माघ १२, २०७९
कांग्रेसको यस अघि दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको । यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा पुर्याइको थियो। तर ...
काठमाडाैं | साउन २०, २०७९
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत सप्तरीको संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । जनमत पार्टीको केन्द्रीय समिति बैठकले उनी उक्त क्षेत्रबाट लड्ने औपचारिक निर्णय गरेको छ ।
राउतले आफैंले पनि उक्त क्षेत्रबाट लड्ने लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिएका छन् । उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीको कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
‘मेरो आफ्नो जन्मस्थान महादेवा पनि सोही क्षेत्रमा भएका कारण आफ्नो जन्मस्थानबाट चुनाव लड्दैछु,’ राउतले लोकान्तरसँग भने, ‘उपेन्द्रजी त संसदीय क्षेत्र फेरिरहनु हुन्छ तर मैले पहिलो पटक आफ्नो जन्मस्थानबाट चुनाव लड्ने कुरा गरेको हो ।’
राउत संसदीय राजनीतिमा पहिलोपटक चुनावी प्रतिस्पर्धामा आउन लागेका हुन् । यसअघि स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले भाग लिए पनि संसदीय राजनीतिमा भने पहिलो पटक निर्वाचनमा भाग लिँदैछ ।
जसपा अध्यक्ष यादवको नागरिकतामा जन्मस्थान सप्तरी भए पनि विगतमा उनी सुनसरी र मोरङबाट चुनाव लड्ने गरेका थिए ।
कांग्रेसको यस अघि दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकाल लागि स्थगित भएको । यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा पुर्याइको थियो। तर ...
सभामुख निर्वाचित भएपछि पार्टी राजनीतिबाट अलग भएका अग्नि सापकोटा तीन वर्षपछि पार्टी काममा फर्केका छन् । २०७६ माघ १२ गते सभामुख भएपछि उनले पार्टी सदस्यताबाट राजीनामा दिएका थिए । सभामुख तटस्थ भूमिकामा हुनुपर्...
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ । ...
लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आगामी १ वर्षका लागि मात्र माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। आज (बिहीबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बैठक बसेको हो। अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रे...
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन् ।&nbs...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...