
काठमाडौं– नेपाल प्रहरीका ९ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज समय अवधि पुगेका ठाउँमा काज सरूवा गरेको हो ।
प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, होविन्द्र बोगटी जिल्ला प्रहरी कार्यालय बारा, बामदेव गौतम मकवानपुर, बीरबहादुर बुढा रौतहट, दिलिप घिमिरे डोटी, विश्व अधिकारी यूएन शाखा र इन्टरपोलमा अनुमप शमशेर जबराको सरूवा भएको छ ।