×

NMB BANK
NIC ASIA

चौराहा–गोलपार्क सडकको काम अलपत्र पारेपछि ठेक्का तोड्ने चेतावनी

साउन १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको मुख्य बजार क्षेत्र (राजमार्ग चौराहा–गोलपार्क) को सडकको काम ठेकेदार कम्पनीले अलपत्र पारेपछि सडक विस्तार आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको छ ।

Muktinath Bank

निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि सडक निर्माणको काम सम्पन्न नभएको भन्दै बेलहिया–बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने बताएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि गत असार ३० गते सकिएको छ ।


Advertisment
Nabil box
Kumari

शुक्रवार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएको र बाह्य समस्या विना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको छ ।

Vianet communication
Laxmi Bank

आयोजना प्रमुख दीपककुमार झाले ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दा समेत सन्तोषजनक कार्यप्रगति नभएको बताए । सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का किन अन्त्य नगर्ने भन्दै उनले सूचना प्रकाशित गरेको जानकारी दिए ।

‘ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मनासिब कारण भए ७ दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनेका छौं । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सीओसी तथा प्रचलित ऐन–नियमअनुसार कानूनी कारबाही अगाडि बढाउने तयारी छ,’ आयोजना प्रमुख झाले भने ।

आयोजनाले ३ वटा ठेक्का तोड्ने गरी प्रक्रिया शुरू गरेको छ । बिरुवा कन्सट्रक्सन प्रालि मध्यबानेश्वर काठमाडौंले लिएको ठेक्का टीआरआईपी/३३७३१२४/बिबि/०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नम्बर  टीआरआईपी/३३७३१२४/बीबी ०७१/०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्यबानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नम्बर टीआरआईपी/३३७३१२४/बीबी ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी ३ वटा ठेक्का बेलहिया, पड्सरी र बुटवलका हुन् ।

बुटवलको मुख्य बजार क्षेत्रको सडक बेहाल हुँदा वर्षाैंदेखि सर्वसाधारणले समस्या खेप्दै आएका छन् । यो सडक साढे ३ किलोमिटर छ । चौराहा–गोलपार्क सडक खण्डमा नाली निर्माणको काम अहिले पनि चलिरहेको इन्जिनीयर सविता ज्ञवालीले बताइन् ।

स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सीओसी तथा प्रचलित ऐन–नियमअनुसार कानूनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ । २०७३ चैत १७ गते ठेक्का सम्झौता भई २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले समय अदालती उल्झनमै बितेको थियो ।

सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर २०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको हो । ५३ करोड ९७ लाख सडक निर्माणको ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोडभन्दा बढी रकम भुक्तानी लगिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x