माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
साउन १५, २०७९
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गर्न लागेपछि उक्त क्षेत्रमा तनाव उच्च तहमा पुगेको छ ।
शुक्रवार एसिया भ्रमणका लागि निस्केकी पलोसीले ताइवान जाने नजाने विषयमा खुलाएकी छैनन् । तर चीनले उनको भ्रमणका विषयमा आपत्ति जनाएपछि अमेरिकाको बाइडन प्रशासनले पलोसीलाई ताइवान नजान आग्रह समेत गरेको थियो ।
प्रशासनको आग्रहलाई पलोसीले माने नमानेको थाहा हुन सकेको छैन । आइतवार उनले गरेको ट्वीटमा सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान जाने उल्लेख छ भने ताइवान त्यसमा राखिएको छैन । तर अहिले उनी ताइवान नजिक रहेको जापानको ओकिनावा टापुमा पुगेको र उनलाई कमर्सियल विमानमा राखेर ताइवान पुर्याउने योजना बनाइएको बताइएको छ ।
चीनले अमेरिकाका उच्च अधिकारीहरूको भ्रमणका विषयमा चित्त नबुझाएर कठोर बयान जारी गरिरहने भए पनि यसपालि एक कदम अघि बढ्न समेत तयार रहेको संकेत पाइएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिपछि मर्यादाक्रममा तेस्रो नम्बरमा रहेकी पलोसी जस्तो उच्च अधिकारीको भ्रमणले एक चीन नीतिको उल्लंघन गर्ने चीनको बुझाइ छ र पलोसीले लामो समयदेखि ताइवानको पक्षमा आवाज समेत उठाउँदै आएकी छन् ।
त्यसैले चीनका शीर्ष नेताहरूसँग निकट सम्बन्ध रहेको मानिने पत्रकार तथा ग्लोबल टाइम्सका पूर्व सम्पादक हु सिजिनले ताइवान जलसन्धिमा विमानवाहक युद्धपोत तैनाथ गर्नुपर्ने र ताइवानको आकाशमा लडाकू विमान उडाउनुपर्ने बताएका छन् ।
ग्लोबल टाइम्सले नै शुक्रवार (जुलाई २९ मा) प्रकाशित गरेको सामग्रीमा चीनका शीर्ष थिंकट्यांकहरूको विचार समावेश गरेको छ । त्यसमा उनीहरूले भारत र भियतनामविरुद्ध चीनले गरेको युद्धभन्दा अगाडि दिइएको चेतावनीको स्मरण गरेका छन् । ‘हामीले चेतावनी दिएका थिएनौं नभन’ भन्दै उनीहरूले अमेरिकालाई पनि त्यस्तै किसिमको चेतावनी दिनुपर्नेमा जोड दिए ।
त्यस्तै चीनको रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल तान केफेले पलोसीको भ्रमणलाई अवश्य सैन्य जवाफ फर्काइने बताएका छन् । अनि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले चीन जे भन्छ, त्यो गरेर देखाउँछ भनी सैन्य कारवाहीको पनि हदसम्म जान सकिने संकेत गरेका छन् ।
अनि गत बिहीवार चीनका राष्ट्रपति सी चिनपिङ र अमेरिकी समकक्षी जो बाइडनबीच भएको वार्तामा सीले ताइवानको विषयमा कुरा गर्ने क्रममा आगोसँग खेल्नेहरू डढ्नेछन् भन्ने विषयमा अमेरिका स्पष्ट हुनुपर्ने बताएका थिए ।
बयान मात्र नभई आफूहरू ताइवानका विषयमा गम्भीर रहेको पुष्टि गर्नका लागि चिनियाँ जनमुक्ति सेनाले ताइवान जलसन्धिसँग जोडिने फुचियान प्रान्तको तट नजिक सैन्य अभ्यास समेत थालेको छ । शनिवार बिहान ८ देखि राति ९ बजेसम्म पिङतान टापुसमूहमा लाइभ फायर अभ्यास गरिएको हो । अभ्यासका बेलामा कुनै पनि पानीजहाजलाई उक्त क्षेत्रमा नआउन चेतावनी दिइएको थियो ।
शायद यही अभ्यासलाई लक्षित गर्दै चिनियाँ सेनाले सामाजिक सञ्जाल वेबोमा बिहीवार एउटा पोस्ट गरेको थियो । त्यसमा जम्मा दुई शब्द लेखिएको थियो जसको अर्थ हुन्छ ‘युद्धका लागि तयारी’ । उक्त पोस्टमा वेबो प्रयोगकर्ताहरूको विशाल इन्गेजमेन्ट देखिएको चिनियाँ मूलकी विश्लेषक जेनिफर चङ लेख्छिन् ।
तर यी सबै अभिव्यक्तिलाई अन्तिम चेतावनी भनी बुझ्न नमिल्ने चिनियाँ विश्लेषक वन–ती सुङ लेख्छन् । चिनियाँ अधिकारी स्वयंले अन्तिम चेतावनी शब्दावलि उच्चारण नगरेकाले चीन युद्धका लागि तयार रहेको भन्न नमिल्ने उनको भनाइ छ । हुन त चीनका थिंकट्यांक संस्थाहरूले सरकारको आवाज नै बोल्ने गरेका छन् भलै सरकारी अधिकारीहरूको जस्तो आधिकारिकताको अपेक्षा उनीहरूबाट गर्न मिल्दैन ।
तर अमेरिकाले आफूहरूको धैर्यको अन्तिम परीक्षा लिइरहेको सोच चिनियाँहरूमा आएको देखिन्छ । ग्लोबल टाइम्समा पोहोर साल अगस्ट महिनामा छापिएको एक सामग्रीअनुसार, अमेरिकाले ताइवानको विषयमा सलामी स्लाइसिङ रणनीति अपनाइरहेको चिनियाँहरूको निष्कर्ष छ । अमेरिकाले ताइवानका विषयमा अपनाउँदै आएको रणनीतिक दुविधा (ताइवानलाई चीनको एक प्रान्त मान्ने काम) लाई व्यवहारमा त्याग्दै जाने तर एक चीन नीतिमा आफू कायम रहेको भनी मुखले ठिक्क पार्ने उक्त रणनीतिको अभीष्ट रहेको चिनियाँहरू बताउँछन् ।
ताइवानलाई लगातार अमेरिकाले हतियार बेचेर अनि बाक्लो संख्यामा अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गरेर त्यस रणनीतिको संकेत दिन खोजेको देखिन्छ । चीनलाई कुन हदसम्म उत्तेजित बनाउन सकिन्छ भनी उनीहरूले परीक्षण गरिरहेका छन् ।
राजनीतिक विश्लेषक टिमुर फोमेन्कोका अनुसार, अमेरिकाले युक्रेनलाई लगातार हातहतियार सहयोग गरेर रुसलाई शीघ्र विजय पाउनबाट रोक्न सकेको भाष्य अमेरिकीहरू बनाएका छन् । त्यसैलाई उदाहरणका रूपमा प्रस्तुत गरी ताइवानलाई आक्रमण गर्नुअघि चीनले दुईपटक सोच्न बाध्य हुने उनीहरूको निष्कर्ष छ । त्यसैले अमेरिकी संसदमा रहेका प्रखर चीनविरोधी तत्त्वहरू यो उत्तेजनात्मक गतिविधिलाई थप आक्रामक बनाई चीन ताइवानको विषयमा साँच्चिकै गम्भीर छ कि छैन भनी जाँच्न खोज्दैछन् ।
यी युद्धपिपासु जमातसामु राष्ट्रपति बाइडन पनि निरीह बनेको देखिन्छ । रेस्पोन्सिबल स्टेटक्राफ्ट डट्कममा एन्ड्रु बासेभिचले गरेको टिप्पणीमा उल्लेख भएअनुसार, सैन्य हतियार उद्योग र डीप स्टेटले अमेरिकाको राष्ट्रिय सुरक्षा नीतिमा वस्तुगत रूपमा भिटो पावर उपयोग गरिरहेको छ । त्यस भिटो पावरलाई मान्न बाइडन बाध्य छन् ।
त्यसैले ताइवानको विषयमा अमेरिकाको रणनीतिक दुविधा त्याग्न सकिने संकेत बाइडन आफैंले दिने गरेका छन् । तीन महिनाअघि जापानको भ्रमणमा बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य सहयोग गर्ने बताए । चीनसँग युद्ध गराउनका लागि उद्यत हतियार उद्योगको अभिलाषालाई यसरी बाइडनले अभिव्यक्त गरेका हुन् ।
यति हुँदाहुँदै पनि चीनप्रति बाइडनको सफ्ट कर्नर चाहिँ छ कि जस्तो देखिन्छ । ओबामा प्रशासनमा उपराष्ट्रपति रहँदा बाइडनले सीसँग राम्रो मित्रता कायम गरेका थिए र चीनसँगको सुमधुर आर्थिक सम्बन्ध कायम राख्नु अमेरिकाको हितमा छ भन्ने उनलाई थाहा छ । अमेरिकामा बढिरहेको महंगी रोक्न चीनमाथि ट्रम्प प्रशासनले लगाएको आयातशुल्क हटाउन समेत उनी विचार गरिरहेका छन् ।
तर नेकेड क्यापिटलिजममा यिभेस स्मिथले भनेजस्तो बाइडन कमजोर राष्ट्रपति हुन् । बलियो हुन्थे भने उनले न्यान्सी पलोसीलाई राष्ट्रिय सुरक्षा कारण देखाउँदै ताइवान नजानलाई विश्वस्त तुल्याउन सक्थे ।
तर भिक्टोरिया नुल्यान्ड र कर्ट क्याम्पबेल जस्ता नवअनुदारवादी (नियोकन्जर्भेटिभ) अधिकारीहरूको बोलबाला रहेको प्रशासनको इच्छाविपरीत जाने हिम्मत बाइडनले जुटाउन सकिरहेका छैनन् । ती नवअनुदारवादीहरू अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम राख्नुपर्ने अभीष्टका साथ हतियार उद्योगलाई थप मुनाफा दिलाउनका लागि चीनलाई उत्तेजित बनाउन लागिपरेका छन् ।
पलोसीलाई ताइवान पुग्नबाट रोक्नका लागि चीनले गरिरहेको सैन्य गतिविधिलाई समेत बेवास्ता गर्दै चीनलाई राजनीतिक रूपमा लज्जास्पद स्थितिमा पुर्याउने अमेरिकीहरूको उद्देश्य देखिन्छ । जसरी भए पनि पलोसी ताइवान पुगिछन् भने चीनले कोरेको लक्ष्मणरेखा नाघिनेछ र उपयुक्त सैन्य कारवाही नगरेको खण्डमा चीनप्रति विश्वको सम्मानमा पनि ठेस पुग्नेछ ।
विश्लेषक फोमेन्कोका अनुसार, रुसले युक्रेनका सम्बन्धमा कोरेको लक्ष्मणरेखालाई बेवास्ता गरेर युद्धको स्थिति निम्त्याउन अमेरिकाले पहिले पनि भूमिका खेलेको हो र ताइवानमा पनि ऊ त्यही कुरा दोहोर्याउन खोज्दैछ । यसैलाई विचार गरी फोमेन्कोले अमेरिकी परराष्ट्रनीति रणनीतिक पागलपनको शिकार हुँदै गएको कठोर टिप्पणी गरेका छन् ।
पलोसी भ्रमणकै छेको पारेर अमेरिकाको रक्षा मन्त्रालयले विमानवाहक युद्धपोत यूएसएस रोनल्ड रेगन र स्ट्राइक ग्रुपलाई सिंगापुरबाट ताइवानतर्फ पठाएको छ । चीनलाई सैन्य कारवाही गर्नबाट विमुख बनाउने त्यसको उद्देश्य हो ।
तर चीनले बनाएको हाइपरसोनिक क्षेप्यास्त्रलाई रोक्न सक्ने क्षमता त्यससँग नरहेको सैन्य विश्लेषकहरू बताउँछन् । चिनियाँ वायुसेनाले यो क्षेप्यास्त्र त हैन तर विभिन्न किसिमका युद्धविमानहरू ताइवान नजिक उडाएको चिनियाँ जनमुक्ति सेनाका एक प्रवक्ताले आइतवार जनाएका छन् ।
अहिलेको तनाव युद्धमै परिणत नहोला तर युद्ध भएछ भने दुवै पक्षका लागि त्यसको परिणाम घातक हुनेछ । सन् २०२१ को डिसेम्बर महिनामा फरेन अफेयर्स पत्रिकामा प्रकाशित सामग्रीअनुसार, ताइवानका विषयमा चीन र अमेरिकाबीच द्वन्द्व भएमा ती दुई देश मात्र नभई पूर्वी एसियाका मुलुकलाई पनि क्षति पुग्नेछ । युद्ध आफ्नो पक्षमा नगइरहेको देखेमा चीन र अमेरिका दुवै आणविक हतियार उपयोग गर्न सक्ने भएकाले यस्तो क्षतिको आकलन गरिएको हो ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...