साउन २७, २०७९
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल...
कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ ।
यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई आह्वान गर्दै गाईजात्रा प्रदक्षिणा मार्गलाई खाली गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तार व्यवस्थित गर्ने सम्बन्धित सबै निकायलाई आग्रह गरे ।
नगर प्रमुख प्रजापतिले नगरपालिकाले सम्बन्धित निकायका प्रमुखलाई नगरपालिकामा छलफल गरी साउन २० गतेभित्र सबै तार व्यवस्थापन गर्ने निर्णय नै गरेको बताउँदै रवीन्द्र ज्याख्वको संयोजकत्वमा तारको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन गर्ने गरी सात सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।
गाईजात्रा प्रदक्षिणा मार्गमा अस्तव्यस्त राखिएका तार साउन २० गतेपछि व्यवस्थित नगरिए नगरपालिकाले नै त्यस्ता तार हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुलउपर गर्ने उनले बताए ।
गाईजात्रा अवधिभर विद्यत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको र गाईजात्रा पर्वमा प्रदर्शन गरिने घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनी देश–विदेशका सबै नागरिकले सहज ढङ्गबाट अवलोकन गर्न पाउने सुविधाका लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न नगरपालिकाले आह्वान गरेको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल...
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्य-व्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रवार ‘सापारु’ अर्थात् गाई...
आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्या...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
नेपालमा वर्षभरि कैयौं चाडबाड मनाइन्छ । हाम्रो देशको विशेषता भनेको नै यहाँको धर्म, संस्कृति र मौलिक खानपान हो । हरेक चाडबाडमा आ–आफ्नै भोजनको विशेषता छ । जनैपूर्णिमाको दिन क्वाँटी खाने हाम्रो परम्पराग...
श्रावण पूर्णिमा, ऋषितर्पणी, जनै पूर्णिमा एवं क्वाती पुह्नी सँगसँगै विश्व संस्कृत दिवस शुक्रवार मनाइँदैछ । विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजना गरिएको छ । विश्व संस्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...