
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना सङ्क्रमित भएका छन् ।
राई सहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् ।
सोमवार मुख्यमन्त्रीका सचिवालयका सदस्य सहित १६ जनामा गरिएको पीसीआर परीक्षणमा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।
तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोख्रेलले जानकारी दिए।
कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्रीका सबै कार्यक्रम स्थगित गरिएको समेत उनले बताए ।
तीनै जना संक्रमित अहिले होम आइसोलेसनमा रहेका छन् ।