×

NMB BANK
NIC ASIA

आन्तरिक समस्या समाधान गर्न एमालेको लुम्बिनी प्रदेशस्तरीय कार्यशाला शुरू

साउन १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रवारदेखि बुटवलमा शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याको समाधानमा गर्न कार्यशाला आयोजना गरिएको हो । कार्यशालाले आउँदो निर्वाचन केन्द्रित कार्यक्रमको योजना बनाउने, संगठनले गर्ने कामको योजना बनाउने केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीभित्र देखिएका समस्या र तिनको समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए । उनले पार्टीमा अध्ययनमा उदासिनता देखिएको, आत्मकेन्द्रित चिन्तन प्रवृत्तिको विकास भइरहेको, निर्देशन–बुझाई र कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

स्थानीय तहको निर्वाचनमा भएका घात–प्रतिघात, त्यसबाट लिनुपर्ने शिक्षा, संस्कार–संस्कृति र कार्यशैली तथा आगामी दिनमा गर्नुपर्ने कामको बारेमा पनि जानकारी उनले गराए । 

Vianet communication
Laxmi Bank

सो अवसरमा पार्टी केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारीले वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपले सवल र सुदृढ, भावनात्मक रूपमा एकतावद्द, जनतासँग घनिष्ठ सम्बन्ध बढाउनु तथा शैलीगत रूपमा जनमुखी हुनुपर्ने विचार राखेका थिए ।

कार्यशालामा प्रस्तुत कार्यपत्रमाथि आधारित भएर पाँचवटा समूह बनाएर छलफल गर्ने र दोस्रो दिन प्रस्तुत गर्ने योजना रहेको छ । 

कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सबै जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, सहइन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए । 

शनिवार हुने कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षण दिनेछन् । प्रदेश कमिटीले साथै यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसमा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोलस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताए । कँडेलले पहिले पार्टीको संगठनात्मक संरचनाबारे तयारी गरेपछि प्रदेशस्तरको प्रशिक्षण गर्न लागिएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x