×

NMB BANK
NIC ASIA

‘कृष्ण लीला’को अष्ट्रेलिया राइट्स ८ लाखमा बिक्री

साउन १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भदौं ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको चलचित्रको अष्ट्रेलिया निवासी निकेश मानन्धरले राइट्स खरिद गरेका हुन् । बिहीवार राजधानीमा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टीमबीच अष्ट्रेलिया राइट्स बिक्रीको सम्झौतापत्र आदन–प्रदान भयो । 

Muktinath Bank

चलचित्रको अष्ट्रेलिया राइट्स ८ लाख रुपैयाँमा बिक्री भएको हो । ट्रेलर र गीतबाट चर्चा बटुलेको चलचित्रको विदेशमा राम्रो माग देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब अन्य देशहरूमा पनि चलचित्रको प्रदर्शन अधिकारी बिक्री गर्ने कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए । चलचित्रले प्रदर्शनभन्दा अगावै लगानीको केही हिस्सा उठाएको छ । चलचित्रको डिजिटल राइट्स पनि महँगोमा बिक्री भएको निर्माण टिमको दाबी छ । 


Advertisment
Nabil box
Kumari

दीपक ओली निर्देशित ‘कृष्ण लीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । साथमा बुद्धि तामाङ, रविन्द्र झा, आयुषा क्षेत्री, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईँ लगायतको अभिनय छ । आरआर फिल्मस् (रोहित रत्न) को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । 

Vianet communication
Laxmi Bank

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा शिव ढकालको छायाँकन, अर्जुन जिसीको सम्पादन छ । चलचित्रमा पुष्प सुस्त मनस्थिति भएको युवकको भूमिकामा छन् । आफ्नो भूमिकासँगै चलचित्रको विषयवस्तुलाई दर्शकले रुचाउनेमा पुष्प विश्वस्त देखिन्छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x