×

X
Nic Asia
Marvel
Khukuri

गल्ती दोहोर्‍याउने छुट कसैलाई छैनः एमाले अध्यक्ष ओली

काठमाडाैं | साउन १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने बताए । 

DHARA
LAxmi BAnk

अध्यक्ष ओलीले संघीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको चेतावनी दिएका हुन् । उनले ठट्टा गर्दै भने, ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उनले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गरे । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नुपर्ने र दोहोर्‍याएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले बिहीवार कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा हाँसो, व्यंग, सद्भाव मिश्रित सवालजवाफहरू समय समयमा चलिरहन्छ ।  बुधवार डा.भट्ट...

असोज १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहालल...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादशैंको ग्रहण गरेका छन् । ओली दशैंका बेला झापामा छन् । उनले आफ्नो निवासमै बुवाको हातबाट टीका लगाएका हुन् । ओली...

असोज १९, २०७९

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका ...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएको उनको सचिवालयले जनाएको ...

असोज १९, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवारका साथमा दशैंको टिका लगाएका छन् । उनले तनहुँमा रहेको आफ्नै निवासमा दशैं मनाएका हुन् ।  उनले सामाजिक सञ्जाल ट्वीटरमा दशैंको टिका लगाएको तस्वीर ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x