साउन २७, २०७९
तपाईं कुनै स्थानीय तहका स्थायी बासिन्दा हुनुहुन्छ र आफ्नो पालिका लक्षित कुनै विशिष्टिकृत बैंकिङ्ग–वित्तीय सेवाको खोजीमा हुनुहुन्छ भने तपाईंको यो खोजी अब पूरा भएको छ । एनआईसी एशिया बैंकले नेपाल...
काठमाडाैं | साउन १९, २०७९
ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 'ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति' कार्यक्रम शुरू गरेको छ ।
बैंकको 'ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति' कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।
समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पुरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
'ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति' कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई यसै कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस्ता विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।
मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
तपाईं कुनै स्थानीय तहका स्थायी बासिन्दा हुनुहुन्छ र आफ्नो पालिका लक्षित कुनै विशिष्टिकृत बैंकिङ्ग–वित्तीय सेवाको खोजीमा हुनुहुन्छ भने तपाईंको यो खोजी अब पूरा भएको छ । एनआईसी एशिया बैंकले नेपाल...
एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्टरनेशनल फ...
कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्...
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंक लिमिटेडमा इन्टर्नशीप गर्न पाउने भएका छन् । विद्यार्थीहरूलाई इन्टर्नशीपको अवसर दिन बैंक र विश्वविद्यालय व्यवस्थ...
शुक्रवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१२ रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन य...
बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस द...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...