×

NMB BANK
NIC ASIA

राष्ट्रिय अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सांसदको सुझाव

साउन १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल शुरू भएको छ । 

Muktinath Bank

छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र र जिम्मेवारीको पाटोलाई ख्याल गरी त्यहाँ कार्यरत जनशक्तिले गोपनीयता कायम गर्नुपर्ने पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागलाई प्रभावकारी तुल्याउन गृह मन्त्रालय मातहत राख्न सांसदहरूले सुझाव दिए ।


Advertisment
Nabil box
Kumari

समिति सदस्य गगनकुमार थापाले विभिन्न सुरक्षा निकायमध्ये राष्ट्रिय अनुसन्धान विभाग मात्रै गृहबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने कुराको औचित्य पुष्टि हुन नसक्ने धारणा राखे ।

Vianet communication
Laxmi Bank

सदस्य वृजेशकुमार गुप्ताले भने, ‘गोप्यरूपमा सूचना संकलन गर्नुपर्ने निकायमा कार्यरत जनशक्तिले नै आफ्नो विज्ञापन गर्दै हिँड्ने प्रवृत्तिले कसरी गुप्तचरी कायम होला !’

अर्का सदस्य शक्तिबहादुर बस्नेतले हाम्रो परम्परा र अभ्यास अनुरूप विभागको कार्यप्रणालीलाई चुस्त र अनुमान योग्य बनाउन प्रधानमन्त्री कार्यालय मातहत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्न आवश्यक रहेको सुझाव दिए । सदस्य लालबाबु पण्डितले राज्यका महत्त्वपूर्ण सुरक्षा जिम्मेवारीमा रहेको विभागमा कसैको आदेश र निर्देशनमा कर्मचारी भर्ना गर्ने गलत प्रवृत्तिलाई रोकी विज्ञताका आधारमा नियुक्ति र जिम्मेवारी दिनुपर्ने बताए ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रियहित र राष्ट्रिय स्वाधीनताको संरक्षण एवं सम्वद्र्धन तथा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सघाउ पुर्‍याइ सर्वसाधारणको हित कायम गर्ने सन्दर्भमा विभागले सूचना संकलन, विश्लेषण गरी सरकारलाई राय सुझाव दिँदै आएको छ ।

केही वर्ष अघि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने निर्णय गरेसँगै निर्णयप्रति विभिन्न कोणबाट टीकाटिप्पणी हँुदै आएको थियो । विधेयकमाथिका संशोधनकर्ताले विभागलाई सूचना संकलन गर्ने मात्र जिम्मेवारीमा नराखी अपराध अनुसन्धनको पाटोमा समेत काम गर्ने गरी कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको सुझाव दिए ।

विधेयकमा सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन तथा अभिलेख गर्न सक्ने सम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x