असोज ७, २०८०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दश दशमलव ३५ अङ्कमा पुगेको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर...
साउन १३, २०७९
चन्द्रागिरी हिल्स लिमिटेडले शुक्रवार बिहान पत्रकार सम्मेलन आयोजना गर्यो । पत्रकार सम्मेलनमा लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा अनुभव ‘शेयर’ गरे ।
पत्रकारहरूलाई सम्बोधन गर्दै उनले आफूले हालै मात्र युरोप भ्रमण गरेको सुनाए । पत्रकार सम्मेलनमा उनले युरोपमा केवलकार यात्राको अनुभव ‘शेयरिङ’ गरे ।
केवलकार यात्राकै दौरान त्यहाँ सेवा अवरुद्ध भएको र आफ्नै गतिमा दौडिरहेको केवलकार एकाएक रोकिन पुगेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले सुनाए, ‘अघिल्लो हप्ता म लण्डन गएको थिएँ । लण्डनबाट स्वीजरल्याण्ड गएँ । त्यहाँ केवलकार हेर्ने क्रममा केवलकारमै यात्रा शुरू गरेको थिएँ, त्यहाँ पनि केवलकार रोकियो ।’
हालै मात्र विभिन्न समयमा चन्द्रागिरी हिल्सको केवलकार सञ्चालनका क्रममा रोकिन पुगेको थियो । सोही प्रसङ्ग सुनाउँदै अध्यक्ष ढकालले आफूले युरोपमा पनि केवलकार रोकिएको ‘फेस’ गरेको सुनाए ।
उनले थप्दै भने, ‘त्यही टाइममा एसएसपी दिनेश मैनाली जीले फोन गर्नुभएको थियो । मैले उहाँलाई भनेको थिएँ – हाम्रो अस्तितिर केवलकार रोकिएको थियो, एक किसिमको हंगामा नै भएको थियो । यहाँ अहिले म चढेको केवलकार रोकिएको छ ।’
केही समयमा केवलकारमा आएको प्राविधिक समस्या समाधान भएको र आफूहरू सुरक्षित तल झरेको उनले बताए ।
... ...
चन्द्रागिरी हिल्समा केही समयअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित चढेको केवलकार बीचमा एकाएक रोकिन पुगेको थियो । त्यसअघि पनि एकपटक केवलकार रोकिएको खबर ‘सनसनीपूर्ण’ बनेको थियो ।
२.५ किलोमिटर दूरीमा सञ्चालन हुने केवलकार यात्राको क्रममा रोकिएपछि यसले यात्रुलाई ‘त्रास’ नै उत्पन्न गराएको थियो । ९ मिनेटमा ‘टप स्टेसन’मा पुगिने केवलकार यात्राका क्रममा केहीबेर रोकिन पुगेपछि गुनासो समेत बढ्न थालेको छ ।
सामाजिक सञ्जालमा समेत गुनासाहरू आउन थालेपछि कम्पनीले यसबारे प्राविधिक रूपमा समेत स्पष्ट पार्न शुक्रवार पत्रकार सम्मेलन आयोजना गरेको जनाएको छ ।
केवलकार त्यसरी बीचमा रोकिए पनि केवलकार चढ्न जानेहरूले एक किसिमको चिन्ता व्यक्त गर्न थालेपछि चन्द्रागिरी हिल्सले शुक्रवार केवलकारको प्राविधिक विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको अध्यक्ष ढकालले बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढकालले एक केवलकारमा समस्या आउँदा विश्वभर रहेका करीब २० हजार केवलकार परियोजनालाई असर पर्न सक्ने समेत सुनाए । यद्यपि प्राविधिक विषय भएकाले प्राविधिक समस्या समय–समयमा देखा पर्नु स्वाभाविक भएको उनको दाबी थियो ।
अध्यक्ष ढकालले कम्पनीले केवलकारबारे प्राविधिक रूपमा समेत जनमानसमा पर्याप्त जानकारी दिन नसक्दा जनमानसले शंका गरेको सुनाए ।
‘एक किसिमको अवायरनेश हामीले दिनुपर्ने थियो तर पर्याप्त दिन सकेनौं भन्ने लाग्यो,’ उनले भने ।
‘शतप्रतिशत सुरक्षित’
सञ्चालनका क्रममा पटक–पटक केवलकार रोकिए पनि त्यहाँ असुरक्षित नहुने अध्यक्ष ढकालको दाबी छ । उनले कुनै पनि यात्रुले केवलकारमा असुरक्षित महसूस गर्नु नपर्ने बताए ।
‘प्राविधिक रूपमा समस्या आउन सक्छन्, त्यो स्वाभाविक हो आउँछन्,’ उनले भने, ‘समस्या समस्याको प्रकृतिअनुसार ढिलोचाँडो समाधान हुन्छ तर कोही पनि यात्रु असुरक्षित हुँदैनन् ।’
पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले आफूहरूले पर्याप्त सूचना नदिँदा जनमानसमा द्विविधा उत्पन्न भएको सुनाए । उनले केवलकार विद्युत्, जेनेरेटर र इमर्जेन्सी ड्राइभ प्रविधिबाट सञ्चालन भइरहेको बताए ।
विद्युत् उपलब्ध हुँदासम्म विद्युत्बाट, विद्युत् उपलब्ध नहुँदा जेनेरेटरबाट र जेनेरेटर पनि नचल्दा इमर्जेन्सी ड्राइभबाट पनि चलाइने उनले जानकारी दिए ।
‘राष्ट्रिय सभाका अध्यक्षज्यू आएको बेलामा पनि रोकिएको थियो तर तुरुन्तै समस्या समाधान भएको थियो,’ उनले भने, ‘यस्तो समस्या क्रमशः आउन चाहिँ सक्छ तर त्यो तुरुन्तै शटआउट हुन्छ । यदि त्यस्तो अवस्था भएन भने इमर्जेन्सी ड्राइभको माध्यमबाट माथि रोकिएका व्यक्तिलाई ल्याण्ड गराउने व्यवस्था छ, त्यो हन्ड्रेड प्रतिशत सेफ्टी हुन्छ ।’
‘प्राविधिक समस्या आउँदा आत्तिनुपर्दैन’
पत्रकार सम्मेलनमा कम्पनीका इलेक्ट्रिकल इन्जिनीयर सरोज चापागाईंले केवलकारको प्राविधिक अवस्थाबारे जानकारी दिएका थिए ।
प्रविधिको समस्या जुन समय वा जस्तो अवस्थामा पनि आउन सक्ने भन्दै उनले यसको समाधान पनि हुने उल्लेख गरे ।
उनका अनुसार कम्पनीले दैनिक केवलकारको परीक्षणका रूपमा सञ्चालन गरेको हुन्छ । समस्या केही नरहोस् भन्ने हेतुले बिहानको शुरूआतमा परीक्षण सञ्चालन (टेस्ट अन) गर्ने गरेको उनले बताए ।
समस्या आइहालेमा पनि समस्याको पहिचान गरी तत्कालै यात्रुहरूलाई सुरक्षित उद्धार गरिने भएकाले आत्तिनु नपर्ने उनले स्पष्ट पारे । उनले भने, ‘हामीले अस्ट्रियाको डोपलमेयर टेक्नोलोजीको केवलकार प्रयोग गरेका छौं । यो विश्वकै उत्कृष्ट प्रविधि हो । यसमा यात्रु शतप्रतिशत सुरक्षित हुन्छन् । आत्तिनुपर्ने अवस्था हुँदैन ।’
कार्यक्रममा कम्पनीका संस्थापक सदस्य अम्बिकाप्रसाद पौडेलले विश्वको सबैभन्दा उत्तम प्रविधि प्रयोग गरिएकाले केवलकारमा शतप्रतिशत सुरक्षित हुने बताए ।
कस्तो अवस्थामा रोकिन्छ केवलकार ?
कम्पनीका इलेक्ट्रिकल इन्जिनीयर चापागाईंका अनुसार केवलकार सञ्चालनको समयमा कुन बेला रोकिन्छ वा समस्या देखापर्छ भन्ने भन्न सकिने अवस्था हुँदैन । यद्यपि त्यसको केही अवस्था भने हुन्छ ।
उनका अनुसार केवलकार पूर्ण रूपमा अटोमेटेड हुन्छ अर्थात् केवलकारको सबै प्रणालीहरू स्वचालित हुन्छन् । त्यहाँ हरेक कुरा ‘सेन्सर’ले नियन्त्रण गर्दछ ।
केवलकारको टावरमा राखिएको सेन्सरले सञ्चालनका सबै प्रक्रियामा सहभागी भई नियन्त्रणको काम गर्ने चापागाईं बताउँछन् । लोकान्तरसँग उनले भने, ‘अटोमेटिक रूपमा सेन्सरले केवलकारमा काम गर्छ, जसकारण सामान्य समस्या आउँदा पनि केवलकार रोकिने हुन्छ ।’
जस्तो कि केवलकार सञ्चालनका क्रममा राम्रोसँग केवलकारको ढोका नलागेको अवस्था छ भने पनि सेन्सरले सञ्चालन रोकिदिन्छ । एउटा केवलकार रोकिँदा सबै केवलकार चल्न रोकिन्छन् । विद्युत् गएमा, जेनेरेटरमा समस्या आएमा पनि केवलकार रोकिने समस्या आउँछ तर यी समस्याबाट यात्रुले आत्तिनुपर्ने वा असुरक्षित महसूस गर्नुपर्ने अवस्था नहुने उनले बताए ।
उनी भन्छन्, ‘हामी दाबीका साथ भन्न सक्छौं, हामीले प्रयोग गरेको प्रविधिको केवलकार यात्रा हन्ड्रेड प्रतिशत सुरक्षित रहन्छ । यात्रुलाई कुनै किसिमको असुरक्षा हुँदैन ।’
‘यात्रु अलपत्र पर्दैनन्’
चन्द्रागिरी हिल्सले केवलकार सञ्चालनका क्रममा रोकिन पुगेर यात्रु अलपत्र पर्ने अवस्था नआउने समेत स्पष्ट पारेको छ ।
कम्पनीका अध्यक्ष ढकालले केवलकारको टप स्टेसनमा रहेका यात्रुहरू प्राविधिक कारणले केवलकारबाट तल फर्कन नपाएको अवस्थामा विभिन्न विकल्पहरू दिइने बताए ।
उनका अनुसार कम्पनीले केवलकारको टप स्टेसन अर्थात् भालेश्वर महादेवको मन्दिर परिसरमा रेस्टुरेन्ट तथा आवासको व्यवस्था गरेको छ । केही गरी केवलकारमा समस्या आएमा यात्रुहरूलाई कम्पनीले निःशुल्क रूपमा खाना तथा बस्ने व्यवस्था मिलाउने गरेको ढकालले बताए ।
‘४ बजेदेखि यो केवलकार बन्द भयो र यो इमर्जेन्सी ड्राइभबाट केवलकारमा भएको मानिसलाई तल ल्याण्ड गरियो तर माथि भएको मानिसलाई के होला त भन्ने अवस्था आउन सक्छ,’ अध्यक्ष ढकालले भने, ‘त्यसमा हामीले टप स्टेसनमा रेस्टुरेन्ट, बस्ने व्यवस्था गरेका छौं । बस्न मिल्ने यात्रुहरूलाई निःशुल्क त्यहाँ खाना तथा आवासको व्यवस्था हुन्छ ।’
उनले तत्कालै फर्कनुपर्ने यात्रुहरूलाई पनि गाडीको रूट हुँदै आफ्नै गाडीमा कम्पनीले ‘बेस स्टेसन’सम्म लगिदिने गरेको बताए । उनले भने, ‘हामीले यात्रुहरूको सुरक्षा र सेवालाई हरदम प्राथमिकतामा राखेका छौं, कोही पनि यात्रु असुरक्षित तथा अलपत्र पर्नुपर्ने अवस्था रहँदैन ।’
राति ९ बजेसम्म चल्छ केवलकार
पछिल्ला दिनहरूमा चन्द्रागिरी केवलकार सञ्चालनको समय थप गरिएको छ । विगतका साँझ ५ बजेसम्ममा मात्रै केवलकार सञ्चालन गरिँदै आएकोमा कम्पनीले अहिले राति ९ बजेसम्म समय थप गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
चन्द्रागिरी हिल्सले यात्रुले साँझ पनि केवलकार चढ्ने इच्छा राख्ने गरेको पाइएकाले समय थप गरिएको बताए । गत साउन १ गतेदेखि राति ९ बजेसम्म केवलकार सञ्चालन हुने गरेको उनको भनाइ छ ।
कम्पनीले साउन १ गतेदेखि बिहान ८ बजेदेखि राति ९ बजेसम्म केवलकार सञ्चालन गर्ने गरेको जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दश दशमलव ३५ अङ्कमा पुगेको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर...
'नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरूको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरूले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबा...
ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको क्यासब्याक अफरमा पहिलोपटक ग्लोब...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिद...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...
नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...