असोज ९, २०८०
नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ । जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन नमान्ने उद्घोष गरेका छन् ।
शनिवार युवासंघको केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले अल्पमत र बहुमतका आधारमा तयार पारिएको प्रतिवेदन आफूहरूलाई मान्य नभएको बताएका हुन् । उनले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाउँदै अल्पमत र बहुमत गरेरै पारित गरिएको प्रतिवेदन मान्न नसकिने बताए ।
‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ–हुन्न भनेर रिपोर्ट ल्याउने ?,’ ओलीले प्रश्न गरे, ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न ।’ छानबिन समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएको ओलीको आरोप छ ।
सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उनले समितिप्रति आक्रोश व्यक्त गरे । २२ असारमा गठन भएको ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको ओलीको भनाइ थियो ।
‘बजेट निर्माण गर्दा देशमारा काम भएको छ, ढुकुटीमारा काम र अनैतिक आपराधिक काम भएकै हो’ ओलीले भने, ‘निष्पक्ष छानबिन गर्न सरकारले चाहेन’, उनले भने ।
चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो दिन बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दायरा परिवर्तन गरिएको आरोप लागेपछि प्रतिनिधि सभाले संसदीय विशेष समिति गठन गरेको थियो ।
उक्त समितिमा नेकपा एमालेका तर्फबाट चार जना, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २÷२ जना तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका १÷१ जना सदस्य थिए ।
समितिले शुक्रवार छानविन प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेको थियो । छानविन समितिले अनधिकृत व्यक्तिको प्रवेश भएको पुष्टि नभएको प्रतिवेदन तयार पारेको थियो । तर, प्रतिवेदनमा एमालेका सांसदहरूले भने फरक मत राखेका थिए ।
नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ । जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता ...
नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा भोलि बिहान ८ बजेदेखि निर्वाचनका कार्यक्रम शुरू हुने भएका छन् । बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि अब भोलिका लागि निर्वाचन कार्यक्रम तय भएको निर्वाच...
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा रा...
काठमाडौं महानगरपालिका र अभियन्ता ‘ई’बीचको वार्ता मंगलवार दिउँसो जारी छ । महानगरको वार्ता टोली र अभियन्ता ‘ई’को तर्फबाट अधिवक्ता सञ्जय अधिकारी नेतृत्वको टोलीबीच राष्ट्रिय सभागृ...
आन्दोलनरत फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडिकाे सडकमा सुतेका छन् । यस्तै ‘ई’को आन्दोलनमा समेत समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू सडकमा सुतेका ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...