×

NMB BANK
NIC ASIA

समयभन्दा पहिले नै तपाईंको छोरी जवान हुँदैछिन् ? अभिभावकले यी कुरामा दिनुपर्छ ध्यान

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हिजो–आज बालिकाहरूमा चाँडै यौवनावस्था शुरू भइरहेको छ । तुलनात्मक रूपमा हेर्ने हो भने विगतभन्दा अहिले बालिकाहरूले चाँडै यौवनावस्थामा प्रवेश गरिरहेका छन् । यस्तो अवस्थालाई लिएर अधिकांश अभिभावकहरू चिन्तित देखिन्छन् । अभिभावकहरू आफ्नो बालिका चाँडै ठूली भएको कुराले चिन्तित देखिएका हुन् । यस विषयमा विभिन्न अनुसन्धानहरू पनि भइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

यौवनावस्था शुरू भएपछि बालिकाहरूमा शारीरिक परिवर्तनहरू देखिन थाल्छन् । किशोरावस्थामा प्रवेश गरेपछि बालिकाहरूको केही अंगहरूको विकास हुन थाल्छ । केही अंगहरूमा परिवर्तन पनि देखिन थाल्छ । यो प्रक्रिया सामान्यतया बालिकाहरूमा १० देखि १४ वर्षको उमेरमा देखिन थाल्छ । केहीमा १२ देखि १६ वर्षको बीचमा पनि यस्तो परिवर्तन देखिन सक्छ । किशोरावस्थामा छोरा र छोरीमा फरक प्रकारको परिवर्तन देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किशोरावस्थामा प्रवेश गरेपछि बालिकाको छाती (स्तन)को आकार बढ्न थाल्छ । तर, हिजोआज उमेर पहिले नै यस्तो परिवर्तन देखिन थालेको छ । जसले गर्दा अभिभावकहरूलाई चिन्तित बनाएको छ । उनीहरू यस्तो समस्या लिएर चिकित्सक कहाँ पुग्ने क्रम बढेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालै एक अभिभावक आफ्नो ७ वर्षकी छोरीको छातीको आकार अस्वाभाविक रूपमा बढेको भन्दै चिकित्सकसँग पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

बाल चिकित्सक तथा एण्डोक्रिनोलोजिस्टका अनुसार समय अगावै यौवनवस्था शुरू हुने क्रम बढिरहेको छ । यसले गर्दा भविष्यमा थुप्रै समस्याहरूको सामाना गर्नु पर्नेछ । 

Vianet communication
Laxmi Bank

समय अगावै यौवन अवस्था शुरू हुँदा शारीरिक तथा मनोवैज्ञानिक समस्या झेल्नु पर्ने हुनसक्छ । जस्तै, डिप्रेसन, मोटोपना, खानामा अरुची तथा क्यान्सरलगायतको समस्या झेल्नुपर्ने हुनसक्छ । 

किशोर (यौवन) अवस्थामा पुगेको संकेत

अधिकांशले महिनावारी शुरू हुनुलाई यौवन अवस्थामा पुगेको संकेतका रूपमा बुझ्छन् । तर, छातीको आकार बढ्नु, यौनांगमा रौँ पलाउनु पनि किशोरावस्थामा प्रवेश गरेको संकेत हो । काखी मुनीबाट गन्ध आउनु, काखी मुनी रौँ आउनुलगायतलाई पनि किशोरावस्थाको संकेत मानिन्छ । 

पहिले ८ वर्षको उमेरमा किशोरावस्थाको संकेत देखिनुलाई असामान्य मानिन्थ्यो । तर, एक अध्ययनअनुसार आजकल १५ प्रतिशत बालिकाको ७ वर्षको उमेरमै छातीको आकार बढ्न थालेको देखिएको छ भने, ८ वर्षको उमेरमा २५ प्रतिशत बालिकाको छातीको आकार बढ्न थाल्ने देखिएको छ । यही उमेरमा २० प्रतिशत बालिकाको यौनांग वरिपरि रौँ आउन थालेको देखिएको छ । 

चाँडै किशोरावस्थामा प्रवेश गर्नुको कारण

माउन्ट सिनाई अस्पताल तथा सिनसिनाटी मेडिकल सेन्टर युनिभर्सिटीले गरेको अध्ययनमा चाँडै किशोरावस्थामा प्रवेश गर्नुको कारण पत्ता लागेको छ । 

अध्ययन अनुसार बोसो उत्पादन गर्ने गन्थी धेरै सक्रिय हार्मोन ग्रन्थी हो । बोसो उत्पादन गर्ने कोशिकाहरूले अन्य हार्मोनहरूलाई एस्ट्रोजनमा रुपान्तरण गर्दछ । बालिकाहरूमा बढी बोसोको तन्तुका कारण यौवनावस्थाको प्रारम्भिक शुरूवातको सम्भावना बढ्ने देखिएको छ । यद्यपि, अनुसन्धानकर्ताहरूले मोटोपन चाँडै यौवनावस्था शुरू हुने प्रमुख कारण हो वा होइन भन्ने निष्कर्ष निकाल्न सकेका छैनन् । 

अनुसन्धानका क्रममा चाँडै यौवनावस्था शुरू हुनु र तनावबीचमा पनि केही सम्बन्ध देखिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार घरेलु हिंसामा परेका वा बुबाको संरक्षण नपाएका बालिकाहरूमा अन्य बालिकाहरूभन्दा पहिलो महिनावारी हुने सम्भावना धेरै हुने देखिएको छ । यसको पछाडि वैज्ञानिक कारण पनि देखिएको छ । जस्तो की लामो समयसम्म तनावमा रहने व्यक्तिको मस्तिस्कले चाँडो–चाँडो पुनर्उत्पादन गर्छ । पुनर्उत्पादनका लागि जिम्मेवार हार्मोन मस्तिष्कमा विकास हुन्छ । त्यसैले तनाव पनि चाँडै किशोरावस्थामा प्रवेश गराउने कारण हो । 

अभिभावकले ख्याल गर्नुपर्ने कुराहरू 

खुलेर कुरा गर्नुहोस्ः आफ्नो छोरीमा शारीरिक परिवर्तन देखिन थालेमा उसँग यसका बारेमा खुलेर कुरा गर्नुहोस् । उसलाई किशोरावस्थामा देखिने शारीरिक परिवर्तनहरूका बारेमा बताउनुहोस् । यसलाई सबै बालिकाले यो अवस्थाको सामना गर्नुपर्ने कुरा सम्झाउनुहोस् । ताकी उ त्यस परिस्थितिका लागि तयार होस् । 

उमेरअनुसारको व्यवहार गर्नुहोस् 

यदी तपाईंको बच्चामा चाँडै किशोरावस्था शुरू भए पनि त्यसलाई ख्याल गर्नुहोस् । तपाईंको बालिका चाँडै किशोरावस्थामा प्रवेश गरे पनि उसलाई ठूलोलाई गर्नेजस्तो व्यवहार नगर्नुहोस् । उनलाई उमेरअनुसार कै व्यवहार गर्नुहोस् । यदी तपाईंले उसको उमेर तथा कपडालगायतका विषयलाई लिएर गाली गर्नुभयो भने यसले बालिकालाई असहज महसुस हुने मात्र होइन, उसको आत्मविश्वास पनि कमजोर हुन्छ । 

मनोवैज्ञानिक तथा शारीरिक स्वास्थ्यमा ख्याल गर्नुहोस् 

किशोरावस्था शुरू भएपछि बालिका परिपक्व हुन थाल्छिन् । यस्तो बेलामा अभिभावकहरूसँग धेरै समय बिताउन मन लाग्ने हुनसक्छ । त्यस्तो बेलामा समय दिनुहोस् ताकी तपाईंको छोरीलाई आफ्नो मनको कुरा भन्न सहज होस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x