साउन २६, २०७९
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...
काठमाडाैं | साउन २०, २०७९
प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीसर्वेश्वर मार्गस्थित एक कारखानाबाट नक्कली कस्मेटिक्स सामान बरामद गरेको छ । दीपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रालिको कारखानामा छापा मारी प्रहरीले बिहीवार नक्कली कस्मेटिक्स सामान बरामद गरिएको हो ।
उक्त कारखानामा नक्कली कस्मेटिक्स सामानहरू उत्पादन गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त वौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको हो । उक्त कारखानाबाट स्याम्पु, हेयर ट्रिटमेन्ट क्रिम, हेयर आयललगायत नक्कली सौन्दर्यका सामान उत्पादन भइरहेको प्रहरीको निष्कर्ष छ ।
उक्त कारखानाबाट नक्कली उत्पादनमा गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसमेत फेला परेको प्रहरीले बताएको छ । उक्त कारखानाबाट तयारी अवस्थाका स्याम्पु, कपालमा लगाउने तेल, क्रिमलगायत ठूलो मात्रामा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लिटरको ड्रम १ सय ६० थान, कच्चा पदार्थ भएको २५ केजीको बोरा २० थान, मिक्सर मेसिन ४ थान, टेपिङ मेसिन, फिलिङ मेसिन, प्याकिङ्ग मेसिन, लेबलिङ मेसिन, फिल इन मेसिन र मिति छाप्ने मेसिनसमेत बरामद भएको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप अनुसन्धानका लागि उक्त कारखाना सिल गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...
भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका अनिल परियारको घटनामा संलग्न रहेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वि...
मिटर-ब्याजीलाई कानूनी दायरामा ल्याएउने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दाबी गरेका छन् । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा आईजीपी सिंहले मिटर–ब्याजीको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्...
प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अर्थ मन्त्रालयको सीसीभिटी फुटेज ‘ब्लर’ भएको विषयमा आफूसँग जवाफ नभएको बताएका छन् । आईजीपी नियुक्त भएको १ सय दिनको समीक्षा कार्यक्रममा पत्रकारले सोधेका प्र...
सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्ष...
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत ५ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधवार सार्वजनिक ग...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...