२७ जेठ २०८३, बुधबार

क्षमता विस्तार गर्दै आईएमई ग्रुपको ‘द लेकसाइड रिट्रिट’, थप्यो २०० जना अट्ने सेमिनार हल

क्षमता विस्तार गर्दै आईएमई ग्रुपको ‘द लेकसाइड रिट्रिट’, थप्यो २०० जना अट्ने सेमिनार हल

आईएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।
 
सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङ पुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए । 

पहिले नै स्विमिङ पुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । 

हरियाली सहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने बताइएको छ ।

आईएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिटालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु  सन्चालनको तयारीमा रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्