साउन २६, २०७९
बिहीवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजा...
काठमाडाैं | साउन १८, २०७९
पछिल्लो समय नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा आगामी दशैंसम्ममा नेपाली बजारका लागि इन्डोनेसियामा निर्मित वुलिङ ब्रान्डको ईभी भित्र्याउने घोषणा ग्रुपले गरेको छ ।
बज्र ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बताए ।
शुरुवातमा एउटा सानो पसलबाट शुरुवात गरेको व्यवसाय कोहलर लगायतका स्यानिटरी हुँदै सन सिटी, बज्र सांग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसाय सम्म फैलिएको बताए ।
उनले कोभिडको समयमा मास्कको माग अझै बढ्दै गएको समयमा नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको र पोस्ट कोभिड पश्चात इलेक्ट्रिक सवारीको माग बढ्दै गएको अवस्थामा बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराइरहेको बताए । उनले नेपाली बजारमा उपलब्ध लेभ्निङको थ्री ह्विलर अशक्तहरुका लागि निकै नै प्रभावकारी भएको बताए ।
पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ बज्र ग्रुपले कार्य गरिरहेको बताए । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ । वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ ।
नेपाली बजारमा वुलिङ ईभीका २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए ।
आधारभूत आवश्यकतालाई पूरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ ।
वुलिङ ईभीको वेबसाइट अनुसार कम्पनीले वुलिङ एयर ईभी बजारमा उपलब्ध गराइरहेको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यही ईभी नेपाली बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ ।
बिहीवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजा...
आइतवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवर...
शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मंगलवार शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता पत्रमा हस्...
डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् । डिसहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत स...
अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न&...
हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा गत शुक्रबार तथा शनिवार एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्बजनिक गरेको छ । हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्ड...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...