साउन २९, २०७९
दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ । सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...
काठमाडाैं | साउन १३, २०७९
यो हप्ता अमेरिकामाथि मडारिएको चीनको छायाँ राम्रैसँग देखिएको छ ।
बिहीवार अमेरिका र चीनका राष्ट्रपतिहरूले दुई घन्टाभन्दा लामो फोनवार्ता गर्नुअघि नै त्यो छायाँ देखिएको थियो । उक्त फोनवार्तामा चीनका राष्ट्रपति सी चिनपिङले अमेरिकी समकक्षी जो बाइडनलाई ताइवानको विषयमा चेतावनी दिँदै भने, ‘आगोसँग खेल्नुभयो भने डढ्नुहुनेछ ।’
तनावका आधार
अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गर्न खोजेपछि चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । दुई करोड ४० लाख मानिस बस्ने ताइवान टापुलाई चीनले आफ्नै भूभाग मान्ने गरेको छ भने त्यहाँ लामो समयदेखि पश्चिमको जस्तो लोकतान्त्रिक शासन प्रणाली छ ।
अमेरिकी अधिकारीहरूले पलोसीलाई उक्त भ्रमणले निम्त्याउने जोखिमका बारेमा चेतावनी दिएका छन् । त्यस भ्रमणले चीनलाई ताइवानमा थप कारवाही गर्न उक्साउने उनीहरूको भनाइ छ ।
पलोसीले ताइवान भ्रमण गर्ने निश्चित छैन । उनले उक्त भ्रमण गरिन् भने सन् १९९७ मा तत्कालीन सभामुख न्युट गिनग्रिचपछि ताइवान पुग्ने सर्वोच्च अमेरिकी अधिकारी उनै हुनेछिन् ।
यसैबीच अमेरिकी जलसेनाले दक्षिण चीन सागरमा आफ्ना जहाज पुनः तैनाथी गरेको छ । पलोसीको सम्भावित भ्रमणको पृष्ठभूमिमा अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस रोनल्ड रेगन र त्यससँगै रहने स्ट्राइक ग्रुप सिंगापुर तटबाट फर्केको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
ताइवानका विषयमा चीन बढी आक्रामक बन्दै गएको छ । बाइडन र सीबीच चलेको वार्ताका विषयमा सीएनएनका केभिन लिपट्याकले गरेको रिपोर्टिङमा उल्लेख भएअनुसार, दुई देशबीच ताइवान प्रमुख विवादको विषय बनेको छ । अमेरिकी अधिकारीहरूले ताइवानमा चिनियाँहरूको कारवाही हुन लागेको डर मानेका छन् ।
गत मे महिनामा एसियामा हुँदा बाइडनले ताइवानमा चीनको आक्रमण भएमा अमेरिकाले सैन्य जवाफ फर्काउने बताएका थिए । अमेरिकाले गोप्य राख्न खोजेको नीतिलाई बाइडनले त्यतिखेर अभिव्यक्त गरेको मानिएको थियो ।
अमेरिकाले आधिकारिक रूपमा ताइवान सरकारलाई मान्यता नदिएको भए पनि ताइवानलाई उसले रक्षात्मक हतियार बेच्ने गरेको छ । लामो समयदेखि ताइवानका विषयमा अमेरिकाले रणनीतिक दुविधाको नीति लिएको छ ।
चीनको आक्रमण भएको खण्डमा ताइवानको प्रतिरक्षा गर्ने विषयमा अमेरिकाले आफ्नो स्पष्ट अडान नराख्ने उक्त नीतिको सार हो । तर बाइडनको भनाइबाट उक्त नीति अमेरिकाले परित्याग गर्न खोजेको संकेत पाइन्छ ।
प्राविधिक गुप्तचरी
चीनले अमेरिकी प्रविधिमाथि गुप्तचरी गरिरहेको विषयमा चेतावनी दिइएको छ । वाशिङटन डीसीमा रहेको नेसनल आर्बोरेटमस्थित एउटा बगैंचाको विकासमा चीन सरकारले लगानी गर्ने योजना बनाएको थियो तर त्यो तुहियो । चीनले त्यसमार्फत अमेरिकाको आणविक हतियारसम्बन्धी सञ्चारलाई अवरोध गर्न सक्ने भनी अमेरिकी अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए ।
चीन सरकारले नाटकीय रूपमा गुप्तचरी गतिविधि बढाएको चेतावनी अमेरिकी अधिकारीहरूले दिएका छन् ।
आर्थिक स्वतन्त्रता
अमेरिकाले सेमीकन्डक्टर क्षेत्रमा स्वतन्त्रता खोजिरहेको छ । अमेरिकामा सेमीकन्डक्टरहरूको उत्पादनलाई सहज बनाउने गरी छुट दिने विषयमा अमेरिकाका दुवै प्रमुख दलहरू सहमत भएका छन् । चीनमा रहेको आपूर्ति शृंखलाबाट स्वतन्त्र रही अमेरिकी प्राविधिक क्षेत्र स्वायत्त रूपमा सञ्चालनमा आउनुपर्ने र उत्पादन गर्नुपर्ने तत्त्वज्ञान अमेरिकीहरूले पाएका छन् ।
सेमीकन्डक्टर सम्बन्धी विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्समा दुवै दलको समर्थनमा पारित भएको छ र राष्ट्रपति बाइडनले त्यसमा हस्ताक्षर गर्न मात्र बाँकी छ ।
‘चीनले उत्पादन रोक्ने वा ताइवानलाई चिप निर्यात गर्न वा बनाउन नदिने निर्णय लिएमा हामी गम्भीर आर्थिक र राष्ट्रिय सुरक्षा समस्यामा पर्नेछौं,’ बाइडनले मंगलवार ह्वाइट हाउसमा बताए । यो विधेयक पारित गर्न बाइडनले निकै जोडबल लगाएका थिए ।
नवीकरणीय ऊर्जा स्वतन्त्रतामा जोड
सेमीकन्डक्टर विधेयक पारित नहुन्जेलसम्म डेमोक्रेटहरूले अर्को एक विधेयकको बारेमा घोषणा गरेका थिएनन् । तर अहिले उनीहरूले फरक र बृहत् विधेयकको विषयमा घोषणा गरेका छन् । यस विधेयकलाई उनीहरू रिपब्लिकनहरूको सहयोग नलिइकनै पारित गर्न खोज्दैछन् ।
बुधवार सिनेटका डेमोक्रेटहरूले स्वास्थ्य सेवा र जलवायु परिवर्तन विधेयकमा सम्झौता भएको घोषणा गरेका छन् । यसमार्फत उनीहरू अमेरिकालाई नवीकरणीय ऊर्जाको क्षेत्रमा चीनको नियन्त्रणमा रहेका सामग्रीमा निर्भर नरही स्वतन्त्र बनाउन चाहन्छन् ।
लामो समयदेखि विधेयकको विरोध गरिरहेका पश्चिम भर्जिनियाका सिनेटर जो मान्चिनले अन्ततोगत्वा सहमति जनाएपछि यो ‘डील’ सम्भव बनेको हो । मान्चिनले आफ्नो गृहराज्यमा एक रेडियोसँग कुरा गर्दै यस विधेयकले अमेरिकालाई विद्युतीय कारका लागि ब्याट्री बनाउन सहयोग गर्ने बताए ।
‘हामी आफू अनि क्यानडा, अस्ट्रेलिया र अन्य मैत्रीपूर्ण राज्यमा निर्भर रहन चाहन्छौं भने कपटी मुलुक तथा हामीलाई हानि पुर्याउने वा पुर्याउन चाहने मुलुकमा निर्भर रहँदैनौं,’ उनले बताए ।
ट्रम्पले चीनविरुद्ध लगाएको आयातशुल्क हटाइन सक्ने
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले चीनविरुद्ध लगाएको आयातशुल्क नहटाउनु बाइडनको आर्थिक नीतिको पहेली हो ।
बाइडनले यस विषयमा सोचविचार गरिरहेको बताइन्छ तर सीसँग उनले गरेको कुराकानीमा यो कुरा नउठेको देखिन्छ । आयातशुल्क नलाउने निर्णय राजनीतिक रूपमा अलोकप्रिय भए पनि यसले सामान्य अमेरिकीहरूलाई सताइरहेको महंगीको समस्या अलिकति भए पनि हलुका बनाउन सहयोग गर्नेछ ।
चीनसँग व्यवहार गर्नका लागि अमेरिकी सरकारले मात्र संघर्ष गरिरहेको छैन । चीन अहिले पनि धेरै सामानहरूको उत्पादक हो । आईफोन पनि त्यसमा पर्छ । एप्पल जस्ता बहुराष्ट्रिय कम्पनीलाई चीन छोडेर अन्यत्र जान गाह्रो परिरहेको छ ।
सीएनएनका ऋषि ऐयंगरले एप्पलका सीईओ टिम कूकको चेतावनीलाई आफ्नो सामग्रीमा उल्लेख गरेको छ । चीनले कोभिड १९ संक्रमण रोक्नका लागि अपनाएको कठोर उपायका कारण आपूर्ति शृंखलामा देखिएको समस्याका कारण एप्पलले सन् २०२२ को चौथो त्रैमासिकमा ८ अर्ब डलरको घाटा बेहोर्नुपर्ने हुन सक्ने चेतावनी कूकले दिएका छन् ।
‘प्रविधि कम्पनीहरूले चीनबाहिर उत्पादन गर्न खोजिरहेकोमा शंका छैन । उनीहरू आपूर्ति शृंखलामा लगातार अवरोधको जोखिमलाई बेहोर्न सक्दैनन् र ग्राहकहरूलाई सेवा दिने विषयमा आफ्नो नियन्त्रण बलियो हुनुपर्ने इच्छा राख्छन्,’ एलएमए कन्सल्टिङ ग्रुप नामक आपूर्ति शृंखला कम्पनीकी सीईओ लिसा एन्डरसन बताउँछिन् ।
‘त्यसो भनिरहँदा चीनको जस्तो व्यापक उत्पादनलाई सहजै अन्यत्र लग्न सकिँदैन । त्यसैले यसको विकल्प तयार पार्न समय लाग्छ र त्यसमा लगानी पनि आवश्यक छ,’ उनले थपिन् ।
ताइवान विवाद चर्किएमा आर्थिक र कूटनीतिक विषयहरू दुवै जोखिममा पर्नेछन् । रुसले युक्रेनविरुद्ध चलाएको युद्धले भन्दा ताइवान संकटले विश्व अर्थतन्त्रलाई थप कमजोर बनाउनेछ ।
(सीएनएनमा प्रकाशित जाकरी बी वुल्फको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।)
दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ । सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छिन् । संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरण भएर राष्ट्रपतिकोमा पठाइएका विधेयक फिर्ता गर्ने द...
रुस र चीन जस्ता निकट समकक्षी प्रतिस्पर्धीहरूबाट आफ्नो तथा आफ्ना साझेदारहरूको सुरक्षामा जोखिम पुगेको अनुभव गर्दै अमेरिकाले आणविक हतियारसम्बन्धी नीतिमा परिवर्तन गर्न खोजेको छ । गत साता आणविक हतियारको निग...
भारतले सोमवार अर्थात् १५ अगस्टमा स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएको भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ । लगभग ३० खर्ब डलर बराबरको अर्थतन्त्रका ...
राष्ट्रपतिले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । संसदीय समितिमा छलफल भएर संसद्मा आइपुगेको विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता व...
तालिबानले अफगानिस्तानमा दोस्रोपटक शासन चलाउन थालेको एक वर्ष पूरा भएको छ । सन् २०२१ अगस्ट १५ मा अमेरिकी गुप्तचर निकायहरूको आकलनलाई झूटो साबित गर्दै तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानमा छँदाछँदै राजधा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...