नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई थोत्रो ट्रयाक्टरको संज्ञा दिँदै यसले देश बनाउन नसक्ने दाबी गरेका छन् । देश बनाउनको लागि उपयुक्त सरकार बनाउने चुनौती एमालेसँग रहेको उनले बताए ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले देश बनाउने सरकार बनाउने चुनौती आफूहरूसँग रहेको बताएका हुन् ।
Advertisment
‘ट्रयाक्टर बनाएर हेलिकोप्टरको अपेक्षा गरेर हुन्छ र ? ट्रयाक्टर खुरुरु उडेर डाँडामा गएर बस्छ र ? धुँवा छाड्दै हिँड्ने घ्यारघ्यारे अहिलेको जस्तो ट्रयाक्टर सरकारले देश बनाउँछ र ?’ ओलीले भने, ‘उपयुक्त सरकार बनाउने च्यालेन्ज हामीसँग छ । आधुनिक विकसित देश हुनुप¥यो ।’
Advertisment
ओलीले चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।