेगलेट’ अश्लिल बनाउने र हवाटसपमार्फत तानेका नम्बरमा आफन्तलाई पठाइदिएर पैसाको मोलमोलाइ गर्ने बुझिएको छ । 

उक्त कल सेन्टर लामो समयदेखि सञ्चालनमा रहेको बुझिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, सो कलसेन्टरबाट नेपालीहरू भने पीडित भएको पाइएको छैन ।  

प्रहरी अन्य विस्तृत अनुसन्धानको लागि सबै क्षेत्रमा परिचालित भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने लगभग पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सहमतिनजिक पुगेको हो । दुई दलबीच सहमतिको...

असोज २०, २०७९

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ ।   महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलि...

असोज २०, २०७९

के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ? मनोनयनपत्र...

असोज २०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेको छ । बैठकले कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिनेछ । निर्...

असोज २०, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ । आसन्न चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिँदै नेकपा एमालेसँग नजिकिएको छ । जसपा उच्...

असोज २०, २०७९

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीवार विहान नारायणघाटबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६&ndash...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x